Saturday, September 10, 2022

पारिजात स्मृति केन्द्रद्वारा मित्रराष्ट्र भारत, सिक्किमका पूर्वमूख्यमंत्री एवं वरिष्ट साहित्यकार पवन चाम्लिङ्गलाई 'पारिजात विशिष्ट सम्मान' प्रदान



पारिजात स्मृति केन्द्रले मित्रराष्ट्र भारत, सिक्किमका पूर्वमुख्यमन्त्री तथा स्रष्टा पवन चाम्लिङ किरणलाई  ‘पारिजात विशिष्ट सम्मान’ द्वारा सम्मान गरेको छ  । सिर्जनामार्फत नेपाली भाषा, साहित्य र संस्कृतिको उत्थान गर्दै पारिजातको सिर्जनालाई समेत स्थापित गर्न उल्लेखनीय योगदान पुर्‍याएको भन्दै पारिजात स्मृति केन्द्रले चाम्लिङलाई सम्मान गरेको हो ।

राजधानी काठमाण्डुमा यही २०७९ भाद्र २५ गते आयोजित समारोहमा कवि कुन्ता शर्मा र केन्द्रका संरक्षक सुकन्या वाइबाले चाम्लिङलाई दोसल्ला ओढाई सम्मानपत्र हस्तान्तरण गरे । सम्मान ग्रहण गर्दै चाम्लिङले नेपाली आधुनिक साहित्यमा पारिजातको ओजपूर्ण योगदानको चर्चा गरे । ‘नेपाली साहित्यमा पारिजात अमर र विराट प्रतिभा हुनुहुन्छ, आधुनिक नेपाली साहित्य जसको चर्चाबिना अधुरो रहन्छ,’ उनले भने । करिब तीन दशकअघि पारिजातसँगको एकै पटक भएको भेटको स्मरण गर्दै  राजनीतिक एवं सैद्धान्तिक विचारधारामा समेत अडिग पारिजातले जीवनमरणको संघर्षशील र विषम परिस्थितिमा समेत सधैं सत्यको बाटो नभुलेको स्मरण गरे । पारिजात सिद्धान्तलाई पुस्तकमा मात्र सीमित नराखी यसमा खोज, अनुसन्धान र शोध हुनुपर्ने धारणा उनले राखे ।

चाम्लिङले सिक्किममा २५ वर्ष (सन् १९९४–२०१९) मुख्यमन्त्रीका रूपमा आफ्नो लगातार ५ कार्यकाल पूरा गरे । राजनीतिसँगै उनले आफूलाई कवि, गीतकार, सम्पादक, प्रकाशकका रूपमा समेत आफूलाई चिनाएका छन् ।











































































No comments:

Post a Comment