साहित्यकार पारिजातको स्मृति सभा सम्पन्न, साहित्यकार आनन्ददेव भट्ट, खगेन्द्र संग्रौला, रामकृष्ण दुवाल र सरिता महर्जन सम्मानित
प्रा.डा. कृष्णप्रसाद घिमिरे, डा. चन्द्रमान श्रेष्ठ, डा. नयना प्रधान, प्रा.डा. बद्रि विशाल पोखरेल, प्रा.डा. भवानी प्रसाद पाण्डे, प्रा.डा. हरिहर भण्डारी, डा. सिर्जना शर्मालाई ''पारिजात सम्मान" ।
जय कार्की प्रकाशित मिति : शनिबार, बैशाख २८, २०७६
नेपाली साहित्यकी महान साहित्यकार पारिजातको आज पर्यटन बोर्डको हलमा मुर्धन्य साहित्यकार, लेखक, कवि कलाकार, लेखन तथा साहित्यिक अनुसन्धानकर्ता तथा राजनैतिक ब्यक्तित्वहरुको भव्य उपस्थितिमा लेखक, साहित्यकार, संघर्षशील महिला ब्यक्तित्व तथा पारिजातको विभिन्न कृति विधामा विद्यावारिधि गर्नु भएका साहित्यकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख आतिथ्यता पारिजातको समकक्षी मित्र बरिष्ठ साँस्कृतिककर्मी तथा गायक रामेशले गर्नु भएको थियो भने कार्यक्रमको संचालन स्नेह सायमिले गर्नु भएको थियो ।
पारिजातको अर्का निकटतम मित्र तथा बौद्धिक व्यक्तित्व महेश मास्केले स्वागत मन्तव्यकासाथ साहित्यकार पारिजातको कृतित्व र ब्यक्तित्वको बारेमा प्रकाश पार्नुभएको थियो । डा. बिन्दा शर्माले पारिजातका समग्र जीवन र उहाँको २१ वटा कृतिहरुका बारेमा चर्चा गर्नुभएको थियो ।
वरिष्ठ प्रगतिबादी लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलालले पारिजातभन्दा निकट आफनो जीवनमा अरु साहित्यकार थिएनन । उहाँको जेजति सम्मान र कृतिहरुको प्रचार हुनुपर्ने हो त्यसो नभएकोमा गंभीर चिन्ता गर्दै पारिजातको संघर्षशील विचारलाई उठाउन बर्तमानमा भैरहेको उत्पिडन, दमन,अत्याचार र बलत्कार विरुद्धको आन्दोलनलाई उठाउनैपर्छ । त्यसो नगरे पारिजातलाई संझनुको अर्थ नरहने र केवल सरकारी लेखनदास र सरकारको भाटमात्र बाँकी रहने हुनाले सरकारी लेखनदास होइन प्रगतिवादी विचारका आधारमा साहित्य लेखन हुनुपर्छ भनि जोड दिनुभएको छ । अन्याय अत्यचारको विषयमा मुख नखोले के को लेखक के को साहित्यकार के को कलाकार भनि तिखो टिप्पणी गर्दै प्रगतिशील लेखक संघले सरकारको हरेका कुकृत्यको विरोधमा बोल्नैपर्छ विरोध गर्नैपर्छ भन्नुभयो ।
पारिजात स्मृति प्रतिष्ठानले पारिजात सृजन सम्मान २०७५ बाट साहित्यकार आनन्ददेब भट्टलाई प्रमुख अतिथि रामेश र पारिजात स्मृति केन्द्रका अध्यक्ष रायनले सम्मान गर्नुभएको छ । पारिजात बालसाहित्य सम्मान २०७५ बाट साहित्यकार खगेन्द्र संग्रौलालाई सम्मान गरेको छ भने पारिजात संघर्षशील नारी सम्ममाबाट महिला अधिकारका लागि निरन्तर संघर्षको मैदानमा रहेकी सरिता महर्जनलाई प्रदान गरेको छ ।
त्यसैगरी पारिजात कला सम्मान २०७५ बाट प्रगतिबादी बरिष्ठ गायक तथा कलाकार रामकृष्ण दुवाललाई पुरस्कृत गरेको छ ।
त्यसैगरी पारिजातको लेखन र जीवनका विषयमा विद्यावारिधि प्राप्त गर्ने व्यक्तित्वहरू प्रा.डा. कृष्णप्रसाद घिमिरे, डा. चन्द्रमान श्रेष्ठ, डा. नयना प्रधान, प्रा.डा. बद्रि विशाल पोखरेल, प्रा.डा. भवानी प्रसाद पाण्डे, प्रा.डा. हरिहर भण्डारी, डा. सिर्जना शर्मालाई ''पारिजात सम्मान" प्रदान गरिएको छ ।
सम्मान प्राप्त गर्नुभएका सर्जकहरुले मन्तब्यको क्रममा सबैले खुशि व्यक्त गर्दै अझै निरन्तर परिवर्तनका खातिर लागिरहने उदघोष गरेका थिए । पारिजात स्मृति केन्द्रका अध्यक्ष तथा गीतकार तथा संगीतकार रायनले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
पारिजातको बारेमा खगेन्द्र संग्रौलाको रचना र रायनद्धारा संगीतबद्ध गीत पारिजात अपारिजता बोलको गीत किर्तिपुर इन्द्रेणी साँस्कृतिक परिबारले, रामेशले सरकारको रबैयाप्रति कठोर टिप्पणी गर्दै नसुध्र्रिए नयाँ ढंगले प्रस्तुत हुनेछन कलाकार साहित्यकारहरु भनि उदघोष गर्दै पारिजात दिदी बोलको गीत पनि प्रस्तुत गर्नु भएको थियो भने कलाकार रामकृष्ण दुवालले ४४२ वर्ष अघिको बारमासे नेपाली लयमा पारिजातको जीवनमा आधारित गीत गाउनु भएको थियो ।
पारिजात स्मृति सभाले यसपटक नयाँ रुप धारण गरेको महशुस भएको छ । सबैको एउटै मत थियो अब चुप लागेर बसिन्न नयाँ ढंगले अघि बढिन्छ । फोश्रा नारा र भाषणमा विश्वास गरिन्न भन्ने अठोट थियो ।
www.communistonline.com बाट साभार
------------------------------------------------------------
पारिजात बालसाहित्य सम्मान- २०७५ बाट सम्मानित स्रष्टा खगेन्द्र संग्रौलाको मन्तव्य ।
बलराम तिमिल्सिनाको Youtube Channel बाट ।
--------------------------------------------------------------------------------------------------
------------------------------------------------------------------------------------
=================================
पारिजात दिदी जीवित भए... - खगेन्द्र संग्रौला
सम्झनामा चैत ३
यसपाला पनि पारिजात दिदीलाई सम्झिने दिन आयो र गयो । घुमिफिरी वर्ष दिनमा आउने हिन्दू पितृलाई सम्झिने श्राद्धजस्तो दिन । यान्त्रिक र निरस, रुढ र आवेगरहित कर्मकाण्डजस्तो दिन । वर्षभरिका त्यतिका दिन पारिजात दिदी मानौँ हाम्रो स्मृतिको अँध्यारो कुनामा कतै विलीन भएकी थिइन् । अहिले सम्झनामा झुलुक्क उदाइन्, र फेरि बिर्सनामा मिलिक्कै बिलाइन् ।
०००
लोक जान्दछ– पारिजात प्रतिरोधी चेतनाको नाम हो । नित्य, अटल सत्यनिष्ठ चेतनाको नाम पारिजात । एक अथक संघर्षशील योद्धाको नाम पारिजात । सरलता र सादगी एवं अभिमान र स्वाभिमानको एक प्रतिमूर्ति पारिजात । पारिजात एक अनवरत अभियानको नाम । र, स्वयंमा एक संस्थाको नाम पारिजात । जीवनको सघन अन्धकारमा पारिजात कहिले पिलपिले जूनकिरी, कहिले मैनबत्तीको शिखा, कहिले झल्झलाकार मशाल । जहाँ विभेद, त्यहाँ पारिजात । जहाँ अन्याय, त्यहाँ पारिजात । जहाँ वञ्चना, त्यहाँ पारिजात । जहाँ प्रताडना, त्यहाँ पारिजात । जहाँ हेलाहोचो र अपमान, जहाँ रोदन र क्रन्दन, जहाँ आक्रोश र प्रतिकार, त्यहाँ पारिजात । पारिजात जनजीवनको संग्रामी मोर्चामा सदैव अगाडि । जनजीवनका जोखिम, खतरा र कष्टका घडीहरूमा सदैव अगाडि पारिजात ।

प्रतिरोधी चेतनाको एकल होइन, एक प्रतिनिधि पात्र हुन् पारिजात । अन्यायी राज्यसत्ताको प्रतिरोध, विभेदकारी पितृसत्ताको प्रतिरोध, रुढ धर्मसत्ताको प्रतिरोधको एक प्रतिनिधि बिम्ब । अन्धविश्वास र जडता, वर्जना र निषेधको प्रतिरोधको एक प्रतीक । पारिजातको सिंगो जीवन प्रतिरोधहरूको शृंखलाको एक रोचक, प्रेरक र दीर्घजीवी कथा ।
०००
गत वर्ष अनेक क्षण र अनेक सन्दर्भमा मलाई पारिजात दिदीको याद आयो । जीवनका कष्टकर उकाली–ओरालीहरूमा साथमा दिदी नहुँदा उनको अभाव मलाई त्यसैत्यसै खट्किरह्यो । र, उनको हस्तक्षेपकारी उपस्थिति र अदम्य साहसको महत्ता मलाई महसुस भइरह्यो । शासन–सत्तामा कम्निस्ट हौँ भन्नेहरू थिए । त्यहाँ तिनको दुईतिहाइको भिड थियो । त्यहाँ तिनको दुईतिहाइको विराट् अहंकार र मैमत्तापन थियो । तल सडकमा आँसुको भल भगेको थियो । त्यहाँ चीत्कार थियो । त्यहाँ आक्रोश थियो । त्यहाँ कोलाहल थियो । उत्पीडित र आहत जनजीवनको त्यो आँसु मानौँ शासकहरूको रुचिकर मदिरा थियो । र, दमितजनको त्यो चीत्कार, मानौँ शासकहरूको प्रिय संगीत थियो ।

कञ्चनपुरमा किशोरी निर्मला व्याधाबाट बलात्कृत भइन् र मारिइन् । निमुखाको बोली र सहारा हुँ भन्ने सरकार हत्याका प्रमाण गुपचुप पार्न डट्यो । नांगा आँखाले प्रस्टै देखिने गरी । नचिनूँ भन्दा पनि सहजै चिनिने गरी । र, सडकमा विरोधको उत्ताल आवाज उठ्यो । आवाजको साथमा म पनि हाजिर थिएँ । मलाई सडकमा सदैव संघर्षशील हात र उमंगमय साथ दिइरहने पारिजात दिदीको याद आयो । तर के लाग्छ, दिदी इहलोकमा थिइनन् । तसर्थ उनी सडकमा उपस्थित हुने कुरै भएन । तर, जो जीवित छन् भनिन्थ्यो, ती पनि गयल परे । वाम एवं कम्निस्ट भनिन रुचाउने एक लट महिला नेतृहरू थिए । पहिले न्यायको संघर्षमा म तिनलाई पारिजात दिदीको वरिपरि झुम्मिएका देख्थेँ । अहिले ती सडकमा लाटलुट्टै गयल परे । विस्मयसाथ सोचेँ– ती जम्मै मरे कि कसो ? न्यास्रो मान्दै आँखा फारेर तिनलाई चारैतिर खोजेँ । त्यहाँ ती कोही थिएनन् । शशी श्रेष्ठ र पम्फा भुसाल त्यहाँ थिएनन् । ओनसरी घर्ती र जयपुरी घर्ती त्यहाँ थिएनन् । अष्टलक्ष्मी शाक्य र रामकुमारी झाँक्री त्यहाँ थिएनन् । उच्च आसनधारी ‘मेरो सरकार’लाई त आसनको कथित गरिमा र मर्यादाले भुइँमान्छे हिँड्ने फोहोर र कष्टमय सडकमा आउन दिएन होला । यी अरूहरूलाई केले छेक्यो ?
सडकको त्यो रिक्ततामा साहित्य यात्राका मेरा पुराना मित्र मोदनाथ प्रश्रित सम्झनामा प्रकट भए । उनै भूतपूर्व कम्निस्ट प्रश्रित, उनै भूतपूर्व भौतिकवादी प्रश्रित । आर्यघाटमा लेखक हिरामणि शर्माको दाहसंस्कार हुँदै थियो । अजङको उदरधारी प्रश्रितले म ख्याउटेलाई घ्याप्प अँगालो मारेर पर एकान्तमा लगे । र, मलाई खुसुक्क ज्ञानदान गरे– संग्रौलाजी, जीवनमा धेरै दुःख गरियो । कति गोता खाइयो, कति प्रताडना झेलियो ! अनि अभाव कति, भोक कति, धपेडी कति, संकष्ट कति ! अब अलि चैनसाथ, थोरैतिनो सुखभोग गर्दै, अलि सुस्त गतिमा लक्ष्यतिर लाग्ने समय आयो । गुरुवचन मैले चुपचाप सुनेँ, मनमा यसो केही गुनेँ र म मौन रहेँ । कम्निस्ट हुँ भन्ने एमाले प्रतिपक्षबाट भर्खरै सत्ताको सुस्वादु भतेरमा भित्रिएको सुखद याम थियो त्यो ।
अहिले दुईतिहाइको शासकीय झुण्डले उनै प्रश्रित गुरुको सुखवादलाई ससम्मान आत्मसात् गरेको छ । कत्रा दुःखले पाएको यो खाने धन्दामा लाल महिला नेतृहरू अपवाद बन्ने कुरै भएन । छाँटले तिनले दुईतिहाइका अधिपति एवं सर्वज्ञ ख्वामित्का चरणमा विवेक र जिब्रो बन्धक राखेका छन् । र, सट्टामा तिनले ख्वामित्को असीम कृपाबाट धन, मान र सान हात लाग्ने सुखकर पद पाएका छन् । तसर्थ पारिजातको जीवन–आदर्शलाई गोली मार ! आ...निर्मला–सिर्मलाको न्यायको आवाजलाई पनि मार गोली ! अब एकबारको जुनीमा अलिकता अमनचैन, अलिकता सुख र अलिकता मस्ती भोग गर्दै बिस्तारै–बिस्तारै मान्यवर प्रश्रित गुरुद्वारा आविष्कृत लक्ष्यतिर...।
०००
चैत ३ आयो र गयो । अहिलेको चैत ३ ले छयालीस सालको चैत ३ लाई तानेर नजिक ल्यायो । र, चैत ३ को स्मृतिले पारिजात दिदीको यादलाई ताजा बनायो । म सम्झन्छु– छयालीस सालको आन्दोलन गतिरोधको अक्करमा अड्किएको थियो । निरंकुश शाही पञ्चायतले अभिव्यक्ति स्वतन्त्रलाई आफ्नो तुच्छ स्वार्थको पिँजरामा कैद गरेको थियो । अभिव्यक्ति स्वतन्त्रतालाई कैदमुक्त गर्न हामी त्रिचन्द्र कलेजमा जुट्यौँ । हामी थियौँ विविध विचार र प्रवृत्तिका थुप्रा लेखक र कलाकारहरू । पाका र नामी कवि–लेखक युद्धप्रसाद र मोहन कोइराला, कृष्णचन्द्र र धु्रवचन्द्र आदि र इत्यादि । ती सबैका माझमा, सर्वाधिक आकर्षणको पात्र थिइन् पारिजात दिदी । शरीरले अशक्त, मनले सशक्त । तागतले निर्बल, विचारले सबल । हामी सबै पक्राउ पर्यौँ, पारिजात दिदी छुटिन् । महिला प्रहरी थिएनन्, पुरुष प्रहरीलाई पारिजात दिदीले आपूmलाई छुन दिइनन् । हामी सबै उता प्रहरी खोरमा चलान भयौँ, यता पारिजात दिदी सरस्वती सदनबाहिर एकल रहिन् । तीन घन्टा धर्ना कस्ने हाम्रो संकल्प थियो । पारिजात दिदीले घाममा टट्टिँदै संकल्प पूरा गरिन् । र, चैत ३ र पारिजात दिदी एकअर्काका पर्यायजस्ता बने । चैत ३ ले पारिजात दिदीलाई सम्झाउने, पारिजात दिदीसँगै चैत ३ को याद आउने ।

अब अलि दिनयताका कुरा । शासनतन्त्रमा लाल हुँ भन्ने श्वेत प्रवृत्तिको रजगज राज चलेको थियो । यो श्वेत प्रवृत्ति थियो, नश्लीय राष्ट्रवाद र निरंकुश फासीवादको संगम । चरम् अहंकारी, क्रुर र असहिष्णु । यो तन्त्रका नायक उत्तर कोरियामुखी थिए । किम जोङ उन थिए उनका आदर्श नायक र किमतन्त्र थियो उनको आदर्श तन्त्र । बस्, किमलाई गुरु थापेर यी रैथाने नायक हाम्रा बोल्ने, लेख्ने र चल्ने हकहरू किस्ता–किस्ता गरी हरण गर्न थाले । यहाँ नउभिऊ, त्यहाँ पाइला नटेक । यसो नभन, त्यसो नलेख । शासकका कुरा नकाट, शासकलाई व्यंग्य नगर । धर्ती र आकाश कब्जा गर्नु शासकको सान हो, यो सानमा बाधा नपार । राज्यकोषको दौलतमा सोख–बिलास गर्नु शासकको हक हो, यो हकमा आँखा नगाड ।

हामी सबै पक्राउ पर्यौँ, पारिजात दिदी छुटिन् । महिला प्रहरी थिएनन्, पुरुष प्रहरीलाई पारिजात दिदीले आफूलाई छुन दिइनन् । हामी सबै उता प्रहरी खोरमा चलान भयौँ, यता पारिजात दिदी सरस्वती सदनबाहिर एकल रहिन् । तीन घन्टा धर्ना कस्ने हाम्रो संकल्प थियो । पारिजात दिदीले घाममा टट्टिँदै संकल्प पूरा गरिन् । र, चैत ३ र पारिजात दिदी एक–अर्काका पर्यायजस्ता बने ।
यो उद्दण्ड परिवेशमा जब पत्रकारले केही लेख्यो, ऊ पक्राउ प¥यो । कविले जब केही रच्यो, ऊ समातियो । एवं रीतले रैथाने किम जोङ उनको राजमा बोली बन्धित भयो, लेखाइ दण्डित भयो, हलचल वर्जित भयो । जब शासनतन्त्रको यो सब ताण्डव सुरु भयो, मलाई पारिजात दिदीको झल्झली याद आयो । र, दिदीसँगै मलाई ती थुप्रै लाल बुद्धिजीवी, कवि र लेखकहरूको याद आयो, जो अभिव्यक्ति स्वतन्त्रताको रक्षार्थ दिदीको वरिपरि झुम्मिन्थे । दुर्भाग्यवश, पारिजात दिदी त इहलोकमा रहिनन्, ती सबै कहाँ अलप भए ? के ती सबै मरे ? घिच्रो उठाएर मैले रैथाने किमतन्त्रतिर हेरेँ । ती सब त्यहाँ देखिए । ती सबै मान्यवर प्रश्रित पथमा प्रवृत्त, सत्ताको नशामा ती सबै झुम्म । ती सबै भक्तिमार्गमा, सबै भोगमार्गमा । लालतत्वरहित लाल शासकका पाउ पुज, प्रभुको कृपा भोग गर । विवेक र जिब्रो ख्वामित्का चरणमा अर्पण गर, पवनपुत्र पथको साधना गर । बस्, मरिजाने जुनीमा सुखभोग गर, आनन्द प्राप्त गर र उपभोगको दीर्घ लालसा तृप्त गर । मानिसको स्वतन्त्र हुने चेष्टामा के छ ? लोकको हित गर्ने यत्नमा के छ ? जे छ, त्यो भक्तिमा छ, दलाली छ, पाउलागीमा छ । जे छ, केही पाउनुमा र केही खानुमा छ । सत्तामा जो छन्, ती भन्न छाड्दैनन्– म कम्निस्ट हुँ । तर, चलाउँछन् खसोखास दलालतन्त्र । पारिजात दिदीको हस्तक्षेपकारी आदर्शलाई परित्याग गरी यही दलालतन्त्रको वेदीमा राजीखुसीले अत्मविक्रय गर्ने कवि, लेखक र बुद्धिजीवीहरूलाई मेरो कोटीकोटी नमस्कार !
०००
कमलादी डबलीमा एउटा ढ्याके भवन छ । पहिले त्यो शाही प्रज्ञा प्रतिष्ठान थियो, पछि त्यसलाई नेपाल प्रज्ञा प्रतिष्ठान भनियो । त्यसको नाम जे राखे पनि शाही संस्कारको प्रेतले लोकलाई तर्साउन छाडेन । आयो कुरा फेरि उही चैत ३ को । अभिव्यक्ति स्वतन्त्रताको धर्ना यही प्रतिष्ठानको डबलीमा गर्ने हाम्रो दाउ थियो । तर, शासकका असली गोटीले गर्न दिएनन् । उबेला कुलपति राजा थिए क्यार, उपकुलपति थिए श्री माधवप्रसाद घिमिरे । घिमिरे सर प्रज्ञाको मूलद्वारमा ताल्चा ठोकेर लयदार भाकामा सिलोक भन्दै घरबिदामा बसे । जनमुखी सुलसुलेले हामीलाई सुनायो– परिसरभित्र हामीलाई कुट्न मण्डलेहरू तैनाथ गरिएका रहेछन् । सुन्दै जाँदा यो पनि सुनियो– सिनेकर्मी श्रीमान् अशोक शर्मा बाहुबली मन्डलेहरूको कमान्ड सम्हालेर मोर्चामा डटेका छन् । तथ्य जेसुकै होस्, हामीलाई डबलीमा धर्ना बस्न निषेध गरियो । अपमानकारी त्यो प्रहारको चोट पारिजात दिदीका इखालु चित्तमा गडेर बसेछ क्यार, पछि दिदीकै कमान्डमा प्रज्ञा प्रतिष्ठान सुधार अभियान सुरु भयो ।

नवोदित संसदीय सत्तामा अन्तरिम मन्त्रिमण्डल थियो । प्रधानमन्त्री थिए मान्यवर कृष्णप्रसाद भट्टराई । स्वायत्त प्रज्ञा प्रतिष्ठानको दाबी गर्दै हाम्रो टोलीको लस्कर सिंहदरबार पुग्यो । रसिक कृष्णप्रसाद भट्टराईका कुरा मीठा, काम शून्य । विनयशील भट्टराईले पारिजात दिदीसँग बडो सम्मानपूर्ण व्यवहार गरे । र, उच्च दर्जाको पान चपाउँदै रसमय स्वरमा भने– ल, अब प्रज्ञा प्रतिष्ठान स्वायत्त हुन्छ । तपाईंहरू ढुक्क भएर जानोस् । हामी ढुक्क भएर फक्र्यौं, भट्टराईजीको वाचा बोल्दाबोल्दै विस्मृत भयो ।
पोहोर गणतन्त्रको सत्तामा जब दुईतिहाइको उदय भयो, मेरो मनमा रमरम आशा पलायो । अब भने प्रज्ञा प्रतिष्ठान स्वायत्त हुन्छ । र, आफू लाल हुँ भन्ने शासकका बाहुलीबाट लाल पारिजात दिदीको सपना साकार हुन्छ । तर, भयो ठीक उल्टो, विकृत र विद्रूप । लोकलाई कमलादीमा अंगुर फल्ला भन्ने आशा थियो, दुईतिहाइको दम्भी वृक्षमा त विष पो फल्यो ! प्रज्ञा प्रतिष्ठान स्वायत्त के हुन्थ्यो, यो त अश्वशालामा पो परिणत भयो । कथित प्रतिष्ठानमा सत्ताका अनुचर र भाट टाइपका ‘कमरेडहरू’ भर्ती भए । ख्वामितले भनेको खुरुखुरु मान्ने, निजहजुरले दिएको कुपुकुपु खाने । अनेक रङका, अनेक आकारका अश्वहरू ! कुनै ग्याँचे टट्टु, कुनै भयंकर अरबी अश्व । हजुर–हामीलाई थाहा छ– अश्वको चारित्रिक विशेषता स्वामिभक्ति हो, बफादारी हो, आज्ञाकारिता हो । हस्तक्षेप र अवज्ञा होइन । विमति र विरोध होइन । विवाद र प्रतिकार होइन । हेर्दाहेर्दै हिजोको आजै दुईतिहाइको ‘कम्निस्ट’ शासन कुशासन, भ्रष्टचार र बिलासको पर्याय बनेको छ । न्यायका चीत्कारयत्रतत्र उपेक्षित छन् । समानता र प्रतिष्ठाका आकांक्षा सर्वत्र दमित छन् । सडकमा आँसुको भेल बगेको छ, सञ्चारमा दुईतिहाइको आतंक व्याप्त छ । यस्तोमा ‘प्रज्ञा’का अगस्ती अश्वहरू अवाक् छन्, प्रतिक्रियाविहीन छन्, निस्तेज छन्, मृतवत् छन् । तिनका ओठमा सत्ताको मह लेपन गरिएको छ । र, नै तिनको मुखबाट मौन ध्वनिमा मधुर वाणी झङ्कृत हुन्छ । अहा, दुईतिहाइको यो सुशासन, यो न्याय र अमनचैन ! एहे दुईतिहाइको समृद्धि र सुखको यो क्या वितरण ! अहो, समाजवादतर्फको यो गरिमामय यात्रा !
वितृष्णाको मुद्रामा म गम खान्छु– पारिजात दिदी जीवित भए उनलाई जीवनको यो हदै कुरूप नाटक कस्तो लाग्दो हो ? यो अश्वशाला, यी अश्वहरू, यी मालिक, यिनको यो शासनतन्त्र, सडकको यो अश्रु–प्रवाह र चीत्कार, सञ्चारमाथिको यो अतिक्रमण र कोलाहल, यी ससाना गोयबल्सहरू, यी मसिना , जीवनका यी नानाओली बेथितिहरू र यो अनपेक्षित विद्रूप यथार्थ...!
www.jhannaya.nayapatrikadaily.com बाट साभार
No comments:
Post a Comment