Tuesday, October 12, 2021

पारिजात पुस्तिका - २०७२

पारिजात सृजन सम्मान –   २०७१ : पुरुषोत्तम सुवेदी
पारिजात बालसाहित्य सम्मान –२०७१ :  शारदारमण नेपाल
पारिजात सङ्घर्षशील नारी सम्मान–२०७१ : मिठाईदेवी विश्वकर्मा
पारिजात कला सम्मान –  २०७१ : जीवन शर्मा 

२०७२ भाद्र १२ शनिबार

पारिजात स्मृति केन्द्र्रका उद्देश्यहरू

१  पारिजातका प्रकाशित तथा अप्रकाशित सम्पूर्ण कृति संरक्षण गरी यस संस्थाद्वारा निर्धारित प्राथमिकताअनुसार तिनलाई क्रमश:  प्रकाशित गर्ने/गराउने ।
२  लोककल्याणका दृष्टिबाट प्राथमिकता निर्धारण गरी पारिजातका कृति स्वदेशी तथा विदेशी भाषामा अनुवाद गर्ने÷गराउने  ।
३  पारिजातद्वारा प्रयुक्त वस्तु र उहाँको कक्षको यथोचित संरक्षण गर्ने ।
४  पारिजातको योगदानको यथोचित मूल्याङ्कन गर्न पारिजात स्मृति ग्रन्थ, अन्य सान्दर्भिक पुस्तक तथा पुस्तिका प्रकाशित गर्ने÷गराउने ।
५  पारिजातको स्मृतिमा प्रत्येक वर्ष उहाँको जन्म–जयन्ती मनाउने र परिचर्चा, गोष्ठी आदिको आयोजना गर्ने ।
६  पारिजातको नाममा पुरस्कार स्थापना गरी सञ्चालन गर्ने ।
७  परस्पर आदान–प्रदान तथा सरसहयोगका निमित्त स्वदेश र विदेशका साहित्यिक, सांस्कृतिक सङ्घ–संस्थासँग सम्बन्ध र सम्पर्क स्थापित गर्ने ।
८  माथि उल्लिखित उद्देश्य प्राप्तिका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट स्रोत र साधन सङ्कलन गरी तिनको उचित व्यवस्थापन तथा सञ्चालन गर्ने ।

पारिजात स्मृति केन्द्रको विशेष अनुरोध

१  कुनै पनि प्रकारको सहयोगबाट यस केन्द्रका उद्देश्यहरू पूरा गर्न आवश्यक मद्दत पु¥याउनु हुन समस्त शुभेच्छुकमा विनम्र अनुरोध छ ।
२  पारिजातसम्बन्धी कुनै पनि प्रकारका सामग्रीको प्रकाशित प्रति यस केन्द्रलाई उपलब्ध गराइ दिनुहुन अनुरोध छ । पारिजातका कुनै पनि रचना प्रकाशन गर्दा यस केन्द्रबाट अनिवार्य रूपमा स्वीकृति लिनुहुन अनुरोध गरिन्छ ।
३  पारिजातका कृतिबाट चलचित्र निर्माण गर्न चाहनेले यस केन्द्रमा सम्पर्क राखी तोकिएको प्राथमिकताक्रम अनुसार मात्र गर्न सकिने व्यहोरा अनुरोध गरिन्छ ।


साहित्यकार पारिजातको सङ्क्षिप्त परिचय

१९९४ साल वैशाख महिनामा डा. केएस वाइबा र उहाँकी दोस्री पत्नी अमृत मोक्तानको घरमा एउटी बालिकाको जन्म भयो । बालिकाको नाम राखियो – विष्णुकुमारी वाइबा । तिनै विष्णुकुमारी वाइबा नेपाली साहित्यमा पारिजातका नामले प्रख्यात हुनुभयो । 
पारिजातको बाल्यकाल अन्य बालबालिकासरह बित्यो । उहाँको स्वभाव भने अरूको भन्दा भिन्न थियो । उहाँ गम्भीर, निडर, चिन्तनशील र अन्तर्मुखी हुनुहुन्थ्यो । उहाँको स्वास्थ्य सानैदेखि राम्रो थिएन । १३ वर्षको कलिलै उमेरदेखि हाडजोर्नी ९चजभगmबतयष्म बचतजचष्तष्क० को रोगले उहाँलाई समात्यो । यो रोग उहाँको जीवनपर्यन्त रह्यो ।
पारिजातलगायत उहाँको सम्पूर्ण परिवारको जीवनमा ठूलो आघात परेको घटना थियो – दाजु शिवको मृत्यु । पोखरीमा डुबेको मान्छेलाई बचाउन जाँदा २०१० सालमा पारिजातका प्रिय दाजु शिवको मृत्यु भएको थियो । यो घटनाले विचलित भएर पारिजातलगायत वाइबा परिवार बाबु डा. केएस वाइबासँग २०१० सालमा काठमाडौँ आइपुग्यो । त्यसबेला पारिजातको उमेर १७ वर्षको थियो । त्यही वर्ष पद्मकन्या विद्याश्रम, डिल्लीबजारबाट उहाँले एसएलसी परीक्षा उत्तीर्ण गर्नुभयो । त्यसपछि पद्मकन्या क्याम्पसबाट २०१३ सालमा आइए र २०१५ सालमा बीए उत्तीर्ण गर्नुभयो । उहाँले अङ्ग्रेजी विषय लिएर एमएको अध्ययन आरम्भ त गर्नुभयो तर रोगका कारण परीक्षा दिन सक्नु भएन । यहीँबाट उहाँको पढाइको सिलसिला टुट्यो । विश्वविद्यालयबाट स्नातकोत्तरको प्रमाणपत्र प्राप्त गर्ने  सिलसिला टुटे पनि पारिजातको भावुक मन नेपाली साहित्यको अध्ययनसँग जोडिइसकेको थियो ।
२०१३ सालमा ‘धरती’ पत्रिकामा दुई वटा कविता प्रकाशित गरी नेपाली साहित्यमा प्रवेश गरेकी पारिजात २०१४ सालमा युवा कविद्वारा स्थापित ‘रोधीघर’ नामक साहित्यिक यात्रामा समावेश हुनुभयो । २०१४ मै उहाँको पहिलो पुस्तकका रूपमा आकाङ्क्षा कवितासङ्ग्रह प्रकाशित भयो । घरको अवस्था अत्यन्त दयनीय भएकाले जीवन धान्न उहाँले २०१६ सालदेखि २०१८ सालसम्म मदन मेमोरियल स्कुल, पाटनमा शिक्षिकाका रूपमा काम गर्नुभयों । त्यहीबेलादेखि पारिजातलाई रोगले निकै च्यापेको थियो । हावापानी बदल्दा बिसेक होला कि भन्ने आशामा २०१८ सालमा उहाँ स्कुलको जागिर छाडेर एक महिनाका लागि पुनः दार्जिलिङ फर्किनु भयो । उहाँ सात वर्षपछि दार्जिलिङ फर्किनु भएको थियो । तर रोग झन्झन् बढ्दै गएपछि २०२१ सालदेखि ओछ्यान पर्नुभयो । ओछ्यान पर्दा उहाँ २७ वर्षकी हुनुहुन्थ्यो । त्यस बेलादेखि पारिजात जीवनभरि ओछ्यानमै रहनुभयो ।
नेपाली साहित्याकाशमा २०१३ देखि कविताको माध्यमबाट आफ्नो चिनारी सुरू गरेको भए तापनि पारिजात गद्य लेखनमा निरन्तर लाग्दै आउनु भएको थियो । पाँचवटा उपन्यास ‘सङ्घर्ष’, ‘वरपीपल’, ‘मानव’, ‘अन्तर्यामी’ र ‘शारदा’ चित्तबुझ्दो नभएकाले जलाइदिएको भन्ने उहाँकै भनाइबाट पनि यो कुरा स्पष्ट हुन्छ । यो लेखाइको समय थियो २०१८ सालदेखि २०२१ सालसम्म । उहाँको एक उपन्यासले भने तत्कालीन नेपाली साहित्याकाशमा ठूलो हलचल ल्याइदियो । त्यो उपन्यास हो – शिरीषको फूल । यस उपन्यासले २०२२ सालको मदन पुरस्कार प्राप्त ग¥यो । लामाले राखिदिएको ‘छेकुडोल्मा’ र न्वारनमा राखिएको नाम ‘विष्णुकुमारी वाइबा’ लाई ओझेलमा पारेर उहाँले आफूलाई नेपाली साहित्यमा पारिजातका रूपमा स्थापित गराउनु भयो ।
२०२३ मा तत्कालीन राजनीतिक व्यवस्थाविरूद्ध विद्रोही सङ्गीतकार र लेखक÷कविहरूको एउटा सशक्त समूहमा पनि पारिजात संलग्न हुनुभयो । युवाहरूको त्यो जागरूक समूहले आफ्नो विद्रोहको स्वर गाउँगाउँ र सहरसहरमा गुन्जाउन थाल्यो । त्यस समूहमा रहेर पारिजात पनि विभिन्न ठाउँमा पुग्नु भयो । त्यस सक््िरmयताका क््रmममा उहाँले आफ्नोे शरीरको अशक्तताको पनि कुनै पर्बाह गर्नु भएन । त्यस समूहको नाम थियो – राल्फा ।  पछि यही राल्फाली यात्रा नै नयाँ जनवादी संस्कृतिको विकास र प्रगतिशील लेखनका क्षेत्रमा महत्त्वपूर्ण कोशेढुङ्गा साबित हुनपुग्यो ।
पारिजातको स्वास्थ्य अझै खराब हुँदै गयो । हाड–जोर्नीको रोग त छँदै थियो त्यसमाथि पनि क्षयरोग, अल्सर र दम पनि थपियो । विभिन्न रोगबाट मुक्ति पाउन उहाँ २०२६, २०२९, २०३० र २०३१ मा गरी पटक–पटक उपचार गर्न भारत जानुभएको थियो । स्वास्थ्यमा कुनै सुधार नहुने स्पष्ट भएपछि उहाँले आफ्नोे मनलाई सम्हाल्नुभयो र आफूलाई साहित्यबाट मात्र नभई वैचारिक रूपले पनि देश र जनताका निम्ति समर्पित गर्ने अठोट लिनु भयो । त्यही अठोटसँगै उहाँले २०३४ सालमा नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेशन) को सदस्यता लिनु भयो । उहाँ  महिला मुक्तिको काममा पनि सक्रिय हुन थाल्नु भयो । अखिल नेपाल महिला सङ्घको अध्यक्ष बन्दै उहाँ भूमिगत काममा समेत संलग्न रहनु भयो । पारिजात २०३५÷२०३६ को आन्दोलनमा निकै नै सक्रिय रहनुभएको थियो । २०३६ मा वामपन्थी लेखक–कलाकारहरूको साझा मोर्चाका रूपमा ‘प्रगतिशील लेखक कलाकार सङ्घ’ को स्थापना गर्नका लागि पनि उहाँको भूमिका महत्त्वपूर्ण रहेको थियो ।
गीत–सङ्गीतमा पारिजातको औधि रूचि थियो । वेदना सांस्कृतिक समूह, इन्द्रेणी सांस्कृतिक समाज (इसास) सँगै पटक–पटक नेपालका विभिन्न जिल्ला तथा भारतका विभिन्न सहरमा भएका सांस्कृतिक कार्यक्रमहरूमा उहाँ सहभागी हुनुभएको थियो । उहाँ इन्द्रेणी सांस्कृतिक समाज (इसास) को मानार्थ अध्यक्ष हुनुहुन्थ्यो । 
पारिजात २०४६ को जनआन्दोलनमा पनि अत्यन्तै सक्रिय हुनुहुन्थ्यो । विभिन्न क्रियाकलापद्वारा जनआन्दोलनलाई सफल पार्न उहाँ क्रियाशील रहनुभयो । २०४६ चैत ३ गते लेखक, कवि तथा कलाकारले कालोपट्टी बाँधी विरोध प्रदर्शन गरेका थिए । त्यो ऐतिहासिक काममा पारिजात अघिल्लो पङ्क्तिमा बसेर सहभागी हुनुभएको थियो । प्रजातन्त्रको पुनर्बहालीपछि नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानलाई प्रजातन्त्रीकरण गर्नुपर्ने मागसहित सङ्घर्षमा ओर्लिएको  ‘प्राज्ञिक सङ्घर्ष समिति’ को संयोजक हुनुहुन्थ्यो– पारिजात । उहाँ प्राज्ञको सही पहिचान, मापदण्ड र परिचालनका निम्ति पर्याप्त प्रयासरत रहनुभयो ।
पारिजातले नयाँ पुस्ताका लेखकलाई अत्यन्तै प्रोत्साहन दिनुहुन्थ्यो । पारिजात निवास म्हेपी नयाँ–पुराना सबै साहित्यकारको जमघटको थलो थियो । उहाँको कोठाको सानो टेबलमा नयाँ साहित्यिक प्रकाशनहरू बिक्रीका लागि राखिएका हुन्थे । लेखकका निम्ति नयाँ पुस्तक बिक्री गर्ने राम्रो स्थान थियो त्यो ।
उहाँले मासिक रूपमा काठमाडौंमा नियमित सञ्चालन हुने प्रतिभा प्रवाह र साहित्य सन्ध्याका साहित्यिक कार्यक्रममा सहभागिता जनाउनुभयो । यी कार्यक्रममा उहाँलाई प्रमुख अतिथि बनाइन्थ्यो । त्यस क््रmममा उहाँले नयाँ पुस्ताका सिर्जना सुन्नुहुन्थ्यो र उचित सल्लाह दिनुहुन्थ्यो । 
पारिजात विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थामा पनि संलग्न हुनुहुन्थ्यो । उहाँ नेपाल मानवअधिकार सङ्गठनका उपाध्यक्ष, अखिल नेपाल महिला मञ्चका संस्थापक अध्यक्ष, बन्दी सहायता नियोगका संस्थापक अध्यक्ष तथा त्रिवि सभा सदस्य हुनुहुन्थ्यो ।  Out Right International, Feminist Association, Society for Women Geographer, Amnesty Internationalआदिजस्ता अन्तर्राष्ट्रिय सङ्घ–संस्थासँग पनि पारिजात सम्बन्धित हुनुहुन्थ्यो ।
पारिजातले मदन पुरस्कार, गङ्की पुरस्कार र पाण्डुलिपि पुरस्कार पाउनुभएको थियो । उहाँलाई ‘जनमत’ र ‘नेपाल तामाङ घेदुङ सङ्घ’ द्वारा अभिनन्दन गरिएको थियो । पारिजातद्वारा लिखित पुस्तक शिरीषको फूलको अङ्ग्रेजी अनुवाद Blue Memosa लाई अमेरिकाको मेरिल्यान्ड युनिभर्सिटीको पाठ्यक्रममा राखिएको छ । 
उहाँलाई मनपर्ने रङ्ग हरियो हो भने मनपर्ने ऋतु वर्षा हो । त्यस्तै मनपर्ने फूल गुराँस हो । छोइला, मःमः, सुख्खा रोटी, काभ्रो, चिन्डो, टमाटर र कोइरालो उहाँले खानमा मन पराउने चिजहरू हुन् ।
दिनहरू बित्दै जाँदा साहित्यकार पारिजात झनझन शिथिल बन्दै जानु भयो । दीर्घरोगकै कारण वीर अस्पतालको विशेष उपचार कक्षमा उपचार गराउँदा गराउँदै २०५० साल वैशाख ५ गते बिहान ४ बजे सुप्रसिद्ध साहित्यकार पारिजातको निधन भयो । 



पारिजात सिर्जन सम्मान–२०७१ बाट सम्मानित
साहित्यकार पुरुषोत्तम सुवेदीकोे परिचय

साहित्यकार पुरुषोत्तम सुवेदी मूलतः कवि तथा समालोचक हुन् । त्यस बाहेक निबन्ध लेखनमा पनि उनको सक््िरmयता रहँदै आएको छ । उनी प्रगतिशील साहित्यकारका रूपमा सुपरिचित छन् । 
साहित्यकार सुवेदीको जन्म वि.सं. २०११ साल असार २३ गते तेह«थुम जिल्लाको सावलामा भएको हो । उनको बसोबास अहिले काठमाडौको कलङ्कीमा रहेको छ ।
उनले प्रारम्भिक शिक्षा जन्मस्थानमै प्राप्त गरे । तेह«थुमको सिंहवाहिनी हाइस्कुलबाट २०२७ सालमा एसएलसी पास गरेका साहित्यकार सुवेदीले उच्च शिक्षा काठमाडौं आएर आर्जन गरे । उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् । 
२०३९ सालमा राष्ट्रिय वीमा संस्थानमा अधिकृतको रुपमा सेवा प्रवेश गरेका साहित्यकार सुवेदीले त्यस संस्थामा तीस वर्षसम्म सेवा प्रदान गरे । उक्त संस्थाको उच्च तहमा पुगेर तीन वर्षअघि अवकाश प्राप्त उनी विभिन्न संस्थामा परामर्शदाताका रूपमा समेत रहँदै आएका छन् । 
साहित्यकार सुवेदी २०३० सालदेखि साहित्य सिर्जनमा लागेका हुन् । उनको पहिलो पटक प्रकाशित साहित्यिक रचना कविता हो । उनको पहिलो कविता २०३२ सालमा प्रकाशित भएको थियो । त्यसयता उनी निरन्तर सिर्जनामा संलग्न रहँदै आएका छन् । 
कवि एवम् समालोचक सुवेदीका हालसम्म तीन वटा कृति प्रकाशित छन् । तिनमा दुई वटा कविता सङ्ग्रह र एउटा समालोचना–कृति रहेका छन् । उनको पहिलो कविता सङ्ग्रह ‘आतङ्कगन्ध’ २०४८ सालमा प्रकाशित भएको थियो भने दोस्रो कविता सङ्ग्रह ‘एक्लो विजेता’ २०५६ सालमा प्रकाशित भएको थियो । २०६६ सालमा उनको ‘सङ्क््रmमणको साहित्य र समकालीनता’ शीर्षकको समालोचनात्मक कृति प्रकाशित भएको थियो । यस बाहेक उनका प्रशस्त फुटकर कविता, समालोचना र निबन्धहरू प्रकाशित छन् । ती विधामा साहित्यकार सुवेदीका अन्य कृतिहरू  प्रकाशोन्मुख रहेका छन् । 
चालीस वर्षभन्दा लामो सिर्जना–यात्राका क््रmममा साहित्यकार सुवेदी प्रगतिशील लेखक सङ्घका केन्द्रीय सदस्य समेत रहिसकेका छन् । उनी साझा पुरस्कारबाट सम्म्मानित छन् । उनले ‘सङ्क्रमणको साहित्य र समकालीनता’ का लागि २०६६ सालको साझा पुरस्कार प्राप्त गरेका थिए ।
साहित्यकार सुवेदीको संलग्नता वीमा र आर्थिक विषयको लेखनमा पनि रहँदै आएको छ । वीमा र आर्थिक विषयमा उनका थुप्रै लेखहरू प्रकाशित छन् । यस विषयमा उनी स्तम्भकारको रूपमा समेत सुपरिचित छन् । उनले अमेरिका, जर्मनी, बेलायत, श्रीलङ्का, चीन, भारत लगायतका मुलुकको भ्रमण गरेका छन् । 
कविता र समालोचना विधामा साहित्यकार सुवेदीको सिर्जनात्मक उपस्थिति उल्लेखनीय रहेको छ । पारिजात स्मृति केन्द्रले साहित्यकार पुरुषोत्तम सुवेदीको सिर्जनात्मक योगदानको कदर गर्दै २०७१ सालको पारिजात सिर्जन सम्मान प्रदान गरेको छ ।        

पारिजात बालसाहित्य सम्मान–२०७१ बाट सम्मानित 
साहित्यकार शारदारमण नेपालको परिचय

नेपालको प्रगतिवादी साहित्यिक क्षेत्रमा शारदारमण नेपाल सुपरिचित नाम हो । सन् १९४७ मे १० तारिखमा बाबु तीर्थराज नेपाल र आमा सुमित्रा नेपालका सन्तानका रूपमा नुवाकोट जिल्लाको नर्जामण्डप गाउँ विकास समिति, वडा नं. ७ डोटेलमा जन्मिएका नेपालले वि.सं. २०२१ सालमा बनारसबाट प्रकाशित भएको ‘नयाँ पाइलो’ साहित्यिक पत्रिकामा कविता प्रकाशित गरेर नेपाली साहित्यको आँगनमा सर्वप्रथम पाइलो राखेका हुन् । 
साहित्यकार नेपालको वि.सं. २०३२ सालमा प्रकाशित ‘छोरीसित’ खण्डकाव्य प्रथम पुस्तकाकार कृति हो । त्यस यता खण्डकाव्य, कविता सङ्ग्रह र बालसाहित्यका गरी उनका करिब दुई दर्जन कृतिहरू प्रकाशित छन् । लेखनको थालनीदेखि नै वर्गीय पक्षधरतामा आधारित रहेर सिर्जना गरेका नेपालले अहिलेसम्म पनि त्यो निरन्तरतालाई कायमै राखेका छन् । 
नेपाली साहित्यका विविध विधामा कलम चलाए पनि पछिल्लो समयमा उनको मूल क्षेत्र बालसाहित्य नै हो । सरल एवम् सुबोध्य भाषाशैलीमा विज्ञानपरक विचारको पक्षमा बालबच्चालाई शिक्षित बनाउनु साहित्यकार नेपालको मूल ध्येय देखिन्छ । सामाजिक जिम्मेवारीबोध गरेर बाल साहित्यको सिर्जनामा आफूलाई निरन्तर लगाउँदै आएका साहित्यकार नेपालले नेपाली बालसाहित्यको बजारमा आफ्नो भिन्न पहिचान बनाउन सफल भएका छन् । 
सरल अभिव्यक्तिमा सशक्त विचार प्रवाहित गर्ने साहित्यकार नेपाल व्यावहारिक जीवनमा पनि अत्यन्त स्वाभिमानी देखिन्छन् । पुरस्कार र सम्मान पाउने दौडमा कतै पनि सहभागी हुन नरुचाउने नेपालले यस अघि नेपाली प्रगतिवादी साहित्यमा यथेष्ट योगदान गरे वापत २०५८ सालको साहित्य सन्ध्या पुरस्कार प्राप्त गरेका छन् । साहित्यकार शारदारमण नेपाल नेपाली प्रगतिवादी साहित्यका एक जना उल्लेख्य साधक हुन् । बालसाहित्यको क्षेत्रमा उनको विचारसम्पन्न र निरन्तर योगदानको कदर गर्दै पारिजात स्मृति केन्द्रले पारिजात बालसाहित्य सम्मान २०७१ बाट सम्मानित गर्ने निर्णय गरेको छ । 

प्रस्तुति : मातृका पोखरेल 
         

पारिजात संघर्षशील नारी सम्मान–२०७१ बाट सम्मानित 
मिठाईदेवी विश्वकर्माको परिचय 

मिठाईदेवी विश्वकर्मा जनविरोधी राज्यव्यस्थाको विरुद्ध नेपाली समाजलाई मुतिm दिलाउन निरन्तर सङ्घर्षशील नारी हुन् । बलिदानी भावनाका साथ राजनितिक आन्दोलनमा सहभागी हुन पुगेकी उनी राजनीतिक कामसँगै दलित उत्पीडित समुदायमाथि भइरहेको चरम शोषण, दमन र भेदभावका विरुद्ध समेत लड्दै आएकी छन् । राजनीतिक अधिकार, सामाजिक अधिकार र महिला अधिकारको क्षेत्रमा यी सङ्घर्षशील नारीले दिएको योगदान प्रशंसनीय रहेको छ । भाषाका क्षेत्रमा समेत उनको योगदान रहेको छ । 
दलित आन्दोलनकी नेतृका रूपमा समेत सुपरिचित मिठाईदेबी विश्वकर्माको जन्म वि.सं. १९९३ साल फागुन १० गते भएको हो । उनको पुर्खौली थलो काठमाडौंको कीर्तिपुर हो । उनले बि.ए. सम्मको शिक्षा आर्जन गरेकी छन् । उनी ‘प्रथम स्नातक’ का रूपमा पनि चिनिन्छिन् । दलित महिलामा स्नातक अध्ययन गर्नेमा उनी पहिलो हुन् ।     
जीवनमा निरन्तर सङ्घर्षशील रहेकै कारण मिठाईदेवी विश्वकर्मा सामाजिक रूपमा विभिन्न क्षेत्रबाट सम्मानित रहँदै आएकी छन् । डा. अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार,अन्तर्राष्ट्रिय विश्वकर्मा पुरस्कार,नेपाल दलित जनविकास सम्मान, दीनबन्धु अन्तर्राष्ट्रिय सम्मान,शताब्दियौं अन्तर्राष्ट्रिय महिला श्रमिक सम्मान, मोतीदेवी स्मृति सम्मान, भानुभक्त पुरस्कार जस्ता अनेकौं सम्मानहरू उनले प्राप्त गरेकी छन् । यसरी नै राष्ट्रिय महिला आयोग, शिक्षामा नारी समूह जस्ता अनेकौं सङ्घसंस्थाहरूबाट उनी अभिनन्दित रहेकी छन् । 
नेपालको राजनीतिक आन्दोलन, महिला आन्दोलन र दलित आन्दोलनसँगै समाजका हरेक न्यायपूर्ण आन्दोलनमा मिठाइदेवी विश्वकर्माको संलग्नता र सहभागिता महत्त्वपूर्ण रहेको छ । नेपाली समाजमा निरन्तर सङ्घर्षरत रहेर पु¥याएको योगदानको कदर गर्दै उहाँलाई २०७१ सालको पारिजात सङ्घर्षशील नारी सम्मानद्वारा सम्मानित गरिएको छ ।  


पारिजात कला सम्मान– २०७१ बाट सम्मानित 
कलाकार जीवन शर्माको परिचय

बाबु चन्द्रदत्त उपाध्याय र आमा द्रौपदीदेवीबाट वि.सं. २०१६ सालमा बागलुङ जिल्लामा जीवन शर्माको जन्म भएको हो । उनी सानै उमेरदेखि कलाकारिता क्षेत्रमा आकर्षित भएका थिए । उनी सुरूमा आफ्नै विद्यालयमा गीतहरू गाउने गर्थे । गीत–सङ्गीत क्षेत्रमा मोह बढ्दै गएपछि उनी २०३२ सालमा ‘वेदना परिवार’ मा आबद्ध भई संस्थागत रूपमै कलाकारको रूपमा प्रस्तुत हुन पुगे । 
मानवशास्त्रमा स्नातकोत्तरसम्मको शिक्षा हासिल गरी अङ्ग्रेजी विषयमा स्नातकोत्तर तहसम्मको अध्ययन गर्न भ्याएका कलाकार जीवन शर्मा आफ्नो मूल ध्येय कलाकारिता नै रहेको बताउँछन् । व्यावसायिक गीत–सङ्गीतले बजार ढाकेको समयमा पनि उनले सांस्कृतिक क्षेत्रबाट जनचेतना जगाउने उद्देश्यका साथ आफूलाई प्रगतिशील फाँटमा निरन्तर सक््िरmय गराए । पछिल्लो समयमा उनी रक्तिम सांस्कृति अभियानमा सक््िरmय रहँदै आएका छन् । 
क््रmान्तिकारी गीतहरू गाउने जन–कलाकारको रूपमा सक््िरmय रहेकै कारण कलाकार जीवन शर्माले निरङ्कुश पञ्चायती कालमा अनेकौं दुखहरू बेहोर्नु प¥यो । त्यस बेला उनले भूमिगत अवस्थामै रहेर पनि आफ्ना स्वरहरूलाई भित्रभित्रै गुञ्जाएका थिए । त्यसकै कारण उनी गिरफ्तारीमा समेत परेका थिए । पछि २०५९–२०६३ को शाही कालमा पनि उनी अर्धभूमिगत भई क््िरmयाशील रहे । 
शालीन, निडर र जुझारु स्वभावका कलाकार शर्माले जन–गीति यात्रामा लामो समय व्यतीत गरिसकेका छन् । २०४७ सालमा ‘रक्तिम परिवार, भाग–१’ गीति चक्का सार्वजनिक गरेका कलाकार शर्माका हाल ४५ वटा गीति चक्का सार्वजनिक भइसकेका छन् । ‘सिमली छायामा बसी’ लगायतका लोकप्रिय गीतहरू समेटिएका उनका गीति चक्काहरूमा पाँच सयभन्दा बढी गीतहरू समावेश भएका छन् । 
गीति नाटकका क्षेत्रमा पनि कलाकार जीवन शर्माको योगदान रहेको छ । उनका ‘ठूली’, ‘पूजा’, ‘नालापानीदेखि कालापानी’सम्म र ‘जवाफ’ गरी चार वटा गीति नाटक मञ्चन भइसकेका छन् । 
देशका सबैजसो जिल्लामा कार्यक््रmम गर्न भ्याएका छन् जीवन शर्माले । उनले भारत, हङकङ, मलेसिया, कोरिया, जापान, सिङ्गापुर, दुवई, कतार, ओमन, जर्मनी, डेनमार्क, स्विडेन, फ्रान्स, बेल्जियम जस्ता विदेशी मुलुकको समेत साङ्गीतिक भ्रमण गरिसकेका छन् । 

प्रस्तुति : वदन शर्मा               


पारिजात सृजन सम्मान प्राप्त गर्ने स्रष्टाहरू  
                    
२०५१ कुन्ता शर्मा 
२०५२ इस्माली 
२०५३ पूर्णविराम 
२०५४ सुरेशकिरण मानन्धर 
२०५५ घनश्याम ढकाल 
२०५६ मित्रलाल पंज्ञानी 
२०५७ डा. ताराकान्त पाण्डेय 
२०५८ रोशन जनकपुरी (अरविन्दकुमार लाल) 
२०५९ कृष्णसेन ‘इच्छुक’ 
२०६० वासुदेव अधिकारी 
२०६१ सुधा त्रिपाठी 
२०६२ हरिगोविन्द लुइँटेल 
२०६३ डा. जगदीशचन्द्र भण्डारी 
२०६४ बुँद राना 
२०६५ निनु चापागाई
२०६६ रमेशरञ्जन झा
२०६७ निभा शाह
२०६८ विमल निभा
२०६९ चैतन्य (मोहन वैद्य ‘किरण’)
२०७० प्रदीप नेपाल
२०७१ पुरुषोत्तम सुवेदी  

पारिजात संघर्षशील नारी सम्मान पाउने नारीहरू 

२०५१ राममाया नेपाली 
२०५२ सुशीलादेवी चालिसे 
२०५३ मोतीदेवी श्रेष्ठ 
२०५४ नानीमैयाँ नकर्मी 
२०५५ राजेश्वरी सिंह 
२०५६ साधना प्रधान 
२०५७ चम्पा राना 
२०५८ मरनीदेवी शाह 
२०५९ शान्ता श्रेष्ठ
२०६० छायाँदेवी पराजुली 
२०६१ बमकुमारी बुढामगर 
२०६२ शान्ता मानवी 
२०६३ सन्तोषी विक (सन्ध्या) 
२०६४ रामकुमारी झाँक्री
२०६५ कमला नहर्की
२०६६ डा. रेणु राजभण्डारी
२०६७ शान्ता चौधरी
२०६८ विष्णुदेवी श्रेष्ठ (मुक्ता)
२०६९ साहना प्रधान
२०७० शान्तिकुमारी राई
२०७१ मिठाईदेवी विश्वकर्मा

पारिजात कला सम्मान प्राप्त गर्ने कलाकार 

२०५८  स्व. मोहन खड्का 
२०५९  स्व. कुलमानसिंह भण्डारी 
२०६०  हरि दर्शनधारी 
२०६१  रामेश 
२०६२  जेबी टुहुरे 
२०६३  खुसीराम पाख्रिन 
२०६४  किरण मानन्धर
२०६५  रामकृष्ण भण्डारी
२०६६  मानन्धर ल्याम्ह पुचः डाफा गुठी
२०६७  वदन शर्मा
२०६८  इन्द्रेणी सांस्कृतिक समाज, कीर्तिपुर
२०६९  नारदमणि हार्तम्छाली ‘कलाङ’
२०७०  राजन काफ्ले
२०७१  जीवन शर्मा   

पारिजात बालसाहित्य पाण्डुलिपि सम्मान प्राप्त गर्ने स्रष्टा 

२०५७  रवीन नेपाली 
२०५९  शाश्वत पराजुली
२०६०  दोर्जे छिरिङ लेप्चा
२०६२  लक्ष्मी उपे्रती 
२०६३  सुकुम शर्मा
२०६५  अनन्तप्रसाद वाग्ले
२०६६  सौरभकिरण श्रेष्ठ
२०६७  अमर न्यौपाने
२०६८  माधव सयपत्री
२०६९  विजयराज आचार्य
पारिजात बालसाहित्य पाण्डुलिपि प्रशंसापत्र प्राप्त गर्नेहरू
सङ्गीत श्रोता, सविना सिन्धु, केदार श्रेष्ठ
पारिजात बालसाहित्य सम्मान प्राप्त गर्ने साहित्यकार
२०७०  शान्तदास मानन्धर
२०७१  शारदारमण नेपाल 

पारिजात स्मृति केन्द्रका पदाधिकारी 

अध्यक्ष – लक्ष्मी माली
सचिव – वदन शर्मा
कोषाध्यक्ष –दिल वरदान
सदस्य – डा. महेश मास्के 
सदस्य – सुकन्या वाइवा
सदस्य–  पद्मरत्न तुलाधर
सदस्य – रायन 
सदस्य – स्नेह सायमी 
सदस्य – इन्दिरा दली 
सदस्य – मातृका पोखरेल
सदस्य – शार्दूल भट्टराई 


पारिजात स्मृति केन्द्र 
पारिजात मार्ग, म्हेपी, काठमाडौँ 
इमेल –  parijatsmritikendra@gmail.com
फोन : ४३५८१८४

No comments:

Post a Comment