पारिजात सृजन सम्मान–२०६९
पारिजात सङ्घर्षशील नारी सम्मान–२०६९
पारिजात कला सम्मान–२०६९
पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार–२०६९
पारिजात बालसाहित्य पाण्डुलिपि सम्मान–२०६९
संयोजन
मातृका पोखरेल
पारिजात स्मृति केन्द्र
विषय–सूची
पारिजातको सङ्क्षिप्त परिचय
बरिष्ठ माक्र्सवादी सौन्दर्य चिन्तक चैतन्य (क.मोहन बैध्य “किरण”) को परिचय
बरिष्ठ महिला नेतृ सहाना प्रधान को परिचय
कलाकार नारदमणि हार्तम्छालीको परिचय
बालसाहित्यकार बिजयराज आचार्य को परिचय
पारिजात बालसाहित्य पाण्डुलिपि सम्मान –२०६९ बाट सम्मानित हुने स्रष्टाहरुको संक्षिप्त परिचय
पारिजात स्मृति केन्द्र्रका उद्देश्यहरु
पारिजात सृजन सम्मान प्राप्त गर्ने स्रष्टाहरु
पारिजात सङ्घर्षशील नारी सम्मान पाउने नारीहरु
पारिजात कला सम्मान प्राप्त गर्ने कलाकारहरु
पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार प्राप्त गर्ने स्रष्टाहरु
पारिजात सम्मान प्राप्त गर्ने संघसंस्था एबं स्रष्टाहरु
पारिजातको सङ्क्षिप्त परिचय
१९९४ साल बैशाख महिनाको एक दिन डाक्टर के.एस.वाइबा र उहाँकी दोस्री पत्नी अमृत मोक्तानको घरमा एक बालिकाले जन्म लिइन् । ती बालिकाको नाम विष्णुकुमारी वाइबा राखियो । उनको बाल्यकाल अन्य बालबालिकासरह बिते पनि उनको स्वभावमा भने अरुभन्दा केही फरक देखाप¥यो । उनी अलिक गम्भीर, निडर, चिन्तनशील र अन्तर्मुखी थिइन् । उनको स्वास्थ्य सानैदेखि राम्रो थिएन । १३ वर्षको कलिलै उमेरदेखि हाडजोर्नी ९च्जभगmबतयष्म ब्चतजचष्तष्क० को रोगले समात्यो । यो रोग नै उनको जीवनपर्यन्त रह्यो ।
पारिजातको जीवनलाई पहिलो पटक झक्झक्याई दिने घटना थियो– आप्mनै दाजु शिवको दर्दनाक मृत्यु । पोखरीमा डुबेको मान्छेलाई बचाउन जाँदा २०१० सालमा उनको मृत्यु भएको थियो । यो घटनाले पारिजातको संवेदनशील मनलाई मात्र हल्लाएन कि सम्पूर्ण परिवारलाई नै झक्झक्यायो । ठाउँ परिवर्तन गर्दा अलिकति भएपनि सान्त्वना मिल्छ कि भनेर पारिजातका बाबु डाक्टर के.एस.वाइबा २०१० सालमा काठमाडौँ आइपुगे । त्यसबेला पारिजातको उमेर १७ वर्षको थियो । त्यही साल पद्मकन्या विद्याश्रम डिल्लीबजारबाट उहाँले एस.एल.सी. परीक्षा उत्तीर्ण गर्नुभयो । उहाँले पद्मकन्या क्याम्पसबाट २०१३ सालमा आई.ए र २०१५ सालमा बी.ए.उतीर्ण गर्नुभयो । एम.ए.मा अङ्ग्रेजी विषय लिएर अध्ययन आरम्भ त भयो तर रोगका कारण परीक्षा दिन भने सक्नुभएन र यहीँ आएर पढाइको सिलसिला टुट्यो । विश्वविद्याालयबाट प्रमाणपत्र प्राप्त गर्ने अध्ययनको सिलसिला टुटे पनि पारिजातको भावुक मनले नेपाली साहित्यको अध्ययनको सिलसिला जोडिसकेको थियो ।
२०१३ सालमा ‘धरती‘ नामक पत्रिकामा दुई वटा कविता प्रकाशित गरी नेपाली साहित्यको सेवामा आफूलाई समर्पित गर्ने अठोटको अभिव्यक्ति पारिजातबाट भइसकेको थियो । २०१४ सालमा त्यसताका युवा कविहरुद्वारा स्थापित ‘रोदीघर’ नामक साहित्यिक यात्रामा उहाँको प्रवेश भयो । २०१४ सालमै पहिलो पुस्तकको रूपमा ‘आकाङ्क्षा’ कवितासङ्ग्रह प्रकाशित भयो । घरको अवस्था अत्यन्त दयनीय भएकाले जीवन धान्न २०१६ सालदेखि २०१८ सालसम्म मदन मेमोरियल स्कुल पाटनमा शिक्षिकाको जागिर खानुप¥यो । यो जागिर खाँदाखाँदै रोगले निकै च्यापेर ल्याइसकेको थियो । हावापानी बदल्दा केही बिसेक होला कि भन्ने आशामा २०१८ सालमा स्कुलको जागिर छाडी काठमाडौं प्रवेश गरेको ७ वर्षपछि पारिजात पहिलोपल्ट एक महिनाका लागि दार्जिलिङ फर्किनुभयो । तर रोग झन्झन् बढ्दै गएपछि २०२१ सालदेखि ओछ्यानमै पर्नुभयो । जुनबेला उहाँ ओछ्यानमा पर्नुभयो त्यसबेला उहाँको उमेर २७ वर्षको मात्र थियो । त्यो बेलादेखि पारिजात जीवनभर ओछ्यानको ओछ्यानमै रहनुभयो ।
नेपाली साहित्यको आकाशमा २०१३ सालदेखि कविताको माध्यमबाट आप्mनो चिनारी सुरु गरेको भए तापनि गद्यलेखन प्रयासमा पनि निरन्तर लागिरहेको कुरा उहाँका पाँच वटा उपन्यास ‘सङ्घर्ष’, ‘वर–पीपल’, ‘मानव’, ‘अन्तर्यामी’ र ‘शारदा’ चित्त बुझ्दो नभएका कारण जलाइदिएको कुराले स्पष्ट हुन्छ । यो लेखाइको समय थियो २०१८ देखि २०२१ सालसम्म । उहाँले यी सबै जलाएपछि अर्को उपन्यासले तत्कालीन नेपाली साहित्याकाशमा ठूलो हलचल ल्याइदियो । ‘सिरीषको फूल’ले २०२२ सालको मदन पुरस्कार प्राप्त ग¥यो । लामाले राखिदिएको ‘छेकुडोल्मा’ र न्वारनमा राखिएको नाम ‘विष्णुकुमारी वाइबा’ सधैँ ओझेलमा परिदियो । नेपाली आकाशमा ‘पारिजात’ नाम चम्कन थाल्यो ।
२०२३ सालमा तत्कालीन राजनीतिक व्यवस्थाका विरुद्ध केही सङ्गीतकार र लेखक कविहरुले आफ्नै प्रकारको विद्रोहको स्वर उचाल्न एउटा समूहको निर्माण गरे । त्यो समूहको नाम थियो ‘राल्फा’ । राल्फा समूहको केन्द्रविन्दुका रूपमा पारिजात हुनुहुन्थ्यो । यो समूहले आप्mनो विद्रोहको स्वर देश–विदेशमा जहाँजहाँ उराल्दै हिँड्यो त्यहाँ–त्यहाँ पारिजात पनि आफ्नोे अशक्त शरीर लिएर पनि पुग्नुभयो । पछि यही राल्फाली यात्रा नै नयाँ जनवादी संस्कृति र प्रगतिशील लेखनफाँटमा महत्वपूर्ण कोसेढुङ्गा सावित हुनपुग्यो ।
पारिजातको स्वास्थ्य झन्झन् खराब हुँदै गयो । हाड–जोर्नीको रोग त छँदै थियो त्यसमाथि पनि क्षयरोग, अल्सर र दम पनि थपिएर बाँच्न मुस्किल पर्न थाल्यो । यी रोगहरुबाट मुक्ति पाउन उहाँ २०२६, २०२९, २०३० र २०३१ सालमा पटक–पटक गरी भारतमा उपचारार्थ जानुभएको थियो । स्वास्थ्यमा कुनै सुधार नहुने स्पष्ट भएपछि उहाँले आफ्नोे मनलाई सम्हाल्नु भयो र आफूलाई साहित्यबाट मात्र नभई वैचारिक रूपले पनि देश र जनताका निम्ति समर्पित गर्ने अठोट लिएर २०३४ सालमा नेपाल कम्युनिष्ट पार्टी चौथो महाधिवेशनको सदस्यता लिनुभयो । उहाँ शारीरिक पीडाको कुनै वास्ता नगरी महिला मुक्तिको कार्यमा सक्रिय हुनुका साथै अखिल नेपाल महिला सङ्घको अध्यक्ष बन्दै भूमिगत कार्यमा सक्रिय रहनुभयो । पारिजात २०३५÷२०३६ सालको आन्दोलनमा ज्यादै सक्रिय रहनुभएको थियो । २०३६ सालमा प्रगतिशील लेखक कलाकार सङ्घको स्थापनाका लागि पनि उहाँको सक्रिय भूमिका रह्यो ।
गीत सङ्गीतमा पारिजातको गम्भीर रुचि थियो । वेदना सांस्कृतिक समूहसँगै र पछि इन्द्रेणी सांस्कृतिक समाज इसाससँगै पटक–पटक गरी भारतका विभिन्न प्रान्तहरु लगायत स्वदेश र विदेशमा उहाँले भ्रमण गर्नुभएको थियो । उहाँ इन्द्रेणी सांस्कृतिक समाज (इसास)को मानार्थ अध्यक्ष समेत हुनुहुन्थ्यो ।
पारिजात २०४६ सालको जनआन्दोलनमा ज्यानको कुनै पर्वाह नगरी सडकमा ओर्लनुभयो । विभिन्न क्रियाकलापहरुद्वारा जनआन्दोलनलाई सफल पार्न क्रियाशील रहनुभयो । २०४६ साल चैत्र ३ गतेको लेखक तथा कवि कलाकारको ऐतिहासिक विरोध प्रदर्शनमा पारिजात सबभन्दा अघिल्लो पङ्तिमा बसेर कालोपट्टी बाँधी विरोध प्रदर्शन गर्ने कार्यलाई सफल पार्न सहभागी हुनुभएको थियो । प्रजातन्त्रको पुनर्वहालीपछि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानलाई प्रजातन्त्रिकरण गर्नुपर्दछ भन्ने माग राखी सङ्घर्षमा ओर्लेको ‘प्राज्ञिक सङ्घर्ष समिति’को संयोजक हुनुहुन्थ्यो । उहाँले प्राज्ञहरुको माग पूरा गराउन पर्याप्त प्रयास गर्नुभयो ।
पारिजात विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङघ–संस्थासँग पनि संलग्न हुनुहुन्थ्यो । उहाँ नेपाल मानवअधिकार सङ्गठनको उपाध्यक्ष, अखिल नेपाल महिला मञ्चको संस्थापक अध्यक्ष, बन्दी सहायता नियोगको संस्थापक अध्यक्ष तथा त्रि.वि.सभाको सदस्य हुनुहुन्थ्यो । अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरुमा इगत च्ष्नजत क्ष्लतभचलबतष्यलब,ि ँझष्लष्कत ब्ककयअष्बतष्यल, क्यअष्भतथ ायच ध्यmभल न्भयनचबउजभच, ब्mलभकतथ क्ष्लतभचलबतष्यलबि आदिसँग सम्बन्धित हुनुहुन्थ्यो ।
पारिजातले मदन पुरस्कार, गङ्की पुरस्कार र पाण्डुलिपि पुरस्कार पाउनुभएको छ । उहाँलाई ‘जनमत’ र ‘नेपाल तामाङ घेदुङ सङ्घ’द्वारा अभिनन्दन गरिएको छ । पारिजातद्वारा लिखित पुस्तक ‘शिरीषको फूल’को अङ्ग्रेजी अनुवाद द्यगिभ ःष्mयकब लाई अमेरिकाको मेरिल्याण्ड युनिभरसिटीको पाठ्यक्रममा पनि राखियो । उहाँलाई मनपर्ने रङ्ग हरियो, मनपर्ने ऋतु वर्षा, मनपर्ने फूल गुराँस र मनपर्ने खाना छोइला, मम, सुख्खा रोटी, काभ्रो, चिण्डो, टमाटर र कोइरालो थियो ।
पारिजातको निधन २०५० साल वैशाख ५ गते बिहान ४ बजे लामो समयदेखिको पुरानो व्यथाले वीर अस्पतालको विशेष उपचार कक्षमा भयो ।
पारिजात सिर्जनशील सम्मान २०६९ द्वारा सम्मानित बरिष्ठ माक्र्सवादी सौन्दर्य चिन्तक चैतन्य (क.मोहन बैध्य “किरण”) को परिचय

मोहन वैद्य नेपाली साहित्य, राजनीति, दर्शन, सौन्दर्य–चिन्तन आदिको क्षेत्रमा एउटा प्रतिष्ठित नाम हो । चैतन्य, अगम, किरण जस्ता उपनामले परिचित उहाँको जन्म २००३ साल साउन १५ गते नेपालको पश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने पहाडी जिल्ला प्यूठानको खैरा गाविसको कुसुमारूख भन्ने गाउँमा भएको हो । बुबा शशिधर र आमा जानुकाका सुपुत्र मोहन वैद्यको विवाह सुष्मा आचार्यका साथ २०३१ साल असोजमा जनवादी शैलीमा पार्टी पद्धतिअनुरूप भएको हो । उहाँका तीन छोरीहरू छन् । २०१६ सालमा बिजौरी दाङको संस्कृत पाठशालामा प्रथमा कक्षामा प्रवेश गरी नव्य न्यायदर्शनमा शास्त्री उत्तीर्ण वैद्यले २०२८ मा त्रिविबाट नेपालीमा स्नातकोत्तरसम्मको शिक्षा पूरा गर्नु भयो । दर्शन, राजनीति र सौन्दर्य चिन्तनका तीनै क्षेत्रमा उत्तिकै राष्ट्रिय ख्यातिप्राप्त क. किरण वर्तमानमा प्रभावशाली धेरै नेताका राजनीतिक गुरु मानिनु हुन्छ ।
उहाँको व्यक्तित्वको पाटो बहुआयामिक छ । अध्ययनसँगै अध्यापनमा लाग्नुभएका उहाँ शिक्षक व्यक्तित्वबाट राजनीतिक व्यक्तित्वमा रूपान्तर हुनु भयो । त्यस्तै, स्रष्टा व्यक्तित्व, समालोचक व्यक्तित्व, सौन्दर्यचिन्तक, दार्शनिक व्यक्तित्व, राजनीतिक र साङ्गठनिक व्यक्तित्वमा यतिखेर उहाँ धुरीमा हुनुहुन्छ । उहाँको राजनीति र साहित्य दुबैमा समान योगदान रहे पनि मूलतः राजनीतिक व्यक्तित्व नै प्रखर बन्न पुगेको आभाष हुन्छ । २०२१ सालदेखि कम्युनिस्ट आन्दोलनमा प्रवेश गरी संगठनमा आबद्ध हुँदै आइरहनु भएका वैद्य २०२९ सालमा प्यूठानको जिल्ला सेक्रेटरी, केन्द्रीय न्यूक्लियसको पश्चिमाञ्चल क्षेत्रीय समिति सदस्य, २०३१ मा नेकपा (चौ.म.) को केन्द्रीय सदस्य हुँदै २०४१ सालमा नेकपा (मशाल) को महामन्त्री बन्नु भयो भने २०४८ सालमा ५ पार्टी एकीकृत भई बनेको पार्टी, एकता केन्द्रको पोलिटब्यूरो सदस्य तथा २०५२ मा नेकपा (माओवादी) का स्थायी समिति सदस्य एवम् २०६७ मा एनेकपा (माओवादी) का उपाध्यक्ष र हाल उहाँकै शब्दमा ‘नवसंशोधनवादसँग सम्बन्धविच्छेद गरी बनेको’ नेकपा–माओवादीका अध्यक्ष हुनुहुन्छ । कम्युनिस्ट आन्दोलनको अग्रगामी धारमा निरन्तर आबद्ध रहेर नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने उद्देश्यका साथ क्रान्तिकारी धारको सदैव पक्षधरता लिँदै र नेतृत्व गर्दै वैद्यले कम्युनिस्ट आन्दोलनको संशोधनवादी धारविरुद्ध सशक्त र प्रखर वैचारिक प्रतिरोध गर्दै आउनु भएको छ । राजनीतिमा यतिखेर क्रान्तिकारी कम्युनिस्ट धारको नेतृत्व र माओवादको आलोकमा देश र जनताको मुक्तिको बाटो पहिल्याउन सक्षम राजनीतिक नेताका रूपमा उहाँ एक सम्मानित, इमानदार, समर्पित र प्रतिबद्ध राजनीतिज्ञ हनुहुन्छ । सरल तर विचारमा दृढ, नैतिक राजनीतिक मापदण्डका अनुयायी तथा अविचलित निष्ठावान्, सर्वहारावर्गप्रति प्रतिबद्ध नेताका रूपमा यतिखेर वैद्य राष्ट्रिय स्वाधीनता र स्वाभिमानको चेतनालाई कम्युनिस्ट चेतनासँग गाँसेरमात्र देश र जनताको मुक्ति सम्भव ठान्नु हुन्छ । राष्ट्रियता धर्मराइरहेको, दलाली र दासता मौलाइरहेको, वैदेशिक हस्तक्षेप र अतिक्रमणको पीडामा देश आहत भइरहेको वर्तमानमा उहाँ राष्ट्रियता र जनवादलाई अलग गरेर हेर्न नसकिने विचार राख्नुहुन्छ । देशभक्त, प्रगतिशील, जनतान्त्रिक शक्तिको मोर्चाबद्ध प्रयासले मात्र वर्गमुक्ति र राष्ट्रियता संरक्षण–सम्बद्र्धन सम्भव छ भन्ने विचार यतिखेरको उहाँको नयाँ विचार हो, जसले राष्ट्रघात, देशद्रोह, दलाली र दासताका विरुद्ध सशक्त प्रतिरोधको माग गर्दछ ।
राजनीतिक वैचारिक यात्रामा निष्ठा, आदर्श, मूल्य, नैतिकता र इमानदारी आफ्नो चरित्रका रूपमा परिचय दिइरहनु भएका वैद्यले यही आदर्श र मूल्यका निम्ति धेरै जेलनेल र यातनाका मोडहरू पार गर्नुभएको छ । सो क्रममा २०२५ मा दाङमा, २०२७ मा प्यूठानमा, २०२९ मा सल्यान र दाङमा कष्टकर जेलजीवन व्यतीत गर्नुभएको थियो भने २०६० देखि ०६३ सम्म भारतमा जेलजीवन पार गर्दा उहाँले करिब ६ वर्ष कारागारमा बिताउनु भएको छ । २०५२ सालदेखि नेपालमा सञ्चालित वर्गमुक्तिको सर्वाेच्च सङ्घर्ष र बलिदानको यात्रा–जनयुद्धमा उहाँको जीवन कष्टकर भूमिगत जीवनको रूपमा पनि व्यतीत भएको छ ।
राजनीतिमा जस्तै साहित्यमा पनि उहाँको सङ्घर्षमय यात्रा जारी छ । वरिपरिको सामन्तवादी समाज र निरङ्कुश सत्ताको उत्पीडन, पूँजीवादी, सामन्ती, जमिन्दारी प्रथा र मुखिया वर्गको गरिब वर्गमाथिको शोषणका दर्दनाक सामाजिक परिवेशबाट आहत भएर गुरु, साथी, साहित्यिक कृति र साहित्यकारहरूका जीवनबाट उत्प्रेरित भई, प्रभावित र आकर्षित भई वैद्य माक्र्स–एङ्गेल्स–माओका दार्शनिक–राजनीतिक–सैद्धान्तिक कृतिको अध्ययन गर्दै राजनीतिमा लाग्नु भए पनि साहित्यमा लाग्ने प्रेरणा देवकोटा, रिमाल, गोर्की, आन्तोन चेखब आदिबाट प्राप्त गर्नु भयो ।
देश र जनताको सेवा, मुक्ति र समृद्धिलाई आफ्नो मूल जीवनलक्ष्य मानेर समर्पित, प्रतिबद्ध र प्रतीज्ञ हुँदै वैद्यले सिङ्गो जीवन राजनीतिमा होम्नुका साथै आफ्नो परिवार र ससुरालीलाई समेत राजनीतिमा सामेल गर्नुभएको छ भने साहित्य÷सौन्दर्यचिन्तनका क्षेत्रमा पनि उहाँले धेरै गुन नेपालीलाई लगाउनु भएको छ । बनारसबाट मात्र प्रगतिशील पत्रिका प्रकाशनको परिवेश प्राप्त पञ्चायती शासनकालमा किरणले पनि बनारसबाटै प्रकाशित हुने सुमन–साहित्यिक पत्रिकामा २०१९ तिर पहिलो रचना प्रकाशन गर्ने अवसर प्राप्त गर्नु भयो । समस्यापूर्तिमा आधारित ४ हरफे कविताको यो प्रकाशनबाट सुरु भएको उहाँको साहित्यिक जीवन सिर्जना, चिन्तन, समीक्षा र विश्लेषणका धाराहरूमा विकसित हुँदै चुलीतिर अग्रसर भइरहेको छ । साधना, खोज, समर्पण, आधिकारिक धारणा, सौन्दर्यको प्रस्थापना निर्माण र व्यावहारिक समालोचना लेखन समेतका विविध पाटामा साहित्यिक कार्य र गतिविधि गर्दै आउनु भएका किरण साहित्यमा चैतन्यका नामले परिचित हुनुहुन्छ । उहाँका साहित्यिक, राजनीतिक, दार्शनिक र सौन्दर्यशास्त्रीय कृतिहरूमध्ये सिर्जनामा ‘लाहुरेको रहर’ (खण्डकाव्य), दर्शनमा ‘सङ्घर्षको दर्शन’ ‘माक्र्सवादी दर्शन’ तथा ‘क्रान्ति र सिद्धान्त’, संस्कृतिमा ‘माक्र्सवाद र संस्कृति’ एवम् ‘नेपाली समाज र संस्कृति’, सौन्दर्यशास्त्रमा ‘क्रान्ति र सौन्दर्य’, ‘समीक्षा र सौन्दर्य’, ‘माक्र्सवादी कला दृष्टि र समीक्षा’ उल्लेख्य छन् । यीबाहेक अनेक पत्रपत्रिकाहरूमा फूटकर लेख, रचना, अन्तर्वार्ताहरु दर्जनौँ छरिएर रहेका छन् । हाल साझा प्रकाशनले ‘सौन्दर्य चिन्तन’ सम्बन्धी अर्को कृति प्रकाशन गर्दै छ । यसबाहेक ‘साहित्य कला र सौन्दर्यचिन्तन’ (प्रचण्डका रचना) ‘माओवादी’, ‘मशाल’ (पत्रिका) र अन्य जनयुद्धबारको रचनाहरूको सम्पादन पनि गर्नु भएको छ । उहाँको सम्पादनमा प्रकाशित सामग्रीहरू सन्दर्भग्रन्थका रूपमा परिचित छन् ।
यसरी साहित्यको सेवामा समर्पित चैतन्यलाई केही संस्थाहरूले पुरस्कृत र सम्मान पनि गरेका छन् । कृष्णमणि साहित्य पुरस्कार–२०५५, गोकुल साहित्य पुरस्कार–२०६४ र प्रलेस सम्मान–२०६९ तथा कतिपय स्थानीय संस्थाहरूद्वारा गरिएका सम्मानहरू उहाँको साहित्यिक क्षेत्रमा दिएका योगदानका परिणाम हुन् । सम्भवतः चैतन्यले दिएका यिनै विविध क्षेत्रका योगदानलाई नजर गर्दै ‘पारिजात सृजन पुरस्कार–२०६९’ प्रदान गर्ने निर्णय पनि भएको छ । कृष्ण सेन इच्छुक सांस्कृतिक प्रतिष्ठानका पूर्व अध्यक्षसमेत रही साहित्य, संस्कृति, कला, सौन्दर्यका क्षेत्रमा संस्थागत योगदान उहाँको एउटा गहिरो जीवनकार्य हो ।
‘मान्छेको जीवन भनेको भौतिक र आत्मिक तत्वको संश्लेषण हो । ज्ञान, इच्छा र अनुभूतिको समग्रता हो जीवन । जीवन सङ्घर्षमय छ । जीवनलाई सुख–दुःख, हाँसो–आँसु, प्रेम–घृणा, आशा–निराशा, आनन्द–आतङ्कको द्वन्द्वात्मक एकत्वको रूपमा ग्रहण गर्नु उपयुक्त हुन्छ ।
जीवन बाँच्नका लागि मात्र होइन, बाँचेर केही गर्नका लागि हो । मान्छे साँच्चै मान्छे भएर बाँच्नका लागि उदात्त आदर्शको आवश्यकता पर्दछ । र, त्यो आदर्शप्राप्तिका खातिर निरन्तर कर्ममा लाग्न जरुरी छ । निजी हित र स्वार्थमा लिप्त जीवन वास्तविक जीवन होइन । जीवनको सार्थकता सामूहिक हित, देश र जनताको सेवाका निम्ति गरिने सङ्घर्षसँग अभिन्न रूपमा जोडिएको छ । आजको युगमा समाजवाद र साम्यवादको महान् आदर्शप्राप्तिका लागि गरिने त्याग, वीरता र बलिदानको भावनाले जीवनलाई सार्थक र उच्चतर बनाउन सक्छ । मैले आफ्नो जीवन नयाँ जनवाद समाजवाद र साम्यवादका निम्ति हवन् गर्दै आएको छु । र, म आजीवन यस दिशामा समर्पित भइरहन चाहन्छु ।’ चैतन्यका यी शब्दहरू जीवनदर्शनसम्बन्धी गहन विचारहरू हुन् ।
‘साहित्य भनेको भाषामार्फत विचार र भावलाई बिम्बका रूपमा अभिव्यक्त गर्नु हो । अर्काे शब्दमा भन्नुपर्दा शब्दको माध्यमद्वारा यथार्थको कलात्मक प्रतिबिम्बन गर्नु नै साहित्य हो । साहित्यमा मूलतः चार तत्वहरूको आवश्यकता पर्दछ –भाषा, भाव, विचार र रुपविधान । साहित्यको स्वरूप सामाजिक हुन्छ । साहित्यमा एकातिर यथार्थको कलात्मक प्रतिबिम्बन गरिएको हुन्छ र अर्कोतिर पाठकहरूलाई शब्दार्थमार्फत सौन्दर्यको रसपान गराउने सामथ्र्य रहेको हुन्छ । साहित्य र राजनीति, साहित्य र राष्ट्रियता, साहित्य र समाज, साहित्य र देश, साहित्य र सत्य अविभाज्य छन् । कुनै खास अवस्थामा ती एकअर्कामा बदलिन सक्छन् ।’ भन्ने साहित्यसम्बन्धी मान्यता राख्ने चैतन्यले साहित्यले सर्वहारावर्गको सेवा, पक्षधरता, सर्वहाराको दृष्टिक्षितिज निर्माणको भूमिका खेल्ने कुरालाई जोड दिएका छन् । साहित्यको वर्ग हुन्छ र साहित्यकारले कुनै न कुनै वर्गको पक्ष लिन्छ । सही कुरा उत्पीडित, शोषित, दमित वर्गको पक्षमा उभिनु हो भन्ने धारणा चैतन्यको रहेको कुरा उनका बारेमा लेखिएका ‘मोहन वैद्यको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन’, ‘समालोचक चैतन्य र उनका समालोचनाहरूको अध्ययन’ नामक स्नातकोत्तर शोधग्रन्धहरूको अध्ययनबाट स्पष्ट हुन्छ । साहित्यमा जीवनका स्पन्दन हुन्छन् । वस्तुगत संसार प्रकट भएको हुन्छ । सुन्दर आदर्शहरूको परिकल्पना गरिन्छ । विद्यमानताभन्दा अघि बढ्ने सपना हुन्छन् । सङ्घर्षमय यात्रा र त्यसमा भैपरी आउने ‘स’ र ‘न’ का उहापोह हुन्छन् । सधैँ एउटा अग्रगामी र प्रगतिशील सन्देश हुन्छ । यसैले साहित्य र स्रष्टाले समाजमा सम्मानित स्थान पनि प्राप्त गर्छन् । तर, चैतन्यले राजनीतिक नेतृत्वबाट साहित्यिक व्यक्तित्व निर्माण गर्नुभएको छ । राजनीतिलाई साहित्यमा रूपान्तरणको भिन्न प्रक्रिया उहाँको वैशिष्ठ्य हो । यसै अर्थमा पारिजात सृजन पुरस्कारले उहाँलाई विभूषित गरिएको छ ।
सर्वहारावर्गको मुक्तिको अभियानलाई क्रान्तिकारी आदर्श, भावका निरन्तर निष्ठा र समर्पणसहित नेतृत्व प्रदान गर्नु र राजनीतिक चरित्रमा आदर्श रूपमा स्थापित भइरहनु उहाँको राजनीतिक योगदान हो भने स्रष्टा, समालोचक, चिन्तक, सौन्दर्यशास्त्री, दार्शनिक, सम्पादकका रूपमा समाजवादी यथार्थवादको सौन्दर्यधारालाई नेपाली सन्दर्भमा सजीवता प्रदान गर्नु उहाँको साहित्यिक योगदान हो । यसले उहाँलाई सम्मान गर्नुको सारभूत औचित्य प्रमाणित गर्दछ । जो उनका कृतिहरूले पनि पुष्टि गर्दछन् । नेपाली साहित्यलाई श्रीवृद्धि र समृद्धि प्रदान गर्न उहाँले खेलेको भूमिका उत्कृष्ट छ ।
चैतन्य साहित्य र राजनीति दुबैमा प्रखर स्रष्टा हुनुहुन्छ । उहाँको लेखनयात्रा आज पनि उत्तिकै ऊर्जाशील, ज्यूँदो र गतिशील छ, निरन्तर छ । त्यसकारण उहाँ एक वर्गसाक्ष्य व्यक्तित्व हुनुहुन्छ ।
प्रस्तुतिः– ईश्वरचन्द्र ज्ञवाली
पारिजात सङ्घर्षशील नारी सम्मान – २०६९ बाट सम्मानित बरिष्ठ महिला नेतृ सहाना प्रधानको परिचय
सहाना प्रधानको जन्म बि सं १९८४ साल असार २७ गते काठमाडौंको असनमा भएको थियो । उहाँ माता रम्भादेबी र पिता शंकरलाल प्रधानको तेश्रो सन्तान हुनुहुन्छ । बि सं २००४ सालको काठमाडौंमा भएको राणा शासन बिरुध्द भएको राजनैतिक आन्दोलनको क्रममा जुलुशमा सहभागी भइ गिरफ्तार हुनुभयो । यो उहाँको राजनैतिक यात्राको पहिलो थालनी थियो । कम्युनिष्ट पार्टीको स्थापना भएपछि बि सं २००७ सालमा पार्टीको सदस्यता लिनु भइ राजनैतिक संलग्नतालाइ संस्थागत गर्नुृ भयो । २००७ सालमा राजा त्रिभुवनले सत्ता हातमा लिएपछि बि सं २००९ मा राज्यको सबै अधिकार राजाको अधिनमा रहन गएकोमा सोको बिरोधमा निकालिएको जुलुशमा पक्राउ पर्नु भइ जेल पर्नु भयो । बि सं २०१० माघ २ गते कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठसंग पार्टी बिबाह गर्नु भयो ।
अर्थशास्त्रमा एम ए सम्म औपचारिक शिक्षा प्राप्त गर्नु भएका सहाना प्रधान बिभिन्न बिद्यालय र महाबिद्यालयहरुमा शिक्षिका र प्राचार्यका रुपमा कार्यरत हुनुहुन्थ्यो । बि सं २०३२ सालमा तत्कालीन बिद्यार्थी आन्दोलनलाइ सहयोग गरेको आरोपमा अध्यापन कार्यबाट उहाँले निष्काशित हुनु परेको थियो ।
उहाँले प्रत्येक राजनैतिक आन्दोलनमा महत्वपुर्ण भूमिका निर्वाह गर्दै आइरहनु भएको छ । महिलाहरुलाई न्यूनतम ब्यक्तिगत स्वतन्त्रतासम्म पनि नभएको त्यो स्थितिमा राजनीतिमा लागेर पनि नेतृत्वदायी भूमिका खेल्नु उहाँको बिशेषता हो । उहाँले कुनैपनि राजनैतिक आन्दोलनमा होमिन पछि पर्नु भएन । २०२२ सालको भैरहवाको सामाजिक जागरणको अभियान होस वा २०३६ को आन्दोलन होस उहाँे निरन्तर खट्नु भयो । २०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा ने क पा माकर््सबादीका अध्यक्ष मात्र होइन संयुक्त बाममोर्चाकै पनि अध्यक्ष हुनुहुन्थ्यो । २०४६ सालको जन आन्दोलनताका नेपाली कांग्रेस र सबै बामपार्टी मिलेर गरिएको आन्दोलनमा उहाँको नेतृत्वदायी भूमिका स्मरणीय छ ।
२०४६ सालको जनआन्दोलनपछि कृष्ण प्रसाद भट्टराइको प्रधानमन्त्रीत्वमा गठित अन्तरिम सरकारको उद्योगमन्त्री हुनुहुन्थ्यो । पछि २०४८ सालमा महिला तथा समाजकल्याण मन्त्री हुनुहुन्थ्यो । त्यस्तै २०४८ सालमा अखिल नेपाल महिला संघकी अध्यक्ष र महिला दबाब समूहको संयोजक हुनुहुन्थ्यो । त्यस्तै २०६२ र ६३ को आन्दोलनमा पनि सक्रिय भूमिका निर्बाह गर्दै सम्पुर्ण जीवन राजनीतिक आन्दोलनमा समर्पित गर्नु भएकी संघर्षशील महिला नेतृ सहाना प्रधान अहिले अस्वस्थ अबस्थामा हुनुहुन्छ । हामी उहाँको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।
प्रस्तुतिः– लक्ष्मी माली
पारिजात कला सम्मान २०६९ बाट सम्मानित कलाकार नारदमणि हार्तम्छाली को एक संक्षिप्त चिनारी
नारदमणि हार्तम्छाली (राई) “कलाङ” वि. सं. २०१४ सालमा देउरानी–६ झ्याँउपोखरी, भोजपुरमा बुबा खड्गबहादुर राई र माता लच्छिनधरा राईको कोखबाट जन्मिएका हुन् । ललितकला विषय (चित्र, मूर्ति) स्नातक र समाजशास्त्रमा एमएसम्मको अध्ययन गरेका हार्तम्छालीले कला र संस्कृतिका विभिन्न विषयमा शोध–अनुसन्धान गरेका छन् । चित्रकला, मूर्तिकला, नाटक, गीतसंगीत, नृत्य, फिल्म, साहित्य तथा अन्य सिर्जनात्मक क्षेत्रमा काम गरेका नारदमणि हार्तम्छालीले वास्तुकलामा विभिन्न मोडेल समेत बनाएका छन् । सिर्जनाका विभिन्न क्षेत्रमा हात हालेका उनले विशेष गरी चित्र, मूर्ति, गीत संगीत र साहित्यमा सक्रियतापूर्वक लागेका छन् ।
चित्रकलातर्फ व्यवसायिक पेन्टरको रुपमा १० वर्षसम्म “न्यू आर्ट” (हाल ः आर्ट चौतारी), बागबजार, काठमाडौंमा काम गरेका थिए । उनले चित्रकला शिक्षक तथा अतिरिक्त क्रियाकलाप प्रमुखका रुपमा ६ वर्षसम्म भानुभक्त मेमोरियल मा.वि. पानीपोखरी र माउन्ट एभरेष्ट बोर्डिङ स्कुल, सूर्यविनायक २ वर्ष काम गरेका थिए । फिल्म एनिमेसन ड्रइङ–‘एनिमेसन फर चाइल्ड सर्भाइबल’ विषयमा समेत उनले काम गरेका थिए ।
नेपाली प्रगतिशील कला साहित्यमा विगत लामो समयदेखि काम गर्दै आएका हार्तम्छालीका थुप्रैपटक सामूहिक कला प्रदर्शनी नेपाल तथा विदेशमा भएका छन् । नेपाली समाजमा रहेका वर्गीय समस्यालाई उनले कला साहित्यका माध्यमबाट प्रकट गरेका छन् । उनले ‘छलफल’, ‘प्रकाश’ र ‘छहरा’ साप्ताहिकमा कलास्तम्भकार तथा ‘हिमालयन’ त्रैमासिक, ललितकला द्धैमासिक लगायतका पत्रपत्रिकामा लेखन कार्य पनि गरेका छन् ।
उनका “वैशाखे चिउला” (गीत÷कविता संग्रह) – २०५३, “कलाङ” (कला, साहित्य विविध) २०५६ प्रकाशित भएका छन । सिर्जनाको सानो संसार (नाटक) २०५७ मा भोजपुरमा मञ्चन भएको थियो । उनका “भोजपुरे कथाहरु” (बाल साहित्यिक पत्रिका) मा प्रकाशित भएका छन् । उनले “पाइला–६” विकासे पत्रिकाको सम्पादन तथा प्रकाशन गरेका छन् । लोकगीत (हाकपारे) को अनुसन्धान र बाँस, पात र विनायो मर्चुङ्गा र पातबाजाहरुको अनुसन्धान र परिमार्जन गरेका छन् । जुन बाजाहरु अहिले राष्ट्रिय लोकबाजा संग्राहालयमा रहेका छन् । “कलाङ” (लोकाधुनिक गीत) गीति एल्बम–२०५८ मा प्रकाशित गरेका हार्तम्छालीले अन्य फुटकर गीत पनि गाएका छन् । उनले विभिन्न नाटकमा चरित्र अभिनय, निर्देशन समेत गरेका छन् । त्यसैगरी बलिदान फिल्ममा पनि उनले अभिनय गरेका छन् ।
एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रिय सदस्य, अखिल नेपाल ललितकला संघको महासचिव, प्रतिभा प्रवाह जस्ता संघ संगठनमा आबद्ध रहीे कला साहित्यमा प्रगतिवादी आन्दोलनलाई अगाडि बढाउने अभियानमा उनी सक्रियतापूर्वक लागेका छन् । ‘साहित्य सन्ध्या’, केन्द्रीय सल्लाहकार राष्टिय.जनसांस्कृतिक मञ्च, केन्द्रीय पार्षद् प्रलेसं, स्ववियू सभापति ललितकला क्याम्पस, भोटाहिटी, (२०४३÷४४), केन्द्रीय सल्लाहकार तथा संस्थापक सदस्य ‘नेपाल कमर्सियल आर्ट एसोसियसन’, काठमाडौं, संयोजक उपत्यका सांस्कृतिक कमिटी, अनेरास्ववियु, काठमाडौं, गाविस अध्यक्ष, देउरानी, भोजपुर (२०५३÷५४), जिल्ला पार्टी सदस्य, ने.क.पा. (माले)–२०५७ आदि संघ संगठनमा रही उनले काम गरिसकेका छन् । त्यसैगरी अन्य केही सामाजिक संघसंस्था, भोजपुरे सेवा समाज काठमाडौं लगायतमा रही सामाजिक कार्यमा समेत उनी सक्रियतापूर्वक लागेका छन् ।
उनी एसियन आर्ट, बियानाले वंगलादेश–१९८९ मा कलर प्लेटमा प्रथम (नेपालको तर्फबाट), नाफाबाट आयोजित बीसौं राष्ट्रिय कला प्रदर्शनी–२०४१ मूर्तिकलामा–‘सान्त्वना’, नेपाली कार्टुन दिग्दर्शन कार्यशाला–२०४८ ‘उत्कृष्ट’, अधिराज्यव्यापी अन्तर क्याम्पस कला प्रतियोगिता–२०४४ मा चित्रकलातर्फ प्रथम भएका थिए । ललितकला क्याम्पसद्धारा आयोजित “शहर सफा राख्ने” पोष्टर प्रदर्शनीमा तृतीय र २०४४ सालमा ललितकला क्याम्पस वार्षिकोत्सवको अवसरमा आयोजित मूर्तिकला प्रतियोगितामा द्वितीय, राष्टिय प्रतिभा पुरस्कार–२०६९ आदिबाट सम्मानित भएका छन् ।
त्यस्तै उनले कला, साहित्य, गीत–संगीत (लोकगीत) मा विभिन्न तहको स्थानमा १६ वटा पुरस्कारहरु र २५ वटा भन्दा बढी संघसंस्थाबाट अभिनन्दन, सम्मान, कदर र प्रशंसापत्र पाएका छन् ।
प्रस्तुतिः– देवेन्द्र थुम्केली
पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार – २०६९ प्राप्त गर्ने बालसाहित्यकार बिजयराज आचार्य को परिचय
विजयराज आचार्यको जन्म वि.सं २०३३ साल माघ ९ गते दाङवाङ–४, च्यानधारा, प्यूठानमा बाबु पिताम्बर आचार्य र आमा मनकला आचार्यको कोखबाट भएको हो । मध्यमवर्गीय परिवारमा जन्मेका उनको न्वारानको नाम ढुण्डिराज आचार्य भए तापनि उनी विजयराज आचार्यकै नामबाट चिरपरिचित छन् ।
विजयराज आचार्यले आफ्नो बाल्यकाल जन्मस्थलमा बिताए । गाईबाख्रा चराउँदै उनको बालसुलभ दिनहरू बिते । अध्ययनको क्रममा दाङवाङ नि.मा.वि.बाट कक्षा ७ सम्म अध्ययन गरेका उनले त्यसपछि श्री जनप्रिय मा.वि. खिल्जी, असुरकोट, अर्खामा बाँकी अध्ययेनलाई निरन्तरता दिँदै २०५० सालमा प्रवेशिका परिक्षा उतीणर््ा गरे ।
उनले प्रवेशिका उतीणर््ा भएपछि काठमाडौँस्थित रत्न राज्यलक्ष्मी क्याम्पसबाट २०५६ सालमा प्रमाणपत्र तह र २०६६ सालमा स्नातक तह उतीणर््ा गरे भने हाल सोही क्याम्पसबाट पत्रकारितामा स्नातकोत्तर तह अध्ययन गर्दैछन् ।
उनले २०५४ सालमा विवेक सिर्जनशील प्रकाशन प्रा.लि. को स्थापना गरे । देशका विभिन्न ठाउँमा हुने राजनीतिक कार्यक्रममा उनले पुस्तक बेचेका छन् । एकातिर देश द्वन्द्वग्रस्त थियो भने अर्कोतिर उनी जनतालाई सचेत पार्न माक्र्सवादी र प्रगतिशील साहित्यका पुस्तक प्रकाशन गर्दै थिए । यस्तै बेला उनी राज्यको आँखाको कसिङ्गर साबित भए । वि.सं. २०५५ मा उनलाई पुस्तक छापेकै निहुमा राज्यले पक्राउ ग¥यो र कठोर यातना दियो ।
पत्रकारिताकै क्रममा २०५५ सालदेखि २०५७ सालसम्म ‘नवप्रतिभा’ मासिकको सम्पादक भए तर पछि त्यो बन्द भयो । त्यसै गरी नव परिवेशको प्रकाशन र झिम्रुक सन्देशको सम्पादन पनि गरेका छन् । त्यसपछि २०६६ सालमा प्रकाशित ‘हाम्रा बालबगैँचा’ मासिक बालपत्रिकाको सुरुदेखि हालसम्म सम्पादकका रुपमा कार्यरत छन् । त्यसैगरी विवेक सिर्जनशील प्रकाशन प्रा.लि.का संस्थापक उनी हाल प्रबन्ध सञ्चालकका रूपमा कार्यरत छन् । उनले विवेक सिर्जनशील प्रकाशन प्रा.लि. स्थापना गरेर नेपाली भाषा र साहित्यको सेवा गरेका छन् । जसले सरकारले समेत नगरेको उल्लेख्य काम गरेर नेपाली बालसाहित्यको क्षेत्रमा अग्रणी भूमिकासमेत खेलेका छन् ।
माक्र्सवादी साहित्यको अध्ययनपछि माक्र्सवादतर्फ आकर्षित भएका विजयराज आचार्यले विद्यार्थी जीवनमा राजनीतिक मोर्चा पनि सम्हाले । गोर्की, लुसुनजस्ता चर्चित लेखकलाई पढे । विशेषगरी बालसाहित्यको क्षेत्रमा विशेष लगाव भएका उनले २०५९ सालमा ‘शान्तिको आत्मकथा’ प्रकाशित गरे र त्यहीँबाट बालसाहित्यको क्षेत्रमा उदाए । यसक्रममा उनले थुप्रै मौलिक एवं अनुदित बालसाहित्यका कृतिहरू प्रकाशित गरिसकेका छन् । उनले कथा, जीवनी, नाटक, उपन्यास, अन्तवार्ता आदि क्षेत्रमा कलम चलाएका छन् । त्यसबाहेक उनले थुप्रै रुसी, चिनिँया बालकथाहरू नेपालीमा अनुवाद गरेका छन् ।
विजयराज आचार्यले नै पहिलोपटक झमक घिमिरेलाई मिडियामा ल्याउने काम गरे । बालसाहित्यकै क्षेत्रमा योगदान दिएका कारण २०६० सालमा नेपाल बालसाहित्य समाजले उनलाई सर्वोकृष्ट बालसाहित्य पुरस्कार र २०६७ सालमा पुष्कर गौतम बालसाहित्य पुरस्कारबाट सम्मानित ग¥यो । साहित्य अझ विशेषगरी बालसाहित्यलाई आफ्नो कर्म क्षेत्र बनाउने विजयराज आचार्य शिक्षा क्षेत्रमा पनि अगाडि नै छन् । हाल उनी कीर्तिपुर, टौदहस्थित शुभकामना एकेडेमीका संचालक समितिका अध्यक्ष छन् । त्यसैगरी उनी नेपाल बालसाहित्य समाज र रमेश विकल साहित्य प्रतिष्ठानका आजीवन सदस्यका रूपमा रहेका छन् । हाल उनी प्रगतिशील लेखक संघका सचिवालय सदस्य, मध्यपश्चिमाञ्चल साहित्य परिषद्का सचिव, नेपाल बालसहित्य समाजका सदस्य सचिव र बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका सचिवको रुपमा कार्यरत छन् ।
विजयराज आचार्य लेखक, सम्पादक, प्रकाशन, समाजसेवी, राजनीतिज्ञ, पत्रकार, अनुवादक पनि हुन् । उनका डेढ दर्जनभन्दा बढि मौलिक कृतिहरू प्रकाशित छन्, दुई दर्जन अनुदित कृतिहरू छन् भने थुपै्र प्रकाशोन्मुख कृतिहरू छन् ।
प्रस्तुतिः– श्यामकृष्ण खुलिमुली
पारिजात बालसाहित्य पाण्डुलिपि सम्मान – २०६९ बाट सम्मानित हुने स्रष्टाहरुको संक्षिप्त परिचय
सङ्गीतश्रोता
पर्वत जिल्ला बाजुङ गाविस वडा नं. २ बाउसेमा मातापिता सुमित्रा भुँवाजी र चुडामणि उपाध्यायका कोखमा २०४० सालमा जन्मेका सङ्गीतश्रोता पचासको दशकदेखि साहित्य साधनामा लागेका युवा कवि हुन् । पेशाले पत्रकारितामा जोडिएका र बालसाहित्यमा समेत कलम चलाउने सङ्गीतश्रोताको सिर्जनशील लेखनको मुख्य विधा चाहिं कविता र गीत हो । नयाँ पत्रिका दैनिकमा चार वर्ष उपसम्पादक रहेर काम गरिसकेका उनी हाल मूल्याङ्कन मासिकमा स्तम्भकार छन् । सङ्गीतश्रोता नेपाल पत्रकार महासङ्घ पर्वतका अध्यक्ष, वेदना साहित्यिक त्रैमासिकका सम्पादक, प्रगतिशील लेखक सङ्घका सचिवालय सदस्य, अखिल नेपाल लेखक सङ्घका सचिवालय सदस्य छन् । २०६९ सालमा उनको पहिलो कविता सङ्ग्रह ‘‘म काठमाडौं आइपुगें’’ प्रकाशित भएको छ । उनी माछापुच्छ«े एफएमद्वारा आयोजित खुल्ला कविता प्रतियोगिता २०६० मा प्रथम, नेपाल सांस्कृतिक कलाकर्मी संघद्वारा आयोजित खुल्ला गजल प्रतियोगिता २०६० मा प्रथम, बागलुङ जेसीजद्वारा आयोजित खुल्ला कविता प्रतियोगिता सन् २००५ मा प्रथम, बीएफबीएसद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला कविता प्रतियोगिता सन् २००९ मा प्रथम, बीबीसी वल्र्ड सर्भिस ट्रस्टद्वारा आयोजित मितेरी निबन्ध प्रतियोगिता सन् २००८ मा तृतीय लगायतका पुरस्कारबाट सम्मानित भइसकेका छन् ।
सबिना सिन्धुकपिलाकोट सिन्धुलीमा जन्मिएकी सविना सिन्धु साहित्यिक क्षेत्रमा सक्रिय नाम हो । उनका अहिलेसम्म परिवर्तन कविता संग्रह (२०५९), सूर्योदयको क्यानभासमा संयुक्त कविता संग्रह (२०६१), एन्थोनको नाच्ने बिरालो बालकथा संग्रह (२०६८) प्रकाशित भइसकेका छन् । सिन्धु बलेनी कविता क्यालेन्ढर र पारिजात द्वैमासिक हवाई पत्रिकाको सम्पादक पनि हुन् ।
व्यवस्थापनमा स्नातकोत्तर तह अध्ययन पूरा गरेकी सिन्धुको लेखनको मुख्य विधा कविता र कथा हो । लिटरेचर नेपाल र नवक्षितिज साहित्यिक समाजमा आबद्ध सिन्धु नेपाल प्रज्ञा प्रतिष्ठानबाट २०६१ मा कथा पुरस्कारमा तृतीय, शब्द संयोजन युवा कथा प्रतियोगिता २०६२ मा उत्कृष्ट र अन्तरक्याम्पस छात्रा वक्तृत्वकला प्रतियोगिता २०६१ मा प्रथम स्थान हासिल गरी पुरस्कृत समेत भइसकेकी छिन् ।
केदार श्रेष्ठ
धादिङको चैनपुर–सुनखानीमा २०४५ असारमा जन्मनुभएका केदार श्रेष्ठले वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धरको हात समातेर बालसाहित्यमा ताते गर्नुभएको हो । उहा“ले ‘बालकोसेली मासिक बालपत्रिका’को व्यवस्थापक तथा सह–सम्पादकको जिम्मेवारी समेत सम्हालीसक्नुभएको छ ।
रुम टु रीडबाट ‘करेसाबारीका जडीबुटीहरु’ र बालकोसेली प्रकाशनबाट ‘पछुतो र अरु नाटकहरु’ (लियो टोल्स्टायका एकाङ्कीहरुको अनुवाद संग्रह) गरी श्रेष्ठका दुई बालपुस्तक प्रकाशित छन् । साथै छुट्टाछुट्टै प्रकाशनबाट बालकथाका दुई पुस्तक प्रकाशोन्मुख छन् । वयस्क साहित्यमा उहा“ कविता, लघुकथा र नाटकमा कलम चलाउनुहुन्छ ।
त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर शोधपत्रको तयारीमा रहनुभएका केदार श्रेष्ठ बालसाहित्य लेखकसंगै रंगपत्रकार तथा सक्रिय रंगकर्मी हुनुहुन्छ । नाट्य क्षेत्रमा अभिनयका अलवा नाटक लेखन र निर्देशन गर्नुभएका श्रेष्ठ शैली थिएटरले हरेक वर्ष गर्ने ‘राष्ट्रिय बालनाटक महोत्सव’को संयोजक समेत हुनुहुन्छ । उहा“को सक्रियता र संयोजनमा सो महोत्सवले चौथो संस्करण सफलतापूर्वक पार गरिसकेको छ । पछिल्लो समयमा नवराज बुढाथोकी निर्देशित नेपाली कथानक चलचित्र ‘वनफूल’मा सहायक निर्देशन गर्दै उहा“ चलचित्र क्षेत्रतिर पनि अग्रसर हुनुहुन्छ ।
पारिजात स्मृति केन्द्रका उद्देश्यहरु निम्न प्रकार रहेका छन् :-
1 पारिजातका प्रकाशित तथा अप्रकाशित सम्पूर्ण कृतिहरुको संरक्षण गरी यस संस्थाद्वारा निर्धारित प्राथमिकताक्रम अनुसार तिनलाई क्रमशः प्रकाशित गराउने ।
2 लोककल्याणका दृष्टिबाट प्राथमिकता निर्धारण गरी स्व. पारिजातका कृतिहरु विभिन्न स्वदेशी तथा विदेशी भाषाहरुमा अनुवाद गर्ने ।
3 पारिजातद्वारा प्रयुक्त वस्तुहरु र उहाँको कक्षको यथोचित संरक्षण गर्ने ।
4 पारिजातको योगदानको यथोचित मूल्याङ्कन गर्न पारिजात स्मृति ग्रन्थ तथा अन्य सान्दर्भिक पुस्तक तथा पुस्तिकाहरु प्रकाशित गराउने ।
5 पारिजातको स्मृतिमा प्रतिवर्ष उहाँको जन्म–जयन्ती मनाउने र परिचर्चा, गोष्ठी आदिको आयोजना गर्ने ।
6 पारिजातको नाममा पुरस्कार तथा कृतिहरुको स्थापना र सञ्चालन गर्ने ।
7 परस्पर आदान–प्रदान तथा सरसहयोगको निमित्त स्वदेश र विदेशका साहित्यिक, सांस्कृतिक संस्थाहरुसँग सम्बन्ध र सम्पर्क स्थापित गर्ने तथा
8 माथि उल्लेखित उद्देश्यहरुको प्राप्तिका लागि सरकारी तथा गैर सरकारी क्षेत्रबाट स्रोत र साधन सङ्कलन गरी तिनको उचित व्यवस्थापन तथा सञ्चालन गर्ने ।
पारिजात स्मृति केन्द्रको विशेष अनुरोध
1 कुनै पनि प्रकारको सहयोग गरेर यस केन्द्रका उद्देश्यहरु पूरा गर्न आवश्यक मद्धत पु¥याउनुहुन समस्त शुभेच्छुकहरुमा विनम्र अनुरोध गरिन्छ ।
2 पारिजातसम्बन्धी कुनै पनि प्रकारका सामग्रीहरुको प्रकाशित प्रति यस केन्द्रलाई उपलब्ध गराइदिनुहुन अनुरोध गरिन्छ । पारिजातका कुनै पनि रचनाहरुको प्रकाशन गर्दा यस केन्द्रबाट अनिवार्य रूपमा स्वीकृति लिनुहुन अनुरोध गरिन्छ ।
3 पारिजातका कृतिहरुवाट चलचित्र निर्माण गर्न चाहनेहरुले यस केन्द्रमा सम्पर्क राखी तोकिएको प्राथमिकताक्रम अनुसारमात्र गर्न सकिने बेहोरा अनुरोध गरिन्छ ।
पारिजात सृजन सम्मान प्राप्त गर्ने स्रष्टाहरु
२०५१ साल – कुन्ता शर्मा
२०५२ साल – इस्माली
२०५३ साल – पूर्णविराम
२०५४ साल – सुरेशकिरण मानन्धर
२०५५ साल – घनश्याम ढकाल
२०५६ साल – मित्रलाल पंज्ञानी
२०५७ साल – डा. ताराकान्त पाण्डेय
२०५८ साल – रोशन जनकपुरी (अरविन्दकुमार लाल)
२०५९ साल – कृष्णसेन ‘इच्छुक’
२०६० साल – वासुदेव अधिकारी
२०६१ साल – सुधा त्रिपाठी
२०६२ साल – हरिगोविन्द लुइँटेल
२०६३ साल – डा. जगदीशचन्द्र भण्डारी
२०६४ साल – बुँद राना
२०६५ साल – निनु चापागाई
२०६६ साल – रमेशरञ्जन झा
२०६७ साल – निभा शाह
२०६८ साल – विमल निभा
पारिजात सङ्घर्षशील नारी सम्मान पाउने नारीहरु
२०५१ साल – राममाया नेपाली
२०५२ साल – सुशीलादेवी चालिसे
२०५३ साल – मोतिदेवी श्रेष्ठ
२०५४ साल – नानीमैया नकर्मी
२०५५ साल – राजेश्वरी सिंह
२०५६ साल – साधना प्रधान
२०५७ साल – चम्पा राना
२०५८ साल – मरनीदेवी शाह
२०५९ साल – शान्ता श्रेष्ठ
२०६० साल – छायाँदेवी पराजुली
२०६१ साल – बमकुमारी बुढा मगर
२०६२ साल – शान्ता मानवी
२०६३ साल – सन्तोषी वि.क.(सन्ध्या)
२०६४ साल – रामकुमारी झाँक्री
२०६५ साल – कमला नहर्की
२०६६ साल – डा. रेणु राजभण्डारी
२०६७ साल – शान्ता चौधरी
२०६८ साल – विष्णुदेवी श्रेष्ठ (मुक्ता )
पारिजात कला सम्मान प्राप्त गर्ने कलाकारहरु
२०५८ साल – स्व. मोहन खड्का
२०५९ साल – स्व. कुलमानसिंह भण्डारी
२०६० साल – हरि दर्शनधारी
२०६१ साल – रामेश
२०६२ साल – जे.वी. टुहुरे
२०६३ साल – खुसीराम पाख्रिन
२०६४ साल – किरण मानन्धर
२०६५ साल – रामकृष्ण भण्डारी
२०६६ साल – मानन्धर ल्याम्ह पुचः डाफा गुठी
२०६७ साल – वदन शर्मा
२०६८ साल – ईन्द्रेणी साँस्कृतिक समाज, कीर्तिपुर
पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार प्राप्त गर्ने स्रष्टाहरु
२०५७ साल – रविन नेपाली
२०५९ साल – शाश्वत पराजुली
२०६० साल – दोर्जे छिरिङ लेप्चा
२०६२ साल – लक्ष्मी उपे्रती
२०६३ साल – सुकुम शर्मा
२०६५ साल – अनन्त प्रसाद वाग्ले
२०६६ साल – सौरभकिरण श्रेष्ठ
२०६७ साल – अमर न्यौपाने
२०६८ साल –माधव सयपत्री
पारिजात सम्मान प्राप्त गर्ने संघसंस्था एबं स्रष्टाहरु
२०६७ साल –पारिजात सालिक स्थापना समिति, सिलिगुडी, पश्चिम बंगाल, भारत
२०६७ साल –आर. सी. रिजाल
पारिजात स्मृतिकेन्द्रका पदाधिकारीहरु
अध्यक्ष – लक्ष्मी माली
कोषाध्यक्ष – दिल वरदान
सदस्य – डा. महेश मास्के
सदस्य – सुकन्या वाइवा
सदस्य– पद्मरत्न तुलाधर
सदस्य – रायन
सदस्य – स्नेह सायमी
सदस्य – डा. राजेन्द्रप्रसाद अधिकारी
सदस्य – इन्दिरा दली
सदस्य – शार्दूल भट्टराई
सदस्य सचिव– मातृका पोखरेल
पारिजात स्मृति केन्द्र
पारिजात मार्ग, म्हेपी, काठमाडौं
इमेल – parijatsmritikendra@gmail.com
ब्लग – www.parijatsmritikendra.blogspot.com
फोन :- ४३५८७२२
No comments:
Post a Comment