Saturday, November 6, 2021

पारिजात र सीपीहरू - भरत पोखरेल

नेपालको राजनीतिमा समकालीन दुईजना सीपीहरू झण्डै पचास वर्षदेखि हालसम्म सक्रिय छन् । सीपी (चन्द्र प्रकाश) मैनाली विद्यार्थी राजनीतिदेखि झापाली आन्दोलन, कोकेको निर्माण, नेकपा (माले) का संस्थापक महासचिव, नख्खु जेलब्रेकका एकजना अगुवा, नेकपा (एमाले) बाट मन्त्री, नेकपा (माले) बाट उपप्रधानमन्त्री र हाल नेकपा (माले) का महासचिव हुन् । केही समय अघि सडक दुर्घटनामा घाइते भएका सीपी मैनाली लकडाउनको यो बेला घरमा स्वास्थ्य लाभ गरिरहेका छन् । सीपी (चन्द्र प्रकाश) गजुरेल शिक्षक आन्दोलन, नेकपा (चौथो महाधिवेशन), नेकपा (एकता केन्द्र), नेकपा (मशाल), नेकपा (माओवादी), हाल नेकपा (क्रान्तिकारी माओवादी) का नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष हुन् । लकडाउनको बेला उनी पनि अहिले घरमा आइसोलेसनमा छन् ।

निर्मल लामाको पारिवारिक परिवेशमा मोहन वैद्य (किरण) को माक्र्सवादी प्रशिक्षण पछि पारिजातले २०३४ सालमा नेकपा (चौथो महाधिवेशन) को पार्टी सदस्यता लिइन । शारीरिक रूपले अशक्त भए पनि राजनीतिक रूपमा उनी सक्रिय थिइन । उनी अखिल नेपाल महिला संघको अध्यक्ष भइन, २०३६ सालमा प्रगतिशील लेखक कलाकार संघको स्थापनाका लागि उनको सक्रिय सहभागिता थियो । वि.सं २०३६ सालको विद्यार्थी आन्दोलनले निरंकुश पञ्चायतको नटबल्टु खुकुलो बनाएको बेला राजनीतिक पार्टीका नेताहरूको सक्रियता ह्वात्तै बढेको थियो । पारिजातसँग पन्ध्र वर्ष सामिप्यतामा रहेको मलाई उनले एउटा रोजक प्रशङ्ग सुनाइन । एकपल्ट पारिजातलाई सीपीसँग भेट हुने समाचार आयो । नक्सलवादी आन्दोलनका अगुवा सीपी मैनालीको छवि त्यतिखेर चर्चामा थियो । पारिजातले अग्ला गोरा सीपीलाई भेटिन उनी अग्ला श्याम वर्णका सीपी मैनाली नभएर सीपी गजुरेल भएको पारिजातले पछि मात्र थाहा पाइन ।
पारिजातलाई मैले एकपल्ट तपाईंको राजनीतिक गुरु को हो भनेर सोधेको थिएँ । उनले किरणजी मेरो माक्र्सवादी राजनीतिको गुरु हो भनेकी थिइन । त्यसको पुष्टि निर्मल लामाले मसँग बनारसको पान खाने प्रशङ् मा गरेका थिए । बनारसमा एउटा भेला थियो । बैठक ब्रेकको बेला लामाजीले मलाई पानखान लगे । हामी दुईजना मात्र थियौं । मैले सोधी हालेँ । पारिजातलाई कसले कम्युनिस्ट बनायो । लामाजीले आफू परिवारको सदस्य, मोहनजी (एमबी) को कुरा प्रष्ट नबुझिने, साहित्य र दर्शनमा रुची मिल्ने किरणजीले नै पारिजातलाई माक्र्सवाद पढाउनु भएको हो भने ।
पारिजातको २०५० साल वैशाख ५ गते देहावसान भयो, दुबै सीपीहरू अहिले पनि राजनीतिमा सक्रिय छन् । नेपालको भूमि अतिक्रमण सीमा विवाद र एमसिसि प्रकरणमा २०७६ साल माघ ११ गते ९ राजनीतिक दलहरूको बैठकले संघर्षको संयुक्त प्रेस वक्तव्य निकाल्यो । सो वक्तव्यमा दुबै सीपीहरू पनि हस्ताक्षरकर्ता छन् । सोही वक्तव्य अनुसार माघ २४ गते देशभर विरोध प्रदर्शन भए । काठमाडौंको रत्नपार्क शान्तिबाटिकाको सभालाई दुबै सीपीले सम्बोधन गरेका थिए । त्यसपछि विश्वमा कोरोना कहर । संघर्षका कार्यक्र स्थगित भएका छन् अन्त्य होइन । आउने समयमा नेपाली जनताले सीमा र एमसिसिको हिसाब माग्ने नै छन् ।

साभार :

No comments:

Post a Comment