Wednesday, April 19, 2017

पारिजात स्मृति दिवस (२०७४) - १


रायनलाई पारिजात पुरस्कार



वैशाख ६, २०७४- गायक रायनलाई मंगलबार यहाँ पारिजात स्मृति पुरस्कार प्रदान गरिएको छ । साहित्यकार पारिजातको स्मृतिमा साहित्य संगम र आदर्श टोल विकास संस्थाले एक समारोहबीच उनलाई पुरस्कार प्रदान गरेको हो । सम्मानपत्रसहित गायक रायनलाई १० हजार रुपैयाँको पुरस्कार प्रदान गरियो ।

साहित्यकार पारिजातको प्रतिमा फूलमाला चढाएर शुभारम्भको गरिएको कार्यक्रमका प्रमुख अतिथि एव नेपाल नगरपालिका संघका अध्यक्ष डोरमणि पौडेलले गायक रायनलाई दोसल्ला पहिर्‍याउनुका साथै पुरस्कार हस्तान्तरण गरे । कार्यक्रममा रायनले गीत सुनाउनुका साथै पारिजातको व्यक्तित्व–कृतित्वबारे बोलेका थिए ।

पारिजात स्मृति सम्मान

पारिजात स्मृति केन्द्रले विभिन्न स्रष्टा तथा व्यक्तित्वलाई सम्मानको घोषणा गरेको छ । जसअनुसार २०७४ सालको ‘पारिजात सृजना सम्मान’ साहित्यकार हेमनाथ पौडेललाई प्रदान गरिने भएको छ । त्यसैगरी ‘पारिजात बालसाहित्य सम्मान’ साहित्यकार विजय चालिसेलाई, ‘पारिजात कला सम्मान’ वरिष्ठ कलाकार तथा साहित्यकार श्याम तमोटलाई र ‘पारिजात नारी संघर्षशील सम्मान’ राजनीतिज्ञ तथा अधिकारकर्मी शशी श्रेष्ठलाई दिने निर्णय गरेको छ । उक्त सम्मान वैशाख अन्तिम साता पारिजात स्मृति दिवसका रूपमा प्रदान गरिने केन्द्रका सदस्यसचिव स्नेह सायमिले विज्ञप्तिमा जनाएका छन् । 

नेपाल–भारत काव्य उत्सव 

साहित्यकार पारिजातको जन्मघर दार्जिलिङको लिंगिया घुमेर नेपाली साहित्यकारहरूको एक टोलीले बिजनबारीमा ‘नेपाल–भारत काव्य उत्सव’ गरेको छ ।

कार्यक्रममा नेपाल र भारतको प्रतिनिधित्व गर्दै कविहरू मनप्रसाद सुब्बा, कृष्ण प्रसाईं, मातृका पोखरेल, प्रवीण राई जुमेली, सुधा एम राई, टीका आत्रेय, अविर खालिङ, लीला अनमोल, शारदा स्टेफी, निमेष सुब्बा सिकारु, दीपा राई, अम्बर लाचिकाठी गुरुङ, भूपेन्द्र सुब्बा, प्रवीण खालिङ, महेश पौडयालले कविता सुनाए । गायक खेम सुब्बाले गीत गाए भने रुसालीले नृत्य प्रस्तुत गरे । 

प्राज्ञ पोखरेलले नेपाल र भारतका नेपालीभाषी सर्जकबीचको सम्बन्ध निकै पुरानो र बलियो भएको भन्दै यसलाई थप सुदृढ बनाउन यस्ता अन्तरदेशीय उत्सवहरू बेलाबखत गरिनुपर्ने सुझाए । 

युवा समालोचक तथा जरा फाउन्डेसनका महासचिव पौडयालले नेपाली साहित्य र कलाको विकासमा सिक्किम र दार्जिलिङको योगदान स्तुत्य रहेको उल्लेख गर्दै लीला लेखन, तेस्रो आयाम, किनारीकृतका पक्षमा साहित्य रचना, समावेशी लेखन, विचलन लेखन, सडक समूह, चिया कविता तथा हस्तक्षेप कविता आन्दोलन यस भेगको मौलिक योगदान भएको दाबी गरे । 


http://kantipur.ekantipur.com बाट साभार 



Sunday, December 4, 2016

पारिजात स्मृति केन्द्रमा रायन


काठमाडौं, ११ मंसिर २०७३  । पारिजात स्मृति केन्द्रको २३औं साधारणसभाले रायनको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । 

समितिको सदस्यसचिवमा स्नेह सायमी, कोषाध्यक्षमा दिलसुन्दर श्रेष्ठ र सदस्यमा सुकन्या वाइबा, डा महेश मास्के, पद्मरत्न तुलाधर, इन्दिरा दली, शार्दुल भट्टराई, मातृका पोखरेल, वदन शर्मा र लक्ष्मी माली चयन भएका छन् । साहित्यकार स्वर्गीय पारिजातले नेपाली साहित्यमा पु¥याएको योगदान र उनका विचारको सुरक्षा, विकास र प्रवद्र्धन गर्न केन्द्रको स्थापना भएको हो । 

http://www.drishtinews.com बाट साभार 

Tuesday, November 29, 2016

पारिजात स्मृति केन्द्रबाट वाइबाको राजीनामा


काठमाडौं– पारिजात स्मृति केन्द्र पूर्वअध्यक्ष सुकन्या वाइबाले केन्द्रको साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएकी छन् । केन्द्र नवीकरणका लागि गत २०७३ मंसिर १० गते बसेको बैठकले घोषणा गरेको नयाँ कार्यकारिणीप्रति असहमति जनाउँदै वाइबाले राजीनामा दिएकी हुन् ।
sukanya


केन्द्रबाट राजीनामा दिए पनि पारिजात, पारिजातको विचार, पारिजातको उद्देश्य र कामबाट राजीनामा नदिएको वाइबाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनले केन्द्र स्थापनाकालदेखि साहित्यकार पारिजातको कामलाई अगाडि बढाउँदै लगेकी थिइन् ।






http://www.ratopati.com बाट साभार 


press-release-sukanya-waiba

Thursday, April 28, 2016

पारिजात

वि.सं.१९८४ बैशाखमा जन्मिएकी पारिजात २०११ सालमा १७ वर्षको उमेरमा नेपाल काठमाडौं छिरिन् । १३ वर्षको उमेरमा छोएको हाडजोर्नी सम्बन्धी रोगबाट जब उनी अत्यन्तै पीडित भइन् तब उनलाई लाग्यो-'जीवन एउटा त्यस्तो फूल हो जुन भ्रमर चुम्बनमै ओइली झर्छु र त्यसको पुष्टि गर्नको खातिर उनले २०२२ सालमा 'शिरीषको फूल' प्रकाशित गरिन् । 'शिरीषको फूल' उनको परिचय र पर्यायको रुपमा स्थापित भयो । २०२३ सालमा आएर पारिजातले चर्चित आन्दोलन 'राल्फा' को नेतृत्व गरिन् जसमा रामेश, रायन, निनु , मंजुल लगायतका स्रष्टाहरु संलग्न थिए । निर्मल लामा र मोहनविक्रम सिंह ( जसलाई पारिजातले गडफादर मानेकी थिइन् ) संगको संगतपछि उनले जीवनको नयाँ क्षितिज देखिन् र २०३१ सालमा नेपाल कम्युनिष्ट पार्टी चौथो महाधिवेशन को सदस्यता लिइन् । २०३९ सालमा अर्को शिरीषको फूल उर्फ प्रगतिवादी शिरीषको फूल 'अनिदो पहाडसँगै' प्रकाशन गरिन् । २०५० साल बैशाख ५ गतेको साँझ स्वयम्भू छेउको सानो वनभित्र भयानक ज्वाला र लप्कामाझ धुवाँको नीलो पर्दाभित्र पारिजातको चेहरा अति सुन्दर र दीप्त देखियो जसको शिरमा थियो लेनिनको फोटो ।









पारिजात स्मृति सभा - २०७३


पारिजात स्मृति केन्द्र द्वारा विभिन्न श्रष्टाहरुलाई सम्मान

जय कार्की 

नेपाली धर्तीकी महान साहित्यकार पारिजातको नाममा स्थापना गरिएको पारिजात स्मृति केन्द्र ले संधैको वर्षझैं यसवर्ष पनि विभिन्न विधाका श्रष्टाहरुलाई प्रज्ञा प्रतिष्ठानको हलमा एक भब्य कार्यक्रमको आयोजना गरि वरिष्ठ प्रगतिवादी साहित्यकार श्यामप्रसाद शर्माको प्रमुख आतिथ्यतामा कदरपत्र सहित नगद पुरस्कार प्रदान गरेको छ । 
यसरी सम्मान तथा नगद पुरस्कार प्राप्त गर्नुहुनेहरुमा पारिजात बाल साहित्य सम्मान पुरस्कार २०७० प्रशिद्ध बालसाहित्यकार शान्तदास मानन्धरलाई प्रदान गरिएको छ । उहाँलाई वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माले रु. १० हजार नगदसहित सम्मानपत्र प्रदान गर्नु भयो । यो पुरस्कारको स्थापना २०५७ सालमा स्थापना गरिएको थियो । 
पारिजात सिर्जनशील सम्मान पुरस्कार २०७० साहित्यकार प्रदिप नेपाल(संजय थापा) लाई प्रदान गरिएको छ रु. १० हजार नगदसहित कदरपत्र प्रदान गरिएको थियो । यो पुरस्कारको स्थापना २०५१ सालमा भएको थियो ।
पारिजात संघर्षशील नारी सम्मान पुरस्कार २०६९ शान्ति राईलाई प्रदान गरिएको छ ।  यो पुरस्कारको राशी पनि रु. १० हजार र कदरपत्र रहेको छ । पारिजात कला सम्मान पुरस्कार— २०७० राजन काफ्लेलाई प्रदान गरिएको छ। सम्मानित श्रष्टाहरुलाई बधाई दिदै पारिजात स्मृति केन्द्रले प्रमुख आतिथ्यता गराई गरिमामय सम्मान गरेकोमा आफु यो उमेरमा पनि उत्साहित र खुसी भएको कुरा वरिष्ठ प्रगतिवादी साहित्यकार श्यामप्रसाद शर्माले वताउनु भयो । पारिजात र आफु वीच एक अर्काका कमि कम्जोरी र सवल पक्षका विषयमा खुलस्थ छलफल हुने गरेको पनि वताउनु भयो ।
पारिजात स्मृति सभालाई प्रोफेसर माणिकलाल श्रेष्ठले कृतिहरु कस्तालाई राम्रो भन्ने र कसतालाई नराम्रो भन्ने माप दण्ड तोकिएको छ । यस विषयमा कमरेड माओले अघि सारेको मापदण्डलाई सही मान्नुपर्दछ भन्नु भयो । माओले कुनै पनि साहित्यिक रचनामा विचार र कलाको संयोजन हुन्छ । कला हाबी भयो भने विचार छोपिन्छ । विचार छोपिनु भनेको राम्रो कलाद्धारा नराम्रो विचारको पक्षपोषण गर्ने खतरा रहन्छ, अतः कुनै पनि रचनामा कला र विचारको उत्तम संयोजन भएको छ भने त्यसलाई सवैभन्दा राम्रो मान्न सकिन्छ, कला भन्दा विचार वलियो भएको रचनालाई पनि ठीकै मान्न सकिन्छ तर कला निकै वेजोडको रहेको तर विचार शून्य रहेको रचनाले कुनै परिवर्तनको बाटो देखाउँदैन केवल राम्रो कला मात्र हुन्छ त्यसता रचनाहरुलाई दुरुत्साहन गर्नु पर्छ भन्नु भयो । 
पारिजातको सम्वन्धमा चर्चा गर्दै उहाँका सबै रचनाहरु अमूल्य छन् एक पछि आर्को परिपक्व भएर गएको पाइन्छ उहाँको साहित्यिक रचनाहरुमा विचार र कलाको सवैभन्दा राम्रो संयोजन भएको पाइन्छ । पारिजातको ब्यक्तित्वलाई पनि उच्चकोटीमा राखेर हेर्नुपर्छ । चन्द्रशम्सेर राणाले नेवार र मधेशीलाई सेनामा भर्ना नगर्नु तामाङलाई कुनै पनि सरकारी पदमा काम नदिनु भनेर आदेश दिएको अर्थात राज्यले पक्षपात गरेको जातिले यति ठुलो काम गरेर देखाउनु असामान्य विषय हो । नेपालमा भन्दा भारतमा तामाङहरुको संख्या वढि रहेको छ नेपालमा १४ देखि १८ लाखसम्म छन् भने भारतमा ४८ लाख रहेका छन् । यसको मूलकारण भनेको राजा रणोदीप शाहले तामाङ जातिहरुको सफाया  गर्नु भनेर उनका सेनालाई दिएको हुकुमका कारण उनीहरु भारत पलायन हुन वाध्ये भएका थिए भन्नु भयो । पारिजातलाई कुनै पनि हालतमा प्रगतिशील साहित्यकारमात्र भन्न मिल्दैन उहां त द्धन्दात्मक भौतिकवादी दर्शनलाई साहित्यमा लागू गर्ने उच्चकोटीको प्रगतिवादी साहित्यकार हो भन्नु भयो ।
सम्मान तथा पुरस्कार ग्रहण गरिसकेपछि सवै साहित्यकार तथा श्रष्टाहरुले संक्षिप्त मन्तब्य राख्नु भएको थियो । मन्तब्यकै क्रममा बाल साहित्यकार शान्तदास मानन्धरले प्रगतिशील तथा प्रगतिवादी धारावाट विमुख भै वुर्जुवा धारामा हाम फाल्ने छयाप्छयाप्ती श्रष्टाहरु छन् । तर अपराजिता पाजिात नै यसतो साहित्यकार हो वुर्जुवा खेमावाट प्रगतिवादी धाराको नेतृत्वको अगुवाई गर्दै चम्किरहुनु भएको छ । उहाँले पुरानो प्रसंग कोट्यादै भन्नुभयो पारिजातको निवासमा हामीले सुप्रशिद्ध साहित्यकार लु शुनको जन्म दिवस मनाएका थियौ र पारिजातले आफुलाइृ लु शुनको बारेमा अुनवाद गर्न हौसला प्रदान गर्नु भएको थियो । त्यो कार्यक्रममा आफुले दुईवटा लु शुनको कविता अनुवाद गरेर सुनाएको स्मरण गर्दै जतिखेर मैले पारिजातलाई भेटें उहाँसाह«ै अशक्त हुनु हुन्थ्यो । उहाँलाई देख्ता आफुलाई पींडा हुन्थ्यो तर उहां सम्पूर्ण पींडा लुकाएर वा पींडालाई जितेर शरीरमा केही नभएको जस्तो शान्त स्वभावले प्रस्तुत हुनु भएको अझै ताजा संझना छ भन्दै पारिजातको संझना गर्नु भयो ।
साहित्यकार प्रदीप नेपाल उर्फ संजय थापाले भूमिगत राजनीतिक कालमा काठमाण्डौं आएदेखि नै छ वर्षसम्म पारिजात दिदीको प्रत्यक्ष निर्देशनमा आफुले कलम चलाउने अवसर पाएको वताउँदै आज आफु जे छु त्यो पारिजात दिदीको देन हो भन्नु हुँदै भूमिगत काल समाप्त भएर १५ वर्षपछि काठमाण्डौ प्रवेशदेखि पारिजात दिदीसंगको साहित्यिक यात्रा निरन्तर रह्यो मलाई लेख्न सिकाउने दिदीको पिछा गर्न म कहिल्यै छाड्दिन भनि प्रतिज्ञारत रहनु भयो। 
पारिजात नारी संघर्षशील सम्मानवाट सम्मानित शान्ति राईले अखिल नेपाल महिला मंचको गठन पारिजात दिदीको अध्यक्षतामा सवैभन्दा पहलिा भारतको गोरखपुरमा २०३२ सालमा स्थापना गरेको स्मरण गर्दै पारिजातको विषयमा लेखेको कविता पाठ गरेर सुनाउदै कम्युनिष्ट पार्टीवाट निस्क्रिय रहेपनि पारिजात दिदीको जीवनवाट कहिल्यै टाढा रहन सकिन । बीर अस्पतालमा मृत्युसित उहां जुधिरहेको वेलामा अन्तिम भेट भएको थियो । तर उहांको अमूल्य कृतिहरुका कारण उहाँ संधै हामीसितै हुनुहुन्छ भन्नु भयो । 
पारिजात स्मृति सभालाई पारिजातको वहिनी सुकन्या वाईवाले उपस्थित सवैप्रति आभार प्रकट गर्नु भएको थियो । माधव प्रधानले पारिजातको विभिन्न कृतिमा आधारित नामहरुको संयोजनवाट तयार पारेको अजम्बरी फूल बनि फुलि रहु पारिजात, ओ पारिजात  गीत प्रस्तुत गर्नु भएको थियो भने साहित्यकार सीता शर्माले पारिजातको मानुषी कविता वाचन गर्नु भएको थियो ।
पारिजात स्मृति केन्द्रकी अध्यक्ष तथा सो कार्यक्रमको सभापति लक्ष्मी मालीले पारिजातले प्रयोग गरेका सामानहरु र उहाँले स्थापना गर्नु भएको सर्वहारा पुस्तकालय पारिजात स्मृति भवनमा संग्राहलयकोरुपमा खडा गर्दैैछौं । सरकारसित पनि आर्थिक सहयोग धेरै पटक माग ग¥यौं । तर, प्राप्त भएको छैन अरु कोही सहयोगी हातहरु हुनुहुन्छ भने त्यस्ता सहयोगी हातहरुलाई पनि हामी स्वागत गर्छौं भन्नु हुंदै प्रमुख अतिथि श्यामप्रसाद शर्मा लगायत सम्पुर्ण उपस्थित साहित्यिक श्रष्टाहरु, गायक, गायिका र रचनाकारहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो  । कार्यक्रममा मोहन लामाले पारिजातका विषयमा तयार पारेको ४२ वटा गीति संग्रहको एल्बम केन्द्रलाई हस्तान्तरण गर्नु भएको थियो । इन्द्रेणी सास्कृतिक परिवारले प्रगतिवादी लेखक खगेन्द्र संग्रौलाले रचना गर्नु भएको गीत अपराजिता पारिजात गीत प्रस्तुत गरेको थियो । 
कार्यक्रमको संचालन पारिजात स्मृति केन्द्रका सचिव मातृका पोखरेलले गर्नु भएको थियो ।

http://www.majdooronline.com बाट साभार 


==============================================
==============================================

चार स्रष्टालाई पारिजात स्मृति सम्मान

main
काठमाडौं : विभिन्न क्षेत्रका चार स्रष्टालाई पारिजात स्मृति सम्मान दिइएको छ।

२०७२ का लागि पारिजात सिर्जन सम्मान साहित्यकार मोहन दुवाललाई, पारिजात बालसाहित्य सम्मान बाल साहित्यकार विनयकुमार कसजुलाई प्रदान गरिएको हो। यस्तै पारिजात संघर्षशील नारी सम्मान मसिनीमाया स्याङ्बा र पारिजात कला सम्मान कार्टुनिस्ट रविन सायमिलाई प्रदान गरियो।
राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरिएको थियो।
१९९४ सालमा दार्जिलिङको चिया कमानमा जन्मिएकी पारिजातको वास्तविक नाम विष्णु कुमारी वाइबा हो। नेपाली साहित्यका सुप्रसिद्ध नामको रुपमा स्थापित उनी बहुमुखी प्रतिभा सम्पन्न शिखर नारी हस्ताक्षर समेत हुन्।
सुरुमा विसंगतिवादी र पछि प्रगतिवादी कला चेतनाद्वारा नेपाली साहित्यलाई अतुलनीय योगदान दिने पारिजातको २०५० सालमा निधन भएको थियो। उनैको नामबाट स्थापित पारिजात स्मृति केन्द्रले प्रत्येक वर्ष विशिष्ट योगदान दिने व्यक्तिहरुलाई सम्मान प्रदान गर्दै आएको छ।
हाल उक्त संस्थाकी अध्यक्षमा कवि लक्ष्मी माली र सदस्य सचिवमा कलाकार बदन शर्मा रहेका छन्।

http://www.pahilopost.com बाट साभार 

===========================================
===========================================













































==============================
==============================

दुवाल, कसजू, सायमी र मसिनीमायालाई पारिजात सम्मान


काठमाण्डौं, बैशाख ६ , २०७३ । पारिजात स्मृति केन्द्रले यस वर्षको चार वटा बिधामा पारिजात पुरस्कारहरुको घोषणा गरेको छ । यस अनुसार पारिजात सृजन सम्मान मोहन दुवालले पाएका छन् भने पारिजात बाल साहित्य सम्मान विनय कसजूले पाएका छन् । यसै गरी पारिजात कला सम्मान रविन साय्मिले र पाारिजात नारी संघर्षशील सम्मान मसिनीमाया स्यांग्बाले पाएकी छिन् । पारिजातको स्मृति दिवसको अवसरमा हिजो काठमाण्डौं, म्ह्यपि बालाजुस्थित पारिजात स्मृति केन्द्र परिसरमा आयोजित माल्यार्पण कार्यक्रममा सो घोषणा गरिएको हो । पुरस्कारको घोषणा गर्दै केन्द्रकी अध्यक्ष लक्ष्मी मालीले आगामी बैशाख १८ गते नेपाल प्रज्ञा प्रतिस्थानको सभाकक्षमा आयोजना हुने स्मृति दिवस कार्यक्रममा उक्त सम्मानहरु अर्पण गरिने बताइन् ।

हिजोको माल्यार्पण कार्यक्रममा पारिजातलाई संझना गर्ने लेखक, पत्रकार, कलाकार र बौद्धिक व्यक्तिहरुको उपस्थिति थियो ।पुरस्कृत दुवाल साहित्यकार तथा साहित्यिक पत्रकार हुन् । बनेपामा रहेर उनले लामो समयदेखि जनमत मासिक साहित्यक पत्रिका नियमित रुपमा निकालिरहेका छन् । यसैगरी कसजू बाल साहित्यका सर्जक तथा वरिष्ठ संचारकर्मी समेत हुन् भने साय्मि बरिष्ठ व्यंग्यचित्र कलाकार हुन् । उनी हाल नागरिक दैनिकसंग संवद्ध छन् । पारिजात नारी संघर्षशील सम्मान पाएकी मसिनीमाया स्यांग्बा हात्तीलेट, महोत्तरीमा रही क्रियाशील अभियन्ता हुन् । उनी विगत २०३६ को जनआन्दोलनको समयमा तात्कलीन निरंकुशतन्त्रविरुद्ध लड्दा आफूलाई गोली लाग्दा पनि आन्दोलनकारीहरुलाई जोगाउन सक्रिय रहेकी सहासी महिलाको रुपमा परिचित छिन् ।

http://emulyankan.com बाट साभार 
===================================
===================================
पारिजात पुस्तिका - २०७३ 

पारिजात स्मृति केन्द्र



पारिजात सृजन सम्मान –   २०७२ : मोहन दुवाल
पारिजात बाल–साहित्य सम्मान –२०७२ : विनयकुमार कसजू
पारिजात सङ्घर्षशील नारी सम्मान–२०७२ : मसिनीमाया स्याङ्बा 
पारिजात कला सम्मान –  २०७२ :  रवीन सायमि 


पारिजात स्मृति केन्द्र्रका उद्देश्यहरू

१)  पारिजातका प्रकाशित तथा अप्रकाशित सम्पूर्ण कृति संरक्षण गरी यस संस्थाद्वारा निर्धारित प्राथमिकताअनुसार तिनलाई क्रमशः प्रकाशित गर्ने÷गराउने ।
२) लोककल्याणका दृष्टिबाट प्राथमिकता निर्धारण गरी पारिजातका कृति स्वदेशी तथा विदेशी भाषामा अनुवाद गर्ने/ गराउने  ।
३) पारिजातद्वारा प्रयुक्त वस्तु र उहाँको कक्षको यथोचित संरक्षण गर्ने ।
४) पारिजातको योगदानको यथोचित मूल्याङ्कन गर्न पारिजात स्मृतिग्रन्थ, अन्य सान्दर्भिक पुस्तक तथा पुस्तिका प्रकाशित गर्ने÷गराउने ।
५) पारिजातको स्मृतिमा प्रत्येक वर्ष उहाँको जन्म–जयन्ती मनाउने र परिचर्चा, गोष्ठी आदिको आयोजना गर्ने ।
६) पारिजातको नाममा पुरस्कार स्थापना गरी सञ्चालन गर्ने ।
७) परस्पर आदान–प्रदान तथा सरसहयोगका निमित्त स्वदेश र विदेशका साहित्यिक, सांस्कृतिक सङ्घ–संस्थासँग सम्बन्ध र सम्पर्क स्थापित गर्ने ।
८) माथि उल्लिखित उद्देश्य प्राप्तिका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट स्रोत र साधन सङ्कलन गरी तिनको उचित व्यवस्थापन तथा सञ्चालन गर्ने ।

पारिजात स्मृति केन्द्रको विशेष अनुरोध

१)  कुनै पनि प्रकारको सहयोगबाट यस केन्द्रका उद्देश्यहरू पूरा गर्न आवश्यक मद्दत पु¥याउनु हुन समस्त शुभेच्छुकमा विनम्र अनुरोध छ ।
२) पारिजातसम्बन्धी कुनै पनि प्रकारका सामग्रीको प्रकाशित प्रति यस केन्द्रलाई उपलब्ध गराइ दिनुहुन अनुरोध छ । पारिजातका कुनै पनि रचना प्रकाशन गर्दा यस केन्द्रबाट अनिवार्य रूपमा स्वीकृति लिनुहुन अनुरोध गरिन्छ ।
३) पारिजातका कृतिबाट चलचित्र निर्माण गर्न चाहनेले यस केन्द्रमा सम्पर्क राखी तोकिएको प्राथमिकताक्रम अनुसारमात्र गर्न सकिने व्यहोरा अनुरोध गरिन्छ ।



साहित्यकार पारिजातको सङ्क्षिप्त परिचय

१९९४ साल वैशाख महिनामा डा. केएस वाइबा र उहाँकी दोस्री पत्नी अमृत मोक्तानको घरमा एउटी बालिकाको जन्म भयो । बालिकाको नाम राखियो – विष्णुकुमारी वाइबा । तिनै विष्णुकुमारी वाइबा नेपाली साहित्यमा पारिजातका नामले प्रख्यात हुनुभयो । 
पारिजातको बाल्यकाल अन्य बालबालिकासरह बित्यो । उहाँको स्वभाव भने अरूको भन्दा भिन्न थियो । उहाँ गम्भीर, निडर, चिन्तनशील र अन्तर्मुखी हुनुहुन्थ्यो । उहाँको स्वास्थ्य सानैदेखि राम्रो थिएन । १३ वर्षको कलिलै उमेरदेखि हाडजोर्नी ९चजभगmबतयष्म बचतजचष्तष्क० को रोगले उहाँलाई समात्यो । यो रोग उहाँको जीवनपर्यन्त रह्यो ।
पारिजातलगायत उहाँको सम्पूर्ण परिवारको जीवनमा ठूलो आघात परेको घटना थियो – दाजु शिवको मृत्यु । पोखरीमा डुबेको मान्छेलाई बचाउन जाँदा २०१० सालमा पारिजातका प्रिय दाजु शिवको मृत्यु भएको थियो । यो घटनाले विचलित भएर पारिजातलगायत वाइबा परिवार बाबु डा. केएस वाइबासँग २०१० सालमा काठमाडौँ आइपुग्यो । त्यसबेला पारिजातको उमेर १७ वर्षको थियो । त्यही वर्ष पद्मकन्या विद्याश्रम, डिल्लीबजारबाट उहाँले एसएलसी परीक्षा उत्तीर्ण गर्नुभयो । त्यसपछि पद्मकन्या क्याम्पसबाट २०१३ सालमा आइए र २०१५ सालमा बीए उत्तीर्ण गर्नुभयो । उहाँले अङ्ग्रेजी विषय लिएर एमएको अध्ययन आरम्भ त गर्नुभयो तर रोगका कारण परीक्षा दिन सक्नु भएन । यहीँबाट उहाँको पढाइको सिलसिला टुट्यो । विश्वविद्यालयबाट स्नातकोत्तरको प्रमाणपत्र प्राप्त गर्ने  सिलसिला टुटे पनि पारिजातको भावुक मन नेपाली साहित्यको अध्ययनसँग जोडिइसकेको थियो ।
२०१३ सालमा ‘धरती’ पत्रिकामा दुई वटा कविता प्रकाशित गरी नेपाली साहित्यमा प्रवेश गरेकी पारिजात २०१४ सालमा युवा कविद्वारा स्थापित ‘रोधीघर’ नामक साहित्यिक यात्रामा सामेल हुनुभयो । २०१४ मै उहाँको पहिलो पुस्तकका रूपमा आकाङ्क्षा कवितासङ्ग्रह प्रकाशित भयो । घरको अवस्था अत्यन्त दयनीय भएकाले जीवन धान्न उहाँले २०१६ सालदेखि २०१८ सालसम्म मदन मेमोरियल स्कुल, पाटनमा शिक्षिकाका रूपमा काम गर्नुभयों । त्यहीबेलादेखि पारिजातलाई रोगले निकै च्यापेको थियो । हावापानी बदल्दा बिसेक होला कि भन्ने आशामा २०१८ सालमा उहाँ स्कुलको जागिर छाडेर एक महिनाका लागि पुनः दार्जिलिङ फर्किनु भयो । उहाँ सात वर्षपछि दार्जिलिङ फर्किनु भएको थियो । तर रोग झन्झन् बढ्दै गएपछि २०२१ सालदेखि ओछ्यान पर्नुभयो । ओछ्यान पर्दा उहाँ २७ वर्षकी हुनुहुन्थ्यो । त्यस बेलादेखि पारिजात जीवनभरि ओछ्यानमै रहनुभयो ।
नेपाली साहित्याकाशमा २०१३ देखि कविताको माध्यमबाट आफ्नो चिनारी सुरू गरेको भए तापनि पारिजात गद्य लेखनमा निरन्तर लाग्दै आउनु भएको थियो । पाँचवटा उपन्यास ‘सङ्घर्ष’, ‘वरपीपल’, ‘मानव’, ‘अन्तर्यामी’ र ‘शारदा’ चित्तबुझ्दो नभएकाले जलाइदिएको भन्ने उहाँकै भनाइबाट पनि यो कुरा स्पष्ट हुन्छ । यो लेखाइको समय थियो २०१८ सालदेखि २०२१ सालसम्म । उहाँको एक उपन्यासले भने तत्कालीन नेपाली साहित्याकाशमा ठूलो हलचल ल्याइदियो । त्यो उपन्यास हो – शिरीषको फूल । यस उपन्यासले २०२२ सालको मदन पुरस्कार प्राप्त ग¥यो । लामाले राखिदिएको ‘छेकुडोल्मा’ र न्वारनमा राखिएको नाम ‘विष्णुकुमारी वाइबा’ लाई ओझेलमा पारेर उहाँले आफूलाई नेपाली साहित्यमा पारिजातका रूपमा स्थापित गराउनु भयो ।
२०२३ सालमा तत्कालीन राजनीतिक व्यवस्थाविरुद्ध विद्रोही सङ्गीतकार र लेखक÷कविहरूको एउटा सशक्त समूहमा पनि पारिजात संलग्न हुनुभयो । युवाहरूको त्यो जागरूक समूहले आफ्नो विद्रोहको स्वर गाउँगाउँ र सहरसहरमा गुन्जाउन थाल्यो । त्यस समूहमा रहेर पारिजात पनि विभिन्न ठाउँमा पुग्नु भयो । त्यस सक्रियताका क्रममा उहाँले आफ्नोे शरीरको अशक्तताको पनि कुनै पर्बाह गर्नुभएन । त्यस समूहको नाम थियो – राल्फा ।  पछि यही राल्फाली यात्रा नै नयाँ जनवादी संस्कृतिको विकास र प्रगतिशील लेखनका क्षेत्रमा महत्त्वपूर्ण कोसेढुङ्गा साबित हुनपुग्यो ।
पारिजातको स्वास्थ्य अझै खराब हुँदै गयो । हाड–जोर्नीको रोग त छँदै थियो, त्यसमाथि पनि क्षयरोग, अल्सर र दम पनि थपियो । विभिन्न रोगबाट मुक्ति पाउन उहाँ २०२६, २०२९, २०३० र २०३१ मा गरी पटक–पटक उपचार गर्न भारत जानुभएको थियो । स्वास्थ्यमा कुनै सुधार नहुने स्पष्ट भएपछि उहाँले आफ्नोे मनलाई सम्हाल्नुभयो र आफूलाई साहित्यबाट मात्र नभई वैचारिक रूपले पनि देश र जनताका निम्ति समर्पित गर्ने अठोट लिनु भयो । त्यही अठोटसँगै उहाँले २०३४ सालमा नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेशन) को सदस्यता लिनु भयो । उहाँ  महिला मुक्तिको काममा पनि सक्रिय हुन थाल्नु भयो । अखिल नेपाल महिला सङ्घको अध्यक्ष बन्दै उहाँ भूमिगत काममा समेत संलग्न रहनु भयो । पारिजात २०३५÷२०३६ को आन्दोलनमा निकै नै सक्रिय रहनुभएको थियो । २०३६ मा वामपन्थी लेखक–कलाकारहरूको साझा मोर्चाका रूपमा ‘प्रगतिशील लेखक कलाकार सङ्घ’ को स्थापना गर्नका लागि पनि उहाँको भूमिका महत्त्वपूर्ण रहेको थियो ।
गीत–सङ्गीतमा पारिजातको औधि रूचि थियो । वेदना सांस्कृतिक समूह, इन्द्रेणी सांस्कृतिक समाज (इसास) सँगै पटक–पटक नेपालका विभिन्न जिल्ला तथा भारतका विभिन्न सहरमा भएका सांस्कृतिक कार्यक्रमहरूमा उहाँ सहभागी हुनुभएको थियो । उहाँ इन्द्रेणी सांस्कृतिक समाज (इसास) को मानार्थ अध्यक्ष हुनुहुन्थ्यो । 
पारिजात २०४६ को जनआन्दोलनमा पनि अत्यन्तै सक्रिय हुनुहुन्थ्यो । विभिन्न क्रियाकलापद्वारा जनआन्दोलनलाई सफल पार्न उहाँ क्रियाशील रहनुभयो । २०४६ चैत ३ गते लेखक, कवि तथा कलाकारले कालोपट्टी बाँधी विरोध प्रदर्शन गरेका थिए । त्यो ऐतिहासिक काममा पारिजात अघिल्लो पङ्क्तिमा बसेर सहभागी हुनुभएको थियो । प्रजातन्त्रको पुनर्बहालीपछि नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानलाई प्रजातान्त्रीकरण गर्नुपर्ने मागसहित सङ्घर्षमा ओर्लिएको ‘प्राज्ञिक सङ्घर्ष समिति’ को संयोजक हुनुहुन्थ्यो– पारिजात । उहाँ प्राज्ञको सही पहिचान, मापदण्ड र परिचालनका निम्ति पर्याप्त प्रयासरत रहनुभयो ।
पारिजातले नयाँ पुस्ताका लेखकलाई अत्यन्तै प्रोत्साहन दिनुहुन्थ्यो । पारिजात निवास म्हेपी नयाँ–पुराना सबै साहित्यकारको जमघटको थलो थियो । उहाँको कोठाको सानो टेबलमा नयाँ साहित्यिक प्रकाशनहरू बिक्रीका लागि राखिएका हुन्थे । लेखकका निम्ति नयाँ पुस्तक बिक्री गर्ने राम्रो स्थान थियो त्यो ।
उहाँले मासिक रूपमा काठमाडौंमा नियमित सञ्चालन हुने प्रतिभा प्रवाह र साहित्य सन्ध्याका साहित्यिक कार्यक्रममा सहभागिता जनाउनुभयो । यी कार्यक्रममा उहाँलाई प्रमुख अतिथि बनाइन्थ्यो । त्यस क्रममा उहाँले नयाँ पुस्ताका सिर्जना सुन्नुहुन्थ्यो र उचित सल्लाह दिनुहुन्थ्यो । 
पारिजात विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थामा पनि संलग्न हुनुहुन्थ्यो । उहाँ नेपाल मानवअधिकार सङ्गठनका उपाध्यक्ष, अखिल नेपाल महिला मञ्चका संस्थापक अध्यक्ष, बन्दी सहायता नियोगका संस्थापक अध्यक्ष तथा त्रिवि सभा सदस्य हुनुहुन्थ्यो ।  यगत चष्नजत ष्लतभचलबतष्यलब,ि ाझष्लष्कत बककयअष्बतष्यल, कयअष्भतथ ायच धयmभल नभयनचबउजभच, बmलभकतथ ष्लतभचलबतष्यलब िआदिजस्ता अन्तर्राष्ट्रिय सङ्घ–संस्थासँग पनि पारिजात सम्बन्धित हुनुहुन्थ्यो ।
पारिजातले मदन पुरस्कार, गङ्की पुरस्कार र पाण्डुलिपि पुरस्कार पाउनुभएको थियो । उहाँलाई ‘जनमत’ र ‘नेपाल तामाङ घेदुङ सङ्घ’ द्वारा अभिनन्दन गरिएको थियो । पारिजातद्वारा लिखित पुस्तक शिरीषको फूलको अङ्ग्रेजी अनुवाद ब्लु माइमोसा (दगिभ mष्mयकब० लाई अमेरिकाको मेरिल्यान्ड युनिभर्सिटीको पाठ्यक्रममा राखिएको छ । 
उहाँलाई मनपर्ने रङ्ग हरियो हो भने मनपर्ने ऋतु वर्षा हो । त्यस्तै मनपर्ने फूल गुराँस हो । छोइला, मःमः, सुख्खा रोटी, काभ्रो, चिन्डो, टमाटर र कोइरालो उहाँले खानमा मन पराउने चिजहरू हुन् ।
दिनहरू बित्दै जाँदा साहित्यकार पारिजात झनझन शिथिल बन्दै जानु भयो । दीर्घरोगकै कारण वीर अस्पतालको विशेष उपचार कक्षमा उपचार गराउँदा गराउँदै २०५० साल वैशाख ५ गते बिहान ४ बजे सुप्रसिद्ध साहित्यकार पारिजातको निधन भएको थियो । 

पारिजात सिर्जन सम्मान–२०७२ बाट सम्मानित
साहित्यकार मोहन दुवालकोे परिचय



साहित्यकार मोहन दुवालको जन्म २००६ साल जेठ २१ गते काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–७ भोलाखाटोलमा भएको हो । लामो समयदेखि साहित्यका कविता, समालोचना, निबन्धजस्ता विधामा सिर्जनारत साहित्यकार दुवाल प्रगतिशील साहित्यकारको रूपमा स्थापित हुनुहुन्छ । लेखनमा उहाँ शरद बनेपा, किरण श्रेष्ठ, लाल किरण, शरद श्रेष्ठ, सौरभ श्रेष्ठ आदि नामबाट पनि चिनिदै आउनु भएको छ । लेखनका अतिरिक्त सम्पादन तथा साहित्यिक पत्रकारका रूपमा समेत उहाँ सुपरिचित हुनुहुन्छ । 
साहित्यकार दुवाल २०१८÷२०१९ सालदेखि साहित्य सिर्जनामा लाग्नु भएको हो । वि.सं. २०२१ सालमा पहिलो साहित्यिक कृतिका रूपमा नेपाल भाषामा कविता सङ्ग्रह प्रकाशित गर्नु भएका साहित्यकार दुवाल त्यसयता निरन्तर साहित्य सिर्जनामा सक्रिय रहँदै आउनु भएको छ । कविता, निबन्ध, समालोचना, अन्तर्वार्ता सङ्ग्रह आदि गरी उहाँका २१ वटा कृति प्रकाशित छन् । 
साहित्यकार दुवालले सम्पादन एवम् साहित्यिक पत्रकारितामा पनि महत्वपूर्ण योगदान पु¥याउनु भएको छ । साहित्यकार दुवाल २०२७ सालदेखि नै पत्रकारितामा लाग्नु भएको थियो । २०३९ सालमा उहाँ आफैँ सम्पादक÷प्रकाशक भएर ‘जनमत’ पाक्षिकको प्रकाशन शुरू गर्नु भएको थियो । त्यसयताको उहाँको पत्रकारिताको यात्रा अहिलेसम्म जारी नै छ । राष्ट्रिय स्तरका विभिन्न पत्रपत्रिकामा उहाँले सम्पादनको जिम्मेवारी पूरा गर्नु भएको छ । 
विभिन्न पुस्तक, सामयिक सङ्कलन, स्मृतिग्रन्थ, जीवनी ग्रन्थ जस्ता कृतिहरूको सम्पादनमा पनि उहाँको संलग्नता रहँदै आएको छ । अहिले पनि उहाँ त्यस्ता कृतिहरूको सम्पादनमा सक्रिय रहँदै आउनु भएको छ ।
कुनै समय नेपालको वामपन्थी राजनीतिमा सक्रिय साहित्यकार दुवाल हाल साहित्य सिर्जना, सम्पादन, साहित्यिक पत्रकारिताका साथै सामाजिक क्रियाकलापहरूमा पनि संलग्न रहँदै आउनु भएको छ । उहाँ जनमत मासिक, जनमत प्रकाशन, जनमत वाटिका, जनमत वाङ्मय प्रतिष्ठान नेपालका संस्थापक सम्पादक÷अध्यक्ष हुनुहुन्छ । नेपाल साहित्यिक पत्रकार सङ्घका महासचिव रहनु भएका साहित्यकार दुवाल हृदचन्द्र स्मृति प्रतिष्ठान,सुनकोसी साहित्य प्रतिष्ठान, युध्दप्रसाद मिश्र प्रतिष्ठान, मुकेश कायस्थ (जिउँदो शहीद) प्रतिष्ठान लगायत थुपै्र सामाजिक, शैक्षिक, साहित्यिक सङ्घ,संस्थाहरूमा सङ्लग्न हुनुहुन्छ ।
बी.ए.÷बी.एड सम्मको अध्ययन गर्नु भएका दुवाल २०२२ सालदेखि २०४९ सालसम्म शिक्षण पेशामा संलग्न हुनुहुन्थ्यो । 
साहित्यकार दुवाल दानमाया प्रतिभा पुरस्कार,साहित्य सन्ध्या पुरस्कार, कृष्णकुमारी गुरुङ सम्मान–पुरस्कार,व्यथित काव्य पुरस्कार, बनेपा गौरव सम्मान, लक्ष्मी कार्की स्मृति नेपाली साहित्यिक पत्रकारिता पुरस्कार, बाबा ओमवीरसिंह बस्न्यात गुठी पुरस्कार,व्यथित सिन्धु प्रतिभा सम्मान, साहित्यिक पत्रकारिता पुरस्कार, प्रेस काउन्सिल नेपाल पत्रकारिता पुरस्कार, नेपाल पत्रकार महासङ्घ,गोपाल पाँडे असिम पुरस्कार, भानु स्वर्णपदक, नेपाल सांस्कृतिक सङ्घ पुरस्कार, नेपाली वाङ्मय साधना सम्मान जस्ता थुप्रै साहित्यिक, शैक्षिक, सामाजिक संघ–संस्थाबाट पुरस्कृत र सम्मानित हुनु भएको छ । 

यसरी नै साहित्यकार मोहन दुवाल नेपाल साहित्यिक पत्रकार सङ्घ,प्रतिभा सम्मान प्रबन्ध गुठी,हृदयचन्द्र स्मृति प्रतिष्ठान, युद्धप्रसाद मिश्र प्रतिष्ठान, केदारनाथ प्रधान स्मृति तथा प्रकाशन समिति, सुनकोसी साहित्यिक प्रतिष्ठान, व्यथित–सिन्धु प्रतिभा कोष, नेपाल बाल साहित्य समाज, साहित्य सदन नेपाल, नेपाल हृदयरोग निवारण प्रतिष्ठान,सामाजिक जागरण मञ्च,मुकेश कायस्थ प्रतिष्ठान, गोकुल जोशी पुरस्कार गुठी–पोखरा, रत्न श्रेष्ठ पुरस्कार गुठी, बागलुङ, स्याङजा साहित्य प्रतिष्ठान, रसुवा साहित्य समाज जस्ता सङ्घ–संस्थाहरूका आजीवन सदस्य हुनुहुन्छ ।  


पारिजात बालसाहित्य सम्मान–२०७२ बाट सम्मानित 
बाल–साहित्यकार विनयकुमार कसजूको परिचय



     
बाल साहित्यकार विनयकुमार कसजूको जन्म वि.सं. २००४ साल भाद्र कृष्णाष्टमीका दिन पाल्पाको तानसेनमा भएको हो । उहाँको औपचारिक जन्ममिति भने १८ जुलाइ १९४७ रहेको छ । 
लेखन र पत्रकारितामा कुनै समय ‘पश्यकोयम’ नामबाट सक्रिय रहनु भएका कसजू २०१९ सालमा गोरखापत्रमा पहिलो लेख प्रकाशित गरेर यस क्षेत्रमा प्रवेश गर्नु भएको हो ।  त्रिभुवन विश्वविद्यालयबाट बी.ए. सम्मको अध्ययन गर्नु भएका कसजू बाल–साहित्य सिर्जनाका अतिरिक्त पत्रकारिता तथा आम संचार, बालविकास र अन्य सामाजिक गतिविधिहरूमा समेत सक्रिय रहँदै आउनु भएको छ ।  कथा, लघुकथा सिर्जना, बाल साहित्य सिर्जना, बाल विकासका क्रियाकलाप, पत्रकारिता तथा आम संचार, अभिव्यक्ति स्वतन्त्रता, सूचना अधिकार, सूचना तथा संचार प्रविधि जस्ता कुरा नै उहाँको अहिलेसम्मका कार्यक्षेत्र रहेका छन् ।  
पत्रकारिता र आम संचारको क्षेत्रमा उहाँको अनुभव निकै लामो छ । २०२२ सालदेखि पत्रकारितामा संलग्न कसजू पत्रकारिता, आम संचार तथा वैकल्पिक संचारका प्रशिक्षकका रूपमा पनि क्रियाशील हुनुहुन्छ । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्तसमेत रहिसक्नु भएका कसजूले उच्चस्तरीय मिडिया सुझाव आयोगका सदस्य,  राष्ट्रिय समाचार समितिको सञ्चालक समितिको सदस्य र प्रेस काउन्सिल नेपालको सल्लाहकारको रूपमा समेत योगदान पु¥याउनु भएको छ । पत्रकारितामा लागेकै कारण उहाँलाई निरङ्कुश पञ्चायती कालमा राजतन्त्र विरोधी सामग्री प्रकाशित गरेको भनी गिरफ्तार गर्ने, यातना दिने र मुद्दा चलाउने काम समेत गरिएको थियो । 
कथा, लघुकथा र बाल साहित्यमा उहाँको सक्रियता निरन्तर रहँदै आएको छ । २०३९ सालमा ‘पशुतन्त्र’ नामको उहाँको पहिलो साहित्यिक कृति प्रकाशित भएको थियो । लघुकथाहरूको उक्त सङ्ग्रह प्रकाशित भएपछि साहित्य सिर्जनामा उहाँको सक्रियता अझै बढ्यो । उहाँ कथा र लघुकथासँगै बाल–साहित्य सिर्जनामा पनि सक्रिय हुनु भयो । कथा, बाल–साहित्य र आम संचारका क्षेत्रमा उहाँका धेरे कृतिहरू प्रकाशित छन् । बाल–साहित्यका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनु भएका कसजू बाल–साहित्य लेखन प्रशिक्षणमा पनि संलग्न रहँदै आउनु भएको छ । लेखनका अतिरिक्त सम्पादनको काममा पनि उहाँको योगदान रहँदै आएको छ ।  
पत्रकारिता र साहित्य सिर्जनामा योगदान पु¥याए वापत साहित्यकार विनयकुमार कसजू विभिन्न सङ्घ–संस्थाहरूबाट सम्मानित हुनु भएको छ । उहाँले प्राप्त गर्नु भएका सम्मान तथा पुरस्कारहरूमा गोपालचन्द्र गौतम पत्रकारिता पुरस्कार,प्रेस चौतारी नेपाल सम्मान,सामुदायिक पत्रकारिताका लागि अशोका फेलो,दयाशङ्कर पालिखे स्मृति पत्रकारिता पुरस्कार,पत्रकार मेघ–गोविन्द–झपेन्द्र पत्रकारिता पुरस्कार,नेपाल पत्रकार महासङ्घ, साझा प्रकाशन बाल–साहित्य पुरस्कार, नेपाल बाल–साहित्य समाज–बाल पुस्तक पुरस्कार, शुकदेव–सुकुमाया बाल–साहित्य पुरस्कार, प्रकाश मानव अधिकार पुरस्कार आदि रहेका छन् ।  


पारिजात सङ्घर्षशील नारी सम्मान–२०७२ बाट सम्मानित 
मसिनीमाया स्याङ्गबाको परिचय


सामाजिक एवम् राजनीतिक आन्दोलनमा सक्रिय मसिनीमाया स्याङ्गबाको जन्म  वि.सं. २००९ सालमा सर्लाही जिल्लाको रानीगन्ज गाविसमा भएको हो । हाल उहाँको बसोबास महोत्तरी जिल्लाको हात्तीलेट गाविसमा रहेको छ । 

मसिनीमाया २०३५ सालको ‘फकारीफोर’ आन्दोलनकी एउटी सक्रिय महिला हुनुहुन्छ । निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध २०३६ सालमा भएको आन्दोलनमा पनि उहाँ सक्रियतापूर्वक लाग्नु भयो । जुलुसमा भिडन्त हुँदा उहाँ प्रहरीको बन्दुक नै खोस्न पुग्नु भएको थियो । त्यस क्रममा प्रहरीको गोली लागि उहाँ गम्भीर घाइते हुनु भएको थियो । गोलीले उहाँको शरीर वारपार छेडेको थियो । लामो समयको उपचारपछि मात्र उहाँ स्वस्थ्य हुनु भएको थियो । 
त्यसयता महोत्तरीको किसान आन्दोलन र महिला आन्दोलनमा उहाँको सक्रियता निरन्तर रहँदै आएको छ । वर्गसङ्घर्षमा सक्रियतापूर्वक लाग्नु उहाँको राजनीतिक क्रियाशीलताको विशेषता नै रहेको छ । अहिले पनि सामाजिक सङ्घर्षहरूमा उहाँको सक्रियतालाई देख्न सकिन्छ । 
सङ्घर्षशील नारी मसिनीमाया स्याङ्गबा महोत्तरीमा ‘जिउँदो शहीद’ को रूपमा चिनिनु हुन्छ ।       




पारिजात कला सम्मान– २०७२ बाट सम्मानित 
कलाकार रविन सायमिको परिचय




कलाकार रविन सायमिको जन्म सन् १९७१ डिसेम्वर २२ मा काठमाडौँमा भएको हो । उनी बाल्यावस्थादेखि नै चित्रकलामा रुचि राख्थे । फलस्वरुप उनी किशोरावस्थादेखि नै चित्रकलामार्फत आफूलाई सार्वजनिक रूपमा परिचित गराउन सफल भए । 
कलाकार रविन सायमि कार्टुनिस्ट, इल्युस्ट्र्ेटर र डिजाइनरका रूपमा सुपरिचित छन् । तर पनि उनको विशिष्टता र लोकप्रियता भने कार्टुनमै रहेको छ । त्रिभुवन विश्वविद्यालयबाट बीएफए गरेका कलाकार सायमि चोटिला र मर्मस्पर्शी कार्टुनहरूकोे सिर्जनाका लागि प्रख्यात छन् । 
नागरिक तथा रिपब्लिका राष्ट्रिय दैनिकका कार्टुनिस्ट तथा कला निर्देशक रहेका सायमिले यसअघि विभिन्न पत्रपत्रिकामा कार्टुनिस्ट तथा कला निर्देशकका रूपमा काम गरिसकेका छन् । विगतमा कलाकारको भूमिकामा उनले काम गरेका प्रमुख खबर पत्रिका÷म्यागेजिनहरूमा हिमाल खबर पत्रिका, जनआस्था साप्ताहिक, सन्ध्या टाइम्स (नेपाल भाषा दैनिक), दृष्टि साप्ताहिक, छलफल साप्ताहिक, प्रकाश साप्ताहिक, नेपाल जागरण साप्ताहिक, बाल कोसेली मासिक, काठमाण्डू टुडे आदि रहेका छन् । 
कलाकार सायमि नेपाल वातावरण पत्रकार मञ्च, वाइल्डलाइफ वाच ग्रुप, कार्टुनिस्ट क्लब नेपाल,आर्टिस्ट सोसाइटी अफ नेपाल जस्ता संस्थाका सदस्य रहेका छन् । उनीसँग युनाइटेड नेसन्स मिसन इन नेपाल (अनमिन), सेभ द चिल्ट्रेड (स्विडेन), वाइल्डलाइफ वाच ग्रुप नेपाल, युनाइटेड नेसन्स चिल्ड्रेन फण्ड, अक्सफाम नेपाल, केयर नेपाल जस्ता संस्थाहरूसँग काम गरेको अनुभव समेत रहेको छ । हाल उनी इल्युस्ट्रेसन, डिजाइनिङ, प्रिन्टिङ लगायतका काममा संलग्न रहँदै आएको ‘सायमिज स्टुडियो’ का निर्देशक रहेका छन् । 
चित्र–कलामा लागेकै कारण कलाकार रविन सायमिले धेरै सम्मान र ख्याति प्राप्त गरेका छन् । उनी विभिन्न पुरस्कार÷सम्मानबाट सम्मानित भएका छन् । गत वर्ष उनी वासुदेव लुइँटेल पुरस्कार (२०७२) बाट सम्मानित भएका थिए  

      

      

पारिजात सृजन सम्मान प्राप्त गर्नेहरू                      
२०५१ कुन्ता शर्मा 
२०५२ इस्माली 
२०५३ पूर्णविराम 
२०५४ सुरेशकिरण मानन्धर 
२०५५ घनश्याम ढकाल 
२०५६ मित्रलाल पंज्ञानी 
२०५७ डा. ताराकान्त पाण्डेय 
२०५८ रोशन जनकपुरी (अरविन्दकुमार लाल) 
२०५९ कृष्णसेन ‘इच्छुक’ 
२०६० वासुदेव अधिकारी 
२०६१ सुधा त्रिपाठी 
२०६२ हरिगोविन्द लुइँटेल 
२०६३ डा. जगदीशचन्द्र भण्डारी 
२०६४ बुँद राना 
२०६५ निनु चापागाई
२०६६ रमेशरञ्जन झा
२०६७ निभा शाह
२०६८ विमल निभा
२०६९ चैतन्य (मोहन वैद्य ‘किरण’)
२०७० प्रदीप नेपाल
२०७१ पुरुषोत्तम सुवेदी
२०७२ मोहन दुवाल  

पारिजात संघर्षशील नारी सम्मान पाउने नारीहरू 
२०५१ राममाया नेपाली 
२०५२ सुशीलादेवी चालिसे 
२०५३ मोतीदेवी श्रेष्ठ 
२०५४ नानीमैयाँ नकर्मी 
२०५५ राजेश्वरी सिंह 
२०५६ साधना प्रधान 
२०५७ चम्पा राना 
२०५८ मरनीदेवी शाह 
२०५९ शान्ता श्रेष्ठ
२०६० छायाँदेवी पराजुली 
२०६१ बमकुमारी बुढामगर 
२०६२ शान्ता मानवी 
२०६३ सन्तोषी विक (सन्ध्या) 
२०६४ रामकुमारी झाँक्री
२०६५ कमला नहर्की
२०६६ डा. रेणु राजभण्डारी
२०६७ शान्ता चौधरी
२०६८ विष्णुदेवी श्रेष्ठ (मुक्ता)
२०६९ साहना प्रधान
२०७० शान्तिकुमारी राई
२०७१ मिठाईदेवी विश्वकर्मा
२०७२ मसिनीमाया स्याङ्गवा

पारिजात कला सम्मान प्राप्त गर्ने कलाकार 
२०५८  स्व. मोहन खड्का 
२०५९  स्व. कुलमानसिंह भण्डारी 
२०६०  हरि दर्शनधारी 
२०६१  रामेश 
२०६२  जेबी टुहुरे 
२०६३  खुसीराम पाख्रिन 
२०६४  किरण मानन्धर
२०६५  रामकृष्ण भण्डारी
२०६६  मानन्धर ल्याम्ह पुचः डाफा गुठी
२०६७  वदन शर्मा
२०६८  इन्द्रेणी सांस्कृतिक समाज, कीर्तिपुर
२०६९  नारदमणि हार्तम्छाली ‘कलाङ’
२०७०  राजन काफ्ले
२०७१  जीवन शर्मा 
२०७२  रविन सायमि  


पारिजात बाल–साहित्य पाण्डुलिपि सम्मान प्राप्त गर्ने स्रष्टा 
२०५७  रवीन नेपाली 
२०५९  शाश्वत पराजुली
२०६०  दोर्जे छिरिङ लेप्चा
२०६२  लक्ष्मी उपे्रती 
२०६३  सुकुम शर्मा
२०६५  अनन्तप्रसाद वाग्ले
२०६६  सौरभकिरण श्रेष्ठ
२०६७  अमर न्यौपाने
२०६८  माधव सयपत्री
२०६९  विजयराज आचार्य

पारिजात बाल–साहित्य पाण्डुलिपि प्रशंसापत्र प्राप्त गर्नेहरू
सङ्गीत श्रोता, सविना सिन्धु, केदार श्रेष्ठ

पारिजात बाल–साहित्य सम्मान प्राप्त गर्ने साहित्यकार
२०७०  शान्तदास मानन्धर
२०७१  शारदारमण नेपाल 
२०७२ विनयकुमार कसजू 



पारिजात स्मृति केन्द्रका पदाधिकारी 
अध्यक्ष – लक्ष्मी माली
सचिव – वदन शर्मा
कोषाध्यक्ष –दिल वरदान
सदस्य – डा. महेश मास्के 
सदस्य – सुकन्या वाइवा
सदस्य– पद्मरत्न तुलाधर
सदस्य – रायन 
सदस्य – स्नेह सायमी 
सदस्य – इन्दिरा दली 
सदस्य – मातृका पोखरेल
सदस्य – शार्दूल भट्टराई 



पारिजात स्मृति केन्द्र 
पारिजात मार्ग, म्हेपी, काठमाडौँ 
फोन :- ४३५८१८४