पारिजात स्मृति केन्द्रले साहित्यकार पारिजातको ९१ औं जन्मजयन्तीका अवसरमा २०८१ साल फागुन ३० गते पारिजात स्मृति भवन म्हेपिमा एक कार्यकमको आयोजना गऱ्यो । साहित्यकार पारिजातको प्रतिमामा माल्यार्पण गरेपछि सुरु भएको कार्यकममा वि.सं. २०८१ का लागि विभिन्न विधाका पारिजात सम्मानहरु घोषणा गरिएको थियो । जसअनुसार पारिजात बालसाहित्य सम्मान २०८१ बाट बालसाहित्यकार तेजप्रकाश श्रेष्ठ, पारिजात कला सम्मान २०८१ बाट चित्रकार एवम् मूर्तिकार उत्तम डङ्गोल, पारिजात सृजन सम्मान - २०८१ बाट साहित्यकार बिना थिङ र पारिजात सङ्घर्षशील नारी सम्मान - २०८१ बाट डा. विन्दा पाण्डेलाई सम्मानित गरिने घोषणा गरिएको थियो । उक्त सम्मानहरू वि.सं. २०८२ साल वैशाख ५ गते पारिजातको स्मृति दिवसमा समर्पण गरिने गरिन्छ ।
कार्यक्रमको दोस्रो चरणमा डा. तुलसी भट्टराईसँग डा. महेश मास्केले पारिजात परिसंवाद संचालन गर्नुभएको थियो ।
No comments:
Post a Comment