Sunday, May 28, 2017

पारिजात स्मृति सभा - २०७४ सम्पन्न ।




जेष्ठ १३, काठमाडौं । यस वर्ष २०७४ को पारिजात स्मृति सभा आज नेपाल प्रज्ञाप्रतिष्ठानको सभा भवनमा सम्पन्न भएको छ । सभामा पारिजात ‌सृजन सम्मान-२०७३ बाट हेमनाथ पौडेल, पारिजात बालसाहित्य सम्मान-२०७३ बाट साहित्यकार विजय चालिसे, पारिजात सङ्घर्षशील नारी सम्मान-२०७३ बाट शशी​ श्रेष्ठ र पारिजात कलाकार सम्मान-२०७३ बाट श्याम तमोटलाई पुरस्कृत गरिए ।

प्रमुख अतिथिको आसनबाट बोल्दै बाल साहित्यका हस्ती शान्तदास मानन्धरले पारिजातको जीवन एक आन्दोलन भएको विचार व्यक्त गरे । उनलेे पारिजातले आफ्नो आन्दोलनमय जीवनको बीचबाट नै जुन साहित्य सृजना गरिन् त्यो चानचुने कुरा थिएन भने । उनलेे भने, ‘मैंले उहालाई पहिलो पटक भेट्दा नै कुँजो भइसक्नुभएको थियो । तर, उहाँमा कति पनि निराशा देखिनँ । पारिजातको पहिचान त्यो थियो । खगेन्द्र सँग्रौलाले यही कुरालाई औल्याई ‘पारिजात अपराजिता’ भनी गीत लेख्नुभयो ।’

उक्त कार्यक्रममा बोल्दै समालोचक डिआर पोखरेलले पारिजात तत्कालीन समयमा सबैका लागि प्रेरणाका व्यक्ति भएको बताए । उनले व्यक्तिको खुवी र क्षमताको पहिचान गरेर त्यही अनुसार सृजनाका लागि प्रेरणा दिने क्षमता र स्वभाव पारिजातको रहेको अनुभव सुनाए । त्यस्तै गरी पारिजात प्रगतिशील साहित्य र संस्कृतिको केन्द्र रहेको विचार समालोचक पोखरेलको बताए । उनले त्यस्तो केन्द्र अहिले पनि आवश्यक भएको विचार व्यक्त गरे ।


अतिथिको आसनबाट बोल्दै नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेतीले ‘स्रस्टा को रुपमा पारिजातले जे भूमिका खेल्नुभयो त्यसले नेपाली समाज अहिलेको तहसम्म आउनुमा महत्वपूर्ण योगदान पुर्याएको छ ‘ भने ।

पारिजात स्मृति केन्द्रका वर्तमान अध्यक्ष​ रायन श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा​ कीर्तिपुर इसासका कलाकारहरुले पारिजातसम्वन्धी गीत प्रस्तुत गरेको थियो ।

http://emulyankan.com बाट साभार 




पारिजात स्मृति सभा - २०७४ मा गीत गाउँदै इसास किर्तिपुरका कलाकारहरू । 


=================================================





















































































































-----------------------------------------------------------------

पारिजात पुस्तिका - २०७३ 
                                                         

















No comments:

Post a Comment