Wednesday, April 17, 2013

पारिजात स्मृति केन्द्रको प्रेस विज्ञप्ति- २०७०/०१/०५

  पारिजात स्मृति केन्द्र
Parijat Memorial Center


२०७०/०१/०५


प्रेस विज्ञप्ति

सुप्रसिद्ध साहित्यकार पारिजातको वैचारिक तथा कलात्मक योगदानको सम्मान एंव संरक्षण गर्न स्थापना गरिएको पारिजात स्मृति केन्द्रले २०५१ साल देखि पारिजात संङ्घर्षशील नारी सम्मान, २०५१ साल देखि पारिजात सृजन सम्मान, २०५८ साल देखि पारिजात कला सम्मान प्रदान गर्दै आएको छ । २०५७ साल देखि पारिजात बाल साहित्य पाण्डुलिपि सम्मान व्यवस्थापन समितिले प्रदान गर्दै आएको पारिजात बाल साहित्य पाण्डुलिपि सम्मानको व्यवस्थापन पनि  २०६८ साल देखि पारिजात स्मृति केन्द्रको जिम्मामा आएको छ । 

२०६९ साल फागुन ४ गते बसेको पारिजात स्मृति केन्द्रको कार्य समिति वैठकले गठन गरेको छनौट तथा मूल्याङ्कन समितिको सिफारिस अनुसार पारिजात सृजन सम्मान–२०६९ बरिष्ठ माक्र्सवादी सौन्दर्य  चिन्तक चैतन्य (क.मोहन बैध्य “किरण”),  पारिजात सङ्घर्षशील नारी सम्मान –२०६९ बरिष्ठ महिला नेतृ सहाना प्रधान, पारिजात कला सम्मान –२०६९ कलाकार नारदमुनी हार्तम्छाली र पारिजात बाल साहित्य पाण्डुलिपि पुरस्कार –२०६९ बालसाहित्यकार बिजयराज आचार्य लाई प्रदान गर्ने निर्णय गरिएको छ । पारिजात बाल साहित्य पाण्डुलिपि पुरस्कार –२०६९ का लागि आव्हान गरिएका पाण्डुलिपिहरुमा अन्य उत्कृष्ठ तीन वटा  पाण्डुलिपिका लेखकहरु सङ्गीतस्रोता, सविना सिन्धु र केदार श्रेष्ठलाई प्रशंसास्वरुप सम्मानपत्र प्रदान गर्ने निर्णय पनि गरिएको छ । सवै सम्मान र पुरस्कारहरु  २०७० साल बैशाख २१ गते शनिवार बिहान ८ बजे नेपाल पर्यटन बोर्डको सभाहल भृकुटीमण्डपमा आयोजना गरिने २० औं पारिजात स्मृति सभामा प्रदान गरिने छ ।




                                मातृका पोखरेल
                                 सदस्य सचिव
                                     पारिजात स्मृति केन्द्र



  
 पारिजातको प्रतिमामा माल्यार्पण गर्दै अध्यक्ष लक्ष्मी माली


 पारिजातको प्रतिमा

  
 पारिजातको प्रतिमामा माल्यार्पण गर्दै साहित्यकार रणेन्द्र बराली र राधेश्याम लेकाली


स्‍मृति केन्द्रमा बसेको बैठकमा सदस्य रायन र सदस्य सचिब मातृका पोखरेल




No comments:

Post a Comment