हिजो फेसकुकमा पारिजात काे फाेटाे लहरा हाे कि कुन प्रत्रिकामा धेरै चाेटी देखे । पुरानो कुरा सम्झनामा आयो । उनको र मेरो साथीभाइको जस्तो सम्बन्ध धेरै समय सम्म रह्याे ।उसको घरकाे बाेलाउने नाम विण्णु वाईवा रहेछ र उनलाई म पारिजात वा विण्णु जे मन लाग्यो तेहि नामले बाेलाउथे । जवसम्म पारिजात काे डेरा पुतली सडकमा थियोे म प्रत्येक दिन जान्थे र घन्टाै विताउथे तर पछि उनले आफ्नै चेलानहरुकाे समूह वनाईन र हामिहरुसगकाे सम्बन्ध कम हुदै गयाे ।त्यसवेलाका चर्चित कवि तथा लेखकहरु पारिजातकाेमा पुगेकै हुन्थे । एक दिनकाे कुरा हाे म उनकाे डेरामा पस्दै थिए भ्याल तिर हेरेको त कवि सिद्विचरणा श्रेष्ठ बसिरहनु भएको रहेछ हामी कवि सिद्विचरण श्रेष्ठलाई काजी दाइ भन्थेउ । म पारिजात काे कोठामा पसे र काजी दाईलाई नमस्कार गरे र बसे । काजी दाइ एकदमै कम बाेल्ने मान्छे पारिजात सग के कुरा गरे हाेला मलाई खुल्दुली लाग्यो ।म पारिजात सग कुरा गर्दै थिए काजी दाईले भन्नू भयाे मदन तिमी मेरो घरका गएर ५/६ जनालाई खान खुवाउने ब्यवस्था गर्न भन्देउ न वा । मैले साेधे कसलाई खान वाेलनउनु भएको छ उहाले भन्नू भयो दार्जिलिङ वाट अरुणा लामा र अन्य कलाकारहरुलाई बाेलाएकाे थिए घरमा भन्नै विर्सेछु । त्यतिबेला साझकाे ५ वजिसकेकाे थियोे ।म फेरि कुराकानी मा लागे काजी दाईले भन्नू भयाे तिमी गैहाल त वा । मलाई पुतली सडकवाट न्युरोड काे पुरानो भन्सार सम्म जान अाधा घण्टा लाग्थ्यो जानै पर्याे ।आफुले मानेको कवि फेरि मेराे वुवा डिल्ली रमण रेग्मी काे साथि । उहाले हामीलाई धेरै माया गर्नु हुन्थ्यो । म गएर उहाँको श्रीमतीलाई भने उहाले जहिले पनि यस्तै गर्नुहुन्छ , कुरा विर्सनु हुन्छ भन्नुभयो । पारिजातले जानेवेलामा भनिन फेरि फर्केर अाउ है पहिले पनि म नयाँ सडकतिर जादा आउने थिईन । काजी दाइ कुनवेला घर पुग्नु भयो मलाई थाह भएन । म नया सडकमै हराए । ? पारिजात ले कतिकुरा उनकाे बहिनी मार्फत भन्थिन । एकदिन स्वर्गीय डा हर्क गुरुङ लाई काजिदाई वसे जस्तै गरि भ्यालमा वसेकाे देखे । पारिजात र हर्क गुरुङकाे सम्बन्ध लेखकभन्दा अलि वढीनै रहेछ । पारिजातलाई म बारम्बार जिस्काएर साेधि रहन्थे तिमिले मन पराएकाे मान्छे काे हाे भन न भनेर साेधिरहन्थे अवश्य राम्रो हाेला ।उनले एकदिन भनिन उसको अनुहार गाेवरमा लात हानेजस्ताे छ हामी एक छिन हास्याै । पछि थाह पाए लाहुरेलाई एक राेगी प्रेमिकाकाे पत्र शिर्षक काे कविता पारिजात ले हर्ककाे सम्झनामा लेखेकी रहिछन । पारिजात र सुकन्या महिपी सरे पछि भेटघाट हुने कुरै भएन फाेनमा कहिलेकाही कुरा गर्थे । उनी वित्नु एक महिना अगाडि मैले राति अवेर फाेन गरे उनले भनिन कति मिठाे सपना देखिरहेको थिए तिमीले ब्युझाई दियौं । उनकाे चाहना, दुखी जीवन, उनिसगकाे सम्बन्ध र उनले लेखेका उपन्यास र कथाहरु म आज पनि बारम्बार सम्झिरहन्छु ।
No comments:
Post a Comment