पारिजात (वि.सं.१९९०-२०५०)
वि.सं.१९९० फागुन ३० गते दार्जेलिङमा जन्मिएकी पारिजात २०११ सालमा १७ वर्षको उमेरमा नेपाल काठमाडौं छिरिन् । १३ वर्षको उमेरमा छोएको हाडजोर्नी सम्बन्धी रोगबाट जब उनी अत्यन्तै पीडित भइन् तब उनलाई लाग्यो-'जीवन एउटा त्यस्तो फूल हो जुन भ्रमर चुम्बनमै ओइली झर्छ । त्यसको पुष्टि गर्नको खातिर उनले २०२२ सालमा 'शिरीषको फूल' प्रकाशित गरिन् । 'शिरीषको फूल' उनको परिचय र पर्यायको रुपमा स्थापित भयो । २०२३ सालमा आएर पारिजातले चर्चित आन्दोलन 'राल्फा' को नेतृत्व गरिन् जसमा रामेश, रायन, निनु , मंजुल लगायतका स्रष्टाहरु संलग्न थिए । निर्मल लामा र मोहनविक्रम सिंह ( जसलाई पारिजातले गडफादर मानेकी थिइन् ) संगको संगतपछि उनले जीवनको नयाँ क्षितिज देखिन् र २०३१ सालमा नेपाल कम्युनिष्ट पार्टी चौथो महाधिवेशन को सदस्यता लिइन् । २०३९ सालमा अर्को शिरीषको फूल उर्फ प्रगतिवादी शिरीषको फूल 'अनिदो पहाडसँगै' प्रकाशन गरिन् । २०५० साल बैशाख ५ गतेको साँझ स्वयम्भू छेउको सानो वनभित्र भयानक ज्वाला र लप्कामाझ धुवाँको नीलो पर्दाभित्र पारिजातको चेहरा अति सुन्दर र दीप्त देखियो जसको शिरमा थियो लेनिनको फोटो ।
२०४९साल गोवर्द्धन पूजाका दिन कवि राजकुमार के.सी.को क्यामेराबाट ललिजन रावलले खिच्नुभएको फोटो
( ललिजन रावलको फेसबुकबाट )
वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे साहित्यकार पारिजातले हस्ताक्षर गरी यो फोटो १४ जेठ २०२६ मा उपलब्ध गराउनुभएको । |
साहित्यिक पत्रकार सुवास श्रेष्ठमार्फत् प्राप्त |
दुर्गालाल श्रेष्ठ र शान्तदाससँग पारिजात (रामकृष्ण डंगोलमार्फत् प्राप्त फोटो) |
२०४४ सालमा भएको प्रगतिशील लेखक संघको पहिलो राष्ट्रिय सम्मेलनको क्रममा साहित्यकार पारिजातसँग दुर्गालाल श्रेष्ठ, निनु चापागाईं र रघु पन्त |
No comments:
Post a Comment