साहित्यकार पारिजातसंग म पन्ध्र बर्षको हुँदा काठमाडौको एक साहित्यिक कार्यक्रममा भेट भएको थियो । यदि म विद्यार्थी राजनीतिमा नलागेको भए साहित्यप्रति पनि रुचि हुँदैन थियो होला । त्यसैले मेरा ति गौरवमय दिन थिए । त्रिचन्द्र क्याम्पसको घन्टाघर मुनी भेटिएका ति साथीहरू अहिले कहाँ होलान् ? प्रत्येक महिनाको तेस्रो शनिबार हुने प्रतिभा प्रवाह साहित्यिक कार्यक्रमले मेरो लेखन र अध्ययनको जग बसाली दियो । त्यहीँबाट मैले जीवन र जगत छुट्याउन थाले । कलेजमा पत्रकारिता बिषय त्यसैको उपलब्धि हो र म जानी नजानी पत्रकार भएको पनि नेताहरुको संगतले हो । मेरा गुरु डा. घनश्याम न्यौपाने भन्नुहुन्थ्यो - पत्रकार हतारिएका साहित्यकार हुन । हो म आफुलाई त्यस्तै ठान्छु र पो अपूर्ण छु ।
पारिजात (वास्तविक नाम : विष्णु कुमारी वाइबा, वि.सं. १९९० - वि.सं. २०५०) नेपाली साहित्यकी एक प्रसिद्ध बहूमुखी प्रतिभा हुन् भन्ने कुरा उनको मृत्युपछि आएका समाचार लेख टिप्पणीले मलाई ज्ञात भो किनभने पारिजात त हामीसँगै थिइनँ । कविहरु आहुति, मातृका पोखरेल र स्नेह स्यामीले पारिजातलाई आफ्नो पिठ्युँमा बोकेर त्रिचन्द्र क्याम्पसको एक तल्ला माथि हुने प्रतिभा प्रवाहको कार्यक्रममा ल्याउनु हुन्थ्यो । उनै टिप्पणीकर्ता पो त्यति घगडान साहित्यकार ? त्यसपछि त म झन ठुला साहित्यकारले सिफारिस गरेका पुस्तक खोज्न थाले ।
पारिजात तिनै सर्जक हुन उनले साहित्यका लगभग सबै विधामा कलम चलाइन । त्यसैले त पारिजातलाई बहुमुखी प्रतिभाकी धनी भनिएको हो। पारिजातका कृतिहरूमा प्रगतिवाद, समाजवाद, मार्क्सवाद, अस्तित्ववाद, नारीवाद, विसङ्गतिवाद इत्यदि साहित्यिक बैचारिकता पाइन्छ ।
No comments:
Post a Comment