सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले पारिजात स्मृति केन्द्रलाई सिद्धिश्वरमान उत्कृष्ठ साहित्यिक संस्था सम्मानबाट सम्मानित गरेको छ । २०८१ साउन ६ गते नेपाल प्रज्ञाप्रतिष्ठानमा भएको कार्यक्रममा सिद्धिश्वरमान उत्कृष्ठ साहित्यिक संस्था सम्मानबाट पारिजात स्मृति केन्द्रसहित युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानलाई पनि उत्कृष्ठ साहित्यिक संस्था सम्मानबाट सम्मानित गरिएको थियो ।सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रलेसिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले वर्मा (म्यानमार) कि नेपाली भाषा-साहित्य सामाजिक अभियानको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी तुलसी थापा, प्रा.डा. धुर्वचन्द्र गौतम, प्रा.डा. दयाराम श्रेष्ठ ' सम्भव', शान्ता मानवी, प्रा.डा. हेमनाथ पौडेल, बासुदेव अधिकारी , केके कर्माचार्य , प्रा. डा. विणा पौड्याललगायत स्रष्टाहरुलाई सम्मानित गरिएको थियो ।
कार्यकमका विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गंगाप्रसाद उप्रेती र तुलसी थापा सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रकी संरक्षक डा. सावित्री श्रेष्ठले सम्मान गर्नु भएको थियो । पारिजात स्मृति केन्द्रलाई प्रदान गरिएको सम्मान केन्द्रका अध्यक्ष मातृका पोखरेलले ग्रहण गर्नुभएको थियो ।
000
 



























 
No comments:
Post a Comment