Tuesday, September 18, 2012

पारिजात स्‍मृति सभा -२०६९

पारिजात स्‍मृति सभा -२०६९
पारिजात सृजन सम्मान–२०६८
पारिजात सङ्घर्षशील नारी सम्मान–२०६८
पारिजात कला सम्मान–२०६८
पारिजात बालसाहित्य पाण्डुलिपि सम्मान–२०६८

संयोजन 
मातृका पोखरेल


विषय–सूची
पारिजातको सङ्क्षिप्त परिचय 
विमल निभाको परिचय
विष्णुदेवी श्रेष्ठ (मुक्ता ) को परिचय
ईन्द्रेणी साँस्कृतिक समाज, कीर्तिपुरको एक संक्षिप्त चिनारी
माधव सयपत्रीको परिचय
पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कारको परिचय 
पारिजात स्मृति केन्द्र्का उद्देश्यहरु
पारिजातको सङ्क्षिप्त परिचय 
१९९४ साल बैशाख महिनाको एक दिन डाक्टर के.एस.वाइबा र उहाँकी दोस्री पत्नी अमृत मोक्तानको घरमा एक बालिकाले जन्म लिइन् । ती बालिकाको नाम विष्णुकुमारी वाइबा राखियो । उनको बाल्यकाल अन्य बालबालिकासरह बिते पनि उनको स्वभावमा भने अरुभन्दा केही फरक देखाप¥यो । उनी अलिक गम्भीर, निडर, चिन्तनशील र अन्तर्मुखी थिइन् । उनको स्वास्थ्य सानैदेखि राम्रो थिएन । १३ वर्षको कलिलै उमेरदेखि हाडजोर्नी ९च्जभगmबतयष्म ब्चतजचष्तष्क० को रोगले समात्यो । यो रोग नै उनको जीवनपर्यन्त रह्यो ।
पारिजातको जीवनलाई पहिलो पटक झक्झक्याई दिने घटना थियो– आप्mनै दाजु शिवको दर्दनाक मृत्यु । पोखरीमा डुबेको मान्छेलाई बचाउन जाँदा २०१० सालमा उनको मृत्यु भएको थियो । यो घटनाले पारिजातको संवेदनशील मनलाई मात्र हल्लाएन कि सम्पूर्ण परिवारलाई नै झक्झक्यायो । ठाउँ परिवर्तन गर्दा अलिकति भएपनि सान्त्वना मिल्छ कि भनेर पारिजातका बाबु डाक्टर के.एस.वाइबा २०१० सालमा काठमाडौँ आइपुगे । त्यसबेला पारिजातको उमेर १७ वर्षको थियो । त्यही साल पद्मकन्या विद्याश्रम डिल्लीबजारबाट उहाँले एस.एल.सी. परीक्षा उत्तीर्ण गर्नुभयो । उहाँले पद्मकन्या क्याम्पसबाट २०१३ सालमा आई.ए र २०१५ सालमा बी.ए.उतीर्ण गर्नुभयो । एम.ए.मा अङ्ग्रेजी विषय लिएर अध्ययन आरम्भ त भयो तर रोगका कारण परीक्षा दिन भने सक्नुभएन र यहीँ आएर पढाइको सिलसिला टुट्यो । विश्वविद्याालयबाट प्रमाणपत्र प्राप्त गर्ने अध्ययनको सिलसिला टुटे पनि पारिजातको भावुक मनले नेपाली साहित्यको अध्ययनको सिलसिला जोडिसकेको थियो ।
२०१३ सालमा ‘धरती‘ नामक पत्रिकामा दुई वटा कविता प्रकाशित गरी नेपाली साहित्यको सेवामा आफूलाई समर्पित गर्ने अठोटको अभिव्यक्ति पारिजातबाट भइसकेको थियो । २०१४ सालमा त्यसताका युवा कविहरुद्वारा स्थापित ‘रोदीघर’ नामक साहित्यिक यात्रामा उहाँको प्रवेश भयो । २०१४ सालमै पहिलो पुस्तकको रूपमा ‘आकाङ्क्षा’ कवितासङ्ग्रह प्रकाशित भयो । घरको अवस्था अत्यन्त दयनीय भएकाले जीवन धान्न २०१६ सालदेखि २०१८ सालसम्म मदन मेमोरियल स्कुल पाटनमा शिक्षिकाको जागिर खानुप¥यो । यो जागिर खाँदाखाँदै रोगले निकै च्यापेर ल्याइसकेको थियो । हावापानी बदल्दा केही बिसेक होला कि भन्ने आशामा २०१८ सालमा स्कुलको जागिर छाडी काठमाडौं प्रवेश गरेको ७ वर्षपछि पारिजात पहिलोपल्ट एक महिनाका लागि दार्जिलिङ फर्किनुभयो । तर रोग झन्झन् बढ्दै गएपछि २०२१ सालदेखि ओछ्यानमै पर्नुभयो । जुनबेला उहाँ ओछ्यानमा पर्नुभयो त्यसबेला उहाँको उमेर २७ वर्षको मात्र थियो । त्यो बेलादेखि पारिजात जीवनभर ओछ्यानको ओछ्यानमै रहनुभयो ।
नेपाली साहित्यको आकाशमा २०१३ सालदेखि कविताको माध्यमबाट आप्mनो चिनारी सुरु गरेको भए तापनि गद्यलेखन प्रयासमा पनि निरन्तर लागिरहेको कुरा उहाँका पाँच वटा उपन्यास ‘सङ्घर्ष’, ‘वर–पीपल’, ‘मानव’, ‘अन्तर्यामी’ र ‘शारदा’ चित्त बुझ्दो नभएका कारण जलाइदिएको कुराले स्पष्ट हुन्छ । यो लेखाइको समय थियो २०१८ देखि २०२१ सालसम्म । उहाँले यी सबै जलाएपछि अर्को उपन्यासले तत्कालीन नेपाली साहित्याकाशमा ठूलो हलचल ल्याइदियो । ‘सिरीषको फूल’ले २०२२ सालको मदन पुरस्कार प्राप्त ग¥यो । लामाले राखिदिएको ‘छेकुडोल्मा’ र न्वारनमा राखिएको नाम ‘विष्णुकुमारी वाइबा’ सधैँ ओझेलमा परिदियो । नेपाली आकाशमा ‘पारिजात’ नाम चम्कन थाल्यो ।
२०२३ सालमा तत्कालीन राजनीतिक व्यवस्थाका विरुद्ध केही सङ्गीतकार र लेखक कविहरुले आफ्नै प्रकारको विद्रोहको स्वर उचाल्न एउटा समूहको निर्माण गरे । त्यो समूहको नाम थियो ‘राल्फा’ । राल्फा समूहको केन्द्रविन्दुका रूपमा पारिजात हुनुहुन्थ्यो । यो समूहले आप्mनो विद्रोहको स्वर देश–विदेशमा जहाँजहाँ उराल्दै हिँड्यो त्यहाँ–त्यहाँ पारिजात पनि आफ्नोे अशक्त शरीर लिएर पनि पुग्नुभयो । पछि यही राल्फाली यात्रा नै नयाँ जनवादी संस्कृति र प्रगतिशील लेखनफाँटमा महत्वपूर्ण कोसेढुङ्गा सावित हुनपुग्यो ।
पारिजातको स्वास्थ्य झन्झन् खराब हुँदै गयो । हाड–जोर्नीको रोग त छँदै थियो त्यसमाथि पनि क्षयरोग, अल्सर र दम पनि थपिएर बाँच्न मुस्किल पर्न थाल्यो । यी रोगहरुबाट मुक्ति पाउन उहाँ २०२६, २०२९, २०३० र २०३१ सालमा पटक–पटक गरी भारतमा उपचारार्थ जानुभएको थियो । स्वास्थ्यमा कुनै सुधार नहुने स्पष्ट भएपछि उहाँले आफ्नोे मनलाई सम्हाल्नु भयो र आफूलाई साहित्यबाट मात्र नभई वैचारिक रूपले पनि देश र जनताका निम्ति समर्पित गर्ने अठोट लिएर २०३४ सालमा नेपाल कम्युनिष्ट पार्टी चौथो महाधिवेशनको सदस्यता लिनुभयो । उहाँ शारीरिक पीडाको कुनै वास्ता नगरी महिला मुक्तिको कार्यमा सक्रिय हुनुका साथै अखिल नेपाल महिला सङ्घको अध्यक्ष बन्दै भूमिगत कार्यमा सक्रिय रहनुभयो । पारिजात २०३५÷२०३६ सालको आन्दोलनमा ज्यादै सक्रिय रहनुभएको थियो । २०३६ सालमा प्रगतिशील लेखक कलाकार सङ्घको स्थापनाका लागि पनि उहाँको सक्रिय भूमिका रह्यो ।
गीत सङ्गीतमा पारिजातको गम्भीर रुचि थियो । वेदना सांस्कृतिक समूहसँगै र पछि इन्द्रेणी सांस्कृतिक समाज इसाससँगै पटक–पटक गरी भारतका विभिन्न प्रान्तहरु लगायत स्वदेश र विदेशमा उहाँले भ्रमण गर्नुभएको थियो । उहाँ इन्द्रेणी सांस्कृतिक समाज (इसास)को मानार्थ अध्यक्ष समेत हुनुहुन्थ्यो ।  
पारिजात २०४६ सालको जनआन्दोलनमा ज्यानको कुनै पर्वाह नगरी सडकमा ओर्लनुभयो । विभिन्न क्रियाकलापहरुद्वारा जनआन्दोलनलाई सफल पार्न क्रियाशील रहनुभयो । २०४६ साल चैत्र ३ गतेको लेखक तथा कवि कलाकारको ऐतिहासिक विरोध प्रदर्शनमा पारिजात सबभन्दा अघिल्लो पङ्तिमा बसेर कालोपट्टी बाँधी विरोध प्रदर्शन गर्ने कार्यलाई सफल पार्न सहभागी हुनुभएको थियो । प्रजातन्त्रको पुनर्वहालीपछि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानलाई प्रजातन्त्रिकरण गर्नुपर्दछ भन्ने माग राखी सङ्घर्षमा ओर्लेको ‘प्राज्ञिक सङ्घर्ष समिति’को संयोजक हुनुहुन्थ्यो । उहाँले प्राज्ञहरुको माग पूरा गराउन पर्याप्त प्रयास गर्नुभयो । 
पारिजात विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङघ–संस्थासँग पनि संलग्न हुनुहुन्थ्यो । उहाँ नेपाल मानवअधिकार सङ्गठनको उपाध्यक्ष, अखिल नेपाल महिला मञ्चको संस्थापक अध्यक्ष, बन्दी सहायता नियोगको संस्थापक अध्यक्ष तथा त्रि.वि.सभाको सदस्य हुनुहुन्थ्यो । अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरुमा Out Right International, Feminist Association, Society for Women Geographer, Amnesty International आदिसँग सम्बन्धित हुनुहुन्थ्यो ।
पारिजातले मदन पुरस्कार, गङ्की पुरस्कार र पाण्डुलिपि पुरस्कार पाउनुभएको छ । उहाँलाई ‘जनमत’ र ‘नेपाल तामाङ घेदुङ सङ्घ’द्वारा अभिनन्दन गरिएको छ । पारिजातद्वारा लिखित पुस्तक ‘शिरीषको फूल’को अङ्ग्रेजी अनुवाद Blue Mimosa  लाई अमेरिकाको मेरिल्याण्ड युनिभरसिटीको पाठ्यक्रममा पनि राखियो । उहाँलाई मनपर्ने रङ्ग हरियो, मनपर्ने ऋतु वर्षा, मनपर्ने फूल गुराँस र मनपर्ने खाना छोइला, मम, सुख्खा रोटी, काभ्रो, चिण्डो, टमाटर र कोइरालो थियो ।
पारिजातको निधन २०५० साल वैशाख ५ गते बिहान ४ बजे लामो समयदेखिको पुरानो व्यथाले वीर अस्पतालको विशेष उपचार कक्षमा भयो ।

पारिजात सिर्जनशील सम्मान २०६८ द्वारा सम्मानित प्रगतिवादी कवि विमल निभाको परिचय
 
२००९ साल साउन १८ गते बाँके जिल्लाको नेपालगन्जमा जन्मेका विमलकृष्ण श्रेष्ठ नेपाली साहित्यमा विमल निभाको नामले चर्चित छन् । स्थायी घर वीरगन्ज भए पनि हाल यिनी काठमाडौंको डल्लुसमा बसोबास गर्छन् । बाबुको जागिरको सिलसिलामा यिनले देशका विभिन्न स्थानमा पुग्ने र त्यहाँको जीनवशैली र समाजलाई नजिकैको बुझ्ने अवसर पाए । 
नेपाली साहित्यमा विमल निभाको पहिलो प्रवेश कविता विधाबाटै सुरु भयो ।  २०२६  सालमा रुपरेखामा प्रकाशित  ‘एउटा मजदुर आफ्नो इतिहासको तीन अध्याय लेख्छ’ शीर्षकको कविताबाट नेपाली कविताको  गोरेटोमा  पाइला राख्न पुगेका कवि निभा यतिबेला नेपाली कविता विधाको राजमार्गमा अघिल्लो पंक्तिमा यात्रारत छन् । उनी हास्यव्यंग्यको निबन्ध विधामा पनि उत्तिकै स्थापित छन् । यस अर्थमा उनी कवि र निबन्धकार दुवै हुन् । कवि निभाको हालसम्म दुईवटा कवितासङ्ग्रहहरु ‘आगोनेर उभिएको मानिस’ (२०४०) र एउटा बाहुला नभएको बुसर्ट (२०६०) छन् भने निबन्धसङ्ग्रहहरुमा चौथो कालम (२०४६) र ‘छेउको वधशाला’ (२०६१) प्रकाशित छन् । 
विमल निभाले विगतमा प्रशस्तै समाचारपत्रहरुमा स्तम्भहरु लेखेर नेपाली समाजभित्रका सबै क्षेत्रका विकृति र विसंगति माथि प्रहार गरेका छन् । अहिले पनि उनी कान्तिपुर दैनिकको ‘सिउडी’ स्तम्भ मार्फत् व्यङ्ग्य लेखनबाट हाम्रो सामाजिक, आर्थिक, राजनीतिक र साहित्यिकलगायतका क्षेत्रहरुमा देखिएका तमाम विकृति विसंगतीहरु माथि सिस्नो लगाइरहेका छन् । 
विगतमा प्रगतिशील लेखक संघको उपाध्यक्ष भएर नेपाली प्रगतिशील लेखकहरुको नेतृत्व गरिसकेका कवि निभा यतिबेला कुनै पनि राजनीतिक पार्टीमा आबद्ध छैनन् । कुनै राजनीतिक पार्टीमा आबद्ध नभए पनि उनका रचनामा वैचारिक प्रतिबद्धता र वर्गीय पक्षधरता प्रखर रुपमा व्यक्त भएको पाइन्छ । विमल निभा साहित्यलाई समाज रुपान्तरणको महत्वपूर्ण औजार ठान्छन् । यही दृष्टिकोणलाई केन्द्रमा राखेर उनले आफ्ना रचनाहरु पाठकसामू ल्याएका छन् । नेपाली प्रगतिवादी साहित्यिक वृत्तमा विमल निभाको उपस्थिति धेरै अर्थमा महत्वपूर्ण छ । 
म अवश्य प्रवेश गर्नेछु 
नारायणहिटी 
पाँच अछयोहिणी प्रयत्नसहित 
विजय नामको साथी 
मेरो स्वागतको लागि 
आतुर छ त्यहाँ 
‘प्रवेश’ एउटा बाहुला नभएको बुसर्ट 
गणतन्त्र प्राप्त हुनुभन्दा धेरै वर्षअघि उनले यो सपना देखिसकेका थिए । राजतन्त्रको विरुद्धमा चलेको गणतान्त्रिक आन्दोलनमा उनी आफ्ना सिर्जनाहरु सँगै आफू शशरीर मैदानमा ओर्लिएका थिए । गणतन्त्र कविता आन्दोलनका उनी एकजना सक्रिय अभियानकर्ता समेत थिए । 
साहित्यकार विमल निभाको योगदानको कदर गर्दै विभिन्न साहित्यिक संघसंस्थाहरुले उनलाई पुरस्कृत र सम्मानित गरिसकेका छन् । यसअघि उनले लोकेन्द्र साहित्य पुरस्कार (२०५०), साहित्य सन्ध्या पुरस्कार (२०५७), व्यथित काव्य पुरस्कार (२०६१) साझा पुरस्कार (२०६१), कृष्णमणि साहित्य पुरस्कार (२०६३) आदि पुरस्कार र सम्मानहरु प्राप्त गरिसकेका छन् । 
माक्र्सवादी विचारप्रति प्रतिवद्ध रहेका साहित्यकार विमल निभा नेपाली प्रगतिवादी साहित्यमा अग्रणी व्यक्तित्व हुन् । 
प्रस्तुति :- मातृका पोखरेल 

पारिजात सङ्घर्षशील नारी सम्मान २०६८ बाट सम्मानित विष्णुदेवी श्रेष्ठ (मुक्ता ) को परिचय
२०६२ र६३ सालको जन आन्दोलनमा नागरिक समाजको भूमिका उल्लेखनिय रह्यो । शाही शासनको बिरुद्धमा सक्रिय उक्त आन्दोलनमा नियमित रुपमा उपस्थित हुने थोरै महिला मध्ये एक हुनुहुन्थ्यो मुक्ता श्रेष्ठ अर्थात बिष्णुदेबी श्रेष्ठ । 
मुक्ता श्रेष्ठको नामबाट पत्रपत्रिकामा देखिनुहुने, बिष्णुेबीको जन्म आमा ज्ञानीमाया श्रेष्ठ र बाबु विष्णुबहादुर श्रेष्ठको छोरीकी रुपमा  असार ५ गते वि.सं.२००८ चिठुविहार गाउँ पञ्चायत वार्ड नं. ६, किर्तिपुर, काठमाडौंमा भएको थियो । हाल  चीखु पाँगा, किर्तिपुर १० नगरपालिकामा एक छोरा एक छोरी तथा श्रीमान श्याम श्रेष्ठसंग बस्दै आउनु भएकी श्रेष्ठ पन्चायतकालदेखिनै लेखक पत्रकारका रुपमा परिचित हुनुहुन्छ । नागरिक आन्दोलन, महिला अधिकार, राजनीति र शैक्षिक आन्दोलनमा समेत सक्रिय हुन पाएकोमा श्रेष्ठ खुशी देखिनु हुन्छ ।
इस्बी सम्बत १९८४ मार्च महिनादेखि ‘नारीमुक्ति’ पत्रिकाको सम्पादकको रुपमा पत्रकारितामा प्रवेश गरेका श्रेष्ठले इस्बी सम्बत १९८७ नोभेम्बर महिनादेखि‘मुक्ति’  पत्रिकाको ३ अङ्कसम्म सम्पादकको भूमिका निभाएकी थिइन । बि एड सम्म औपचारिक शिक्षा हासिल गर्नु भएकी श्रीमती श्रेष्ठले माध्यामिक तहको २० वर्षे शिक्षक सेवापछि शिक्षण पेशाबाट अवकास लिनु भएको हो । त्यस पछि,मुल्यांकन र नवयुवामा  लामो समय सम्म  काम गर्नु भयो । 
विकल्प सहकारी संस्थाको सँस्थापक सदस्य देखि  अध्यक्ष सम्म  र विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनका बोर्ड सदस्य (२००८–२०११) समेत रहनु भएकी  श्रेष्ठलाई मुलत नेपाली सामाजिक राजनैतिक  आन्दोलनमा निरन्तर भेटी रहन्छौं ।
 पञ्चायती निरङ्कुशताका विरुद्धको आन्दोलनदेखि नेपालमा लोकतन्त्र प्राप्तिसम्मको लामो आन्दोलनमा अविचलित भइ  निरन्तर जनताको कित्तामा उभिएर नेपालको सामाजिक र राजनैतिक आन्दोलनमा पुर्याउनु भएको योगदानका निमित्त  श्री विष्णुदेवी श्रेष्ठलाई पारिजात स्मृति केन्द्रले  ‘पारिजात सङ्घर्षशील नारी सम्मान २०६८’बाट बिभुषित गरेको छ । 
प्रस्तुति :- तिलक चाम्लिङ

पारिजात कला सम्मान २०६८ बाट सम्मानित ईन्द्रेणी साँस्कृतिक समाज, कीर्तिपुरको एक संक्षिप्त चिनारी
1 यस समाजको जन्म २०४४ साल चैत्र २० गते कीर्तिपुर गुत्पौटोलमा तत्कालिन चिठुविहार गाउँ पंचायत वडा    नं. ९ मा भएको थियो । यो त्यसबेला केन्द्रीय इसासको धरै शाखा समिति मध्ये एउटा सक्रिय शाखा थियो । विश्वको महान सर्वहारावर्गीय संस्कृतिका सिंद्वान्त निर्माता साँंस्कृतिक कर्मीहरु माक्र्स, लेनिन र माओले प्रतिपादन गरेको सिद्धान्त र विचारधारात्मक संस्कृतिलाई आप्mनो मार्ग निर्देशक सिद्वान्तको रुपमा अंगीकार गरेको छ । निरंकुशता र तानाशाही शासन व्यवस्थाको विरुद्ध देशका कुनाकाप्चा लगायत शहरी क्षेत्रमा जनताको पक्षको गीत संगीत र कलाकारीता मार्फत जनतालाई सचेत पार्ने, संगठीत पार्ने काम समेत गदै आएको छ । 
2 स्थापनाको लगत्तै तत्कालिन केन्द्रीय इसासको हरेक कार्यक्रममा सक्रिय सहभागीता रहेको थियो ।
3 २०४७ चैत्र ७ र ८ गते राष्ट्रिय नाँचघरमा विविध साँस्कृतिक कार्यक्रम प्रस्तुती सफलता पूर्वक सम्पन्न गरियो । चैत्र ९ र १० गते अडिटोरियम हल प्रोग्राम कार्यक्रम सम्पन्न गरियो । 
4 २०४७ चैत्र २० गते २०४६ सालको जनआन्दोलनमा सहादत्त प्राप्त कीर्तिपुरका ४ शहीद लगायतका शहीदहरुको सम्झनामा साँस्कृतिक श्रृद्वाञ्जली कार्यक्रमको आयोजना तथा सहिद स्मृति व्यवस्थापन समितिको लागि आर्थिक सहयोगार्थ साँस्कृतिक कार्यक्रमको प्रस्तुती ।
5 इसास केन्दीय कमिटीको आयोजनामा २०४७ जेष्ठ ५ गते खुल्लामञ्चमा भएको विशाल साँस्कृतिक कार्यक्रममा सक्रिय सहभागी 
6 २०४८ सालको गाइजात्रे कार्यक्रममा सडक साँस्कृतिक कार्यक्रम सम्पन्न गरियो ।
7 २०५० सालमा १० दिन पूर्वाञ्चल साँस्कृतिक यात्रा १० दिन १० ठाउँमा कार्यक्रम प्रस्तुती 
8 २०५२ सालमा २२ दिन पूर्वाञ्चल साँस्कृतिक यात्रा – कलकतामा एक हप्ता प्रवासी श्रमिक नेपालीको माझमा साँस्कृतिक कार्यक्रम प्रस्तुती
9 २०५२ सालमै नेपालभाषा मंका खलःको आयोजनामा सिक्किममा एक हप्ता साँस्कृतिक यात्रा ।
10 २०५७।४।१४ मा दुर्गालाल श्रेष्ठद्वारा रचित गीतहरुलाई संगालेर वनाइएको नृत्य नाटिका लसय्हंगु विरोध प्रस्तुती साथै विविध साँस्कृतिक कार्यक्रमको प्रस्तुती
11 २०५८ साल वैशाख ९ गते रायनको एकल कार्यक्रममा व्यवस्थान कार्यमा विशेष भुमिका ।
12 २०६० सालमा माघ १७ दुर्गालाल श्रेष्ठ र हरिकृष्ण दर्शनधारीलाई सम्मान कार्यक्रम प्रस्तुती
13 इसासको गठन पछि सिम्मा गिती नाटकमा कलाकारिताको साथै प्रदर्शनीमा व्यवस्थापकिय भुमिका निर्वाह ।
14 २०५५ साल माघ २२÷२३ बुहारी गिती नाटक ÷ शरद पौडेलको रचना ÷संगित तयारीको साथै कलाकारहरुको रेखदेख तथा व्यवस्थापन कार्यमा सक्रिय क्रियाशिल ।
15 ने.स.१११४ नयाँवर्षको उपलक्ष्यमा कीर्तिपुरमा विविध कार्यक्रम, साँस्कृतिक कार्यक्रम, नगर परिक्रमा कार्यक्रम पत्रिका, प्रकाशन जस्ता गतिविधिहरुको आयोजना सम्पन्न ।
इसासले विभिन्न संस्थाहरुको तर्फबाट प्राप्त गरेको प्रमाणपत्र र पुरस्कारको विवरणहरु
१. विरात नेपालभाषा साहित्य सम्मेलन गुठी को तर्फबाट – विरात साँस्कृतिक सिरपा, २०५९ कार्तिक १ गते प्राप्त ।
२. ने.सं. ११२१ मा नेवाः गुथी १२ वडा, काठमाण्डौंबाट साँस्कृतिक कार्यक्रम प्रस्तुती बापत – धन्यवाद पत्र
३. ने.सं. ११२२ चौलागा १४ का दिन नेपाल भाषा मंका खलः आयोजनामा भएको साँस्कृतिक कार्यक्रममा सहभागी भए वापत धन्यवाद पत्र प्राप्त 
४. नेपाल क्षयरोग निवारण संस्था भक्तपुर जिल्लामा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरे वापत प्रमाण पत्र प्राप्त ।
५. ने.सं. ११२१ म एकांकी नाटक प्रतियोगितामा सहभागी
६. कान्तिपुर क्लबद्वारा आयोजित नृत्य प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त
७. विराट नेपालभाषा साहित्य सम्मेलन गुथीको आयोजनामा भएको नृत्य प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त ।
८. रेयुकाई नेपालद्वारा आयोजना भएको नृत्य प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त ।

प्रस्तुति -  राजेन्द्र महर्जन   

पारिजात बालसाहित्य पाण्डुलिपि सम्मान २०६८ प्राप्त गर्ने बालसाहित्यकार माधव सयपत्रीको परिचय
पिता धर्मानन्द उपाध्याय र माता उमादेवी उपाध्यायको कोखबाट २०२८ साल पुस २६ गते रामेछाप, फुलासी–५ मा जन्मिएका माधवप्रसाद उपाध्याय साहित्यिक जगतमा माधव सयपत्रीको नामले परिचित छन् । २०४२ सालदेखि कविता लेखनमा हात हालेका उनले २०४३ सालमा नन्दीरात्री माविको मुखपत्र ‘विहानीको किरण’ मा ‘हेनरी ड्युमा’ शीर्षकको कविता प्रकाशित गरेर आफ्नो कवित्व क्षमतालाई सार्वजनिक गरेका हुन् । 
सयपत्रीका हालसम्म ‘कविता गर्भधारण गर्छन्’ (कविता संग्रह–२०५८), उत्सव र मालिकको थाल (पूर्णाङ्की नाटक–२०६२), पालैपालो कथा भनौं (बालकथा सङ्ग्रह–२०६४), सत्ताकबच (कथा २०६५), पाङ्रेको सहरयात्रा (बाल उपन्यास–२०६५), तीनसल्लेको वनभात (बालकथा सङ्ग्रह ०६९), फूलको गाउँ (बालकथा संग्रह–२०६९) प्रकाशित छन् । एकवटा उपन्यास, एकवटा कथा सङ्ग्रह, दुईवटा बालकथा सङ्ग्रह प्रकाशोन्मुख अवस्थामा रहेका छन् । 
बालसाहित्यकार माधव सयपत्रीले २०४४ सालमा शिवपुरी माविबाट एसएलसी उत्तीर्ण गरेपछि गाउँमै बसरे अध्ययन गर्दै प्राइभेट परीक्षार्थी भएर स्नातक तह उत्तीर्ण गरेका छन् । हाल उनी मोफसलमै बसेर सक्रियतापूर्वक साहित्य लेखनमा क्रियाशील छन् । 
                                                                प्रस्तुति :- मातृका पोखरेल 

पारिजात बालसाहित्य पाण्डुलिपि सम्मानको परिचय 
पारिजात बालसाहित्य पाण्डुलिपि सम्मानको स्थापना पारिजातकी मित्र बारबरा निम्री अजिजले गर्नुभएको हो । नेपाली बालसाहित्यको विकासमा सहयोग पु¥याउँदै असल र राम्रो बालसाहित्यकारहरुलाई उत्प्रेरणा प्रोत्साहन दिने उद्देश्यमा साथ २०५७ सालमा यो सम्मानको स्थापना गरिएको हो । प्रारम्भमा इन्दिरा दलीको संयोजकत्वमा कनकमणि दिक्षित, खगेन्द्र संग्रौला र भिकटर प्रधान सदस्य रहेको पारिजात बालसाहित्य पाण्डुलिपि सम्मान व्यवस्थापन समिति मार्फत् यो सम्मान प्रदान गरिन्थ्यो । यसै वर्षदेखि पुरस्कार व्यवस्थापन समितिले आफूले सम्हाल्दै आएको जिम्मेवारी पारिजात स्मृति केन्द्रलाई सुम्पिएको हो । पारिजात स्मृति केन्द्रले सूचना प्रवाहित गरिसकेपछि सोही वर्षको चैत्र १५ गतेभित्र प्राप्त पाण्डुलिपिहरु केन्द्रले गठन गरेको मूल्यांकन तथा छनोट समितिले उचित ठह¥याएको बालसाहित्यको पाण्डुलिपिलाई यो सम्मान प्रदान गरिन्छ । 
यो सम्मानको रासी रु. १५०००। पन्ध्र हजारको छ ।

पारिजात स्मृति  केन्द्रका उद्देश्यहरु निम्न प्रकार रहेका छन् :-
1 पारिजातका प्रकाशित तथा अप्रकाशित सम्पूर्ण कृतिहरुको संरक्षण गरी यस संस्थाद्वारा निर्धारित प्राथमिकताक्रम अनुसार तिनलाई क्रमशः प्रकाशित गराउने । 
2 लोककल्याणका दृष्टिबाट प्राथमिकता निर्धारण गरी स्व. पारिजातका कृतिहरु विभिन्न स्वदेशी तथा विदेशी भाषाहरुमा अनुवाद गर्ने । 
3 पारिजातद्वारा प्रयुक्त वस्तुहरु र उहाँको कक्षको यथोचित संरक्षण गर्ने । 
4 पारिजातको योगदानको यथोचित मूल्याङ्कन गर्न पारिजात स्मृति ग्रन्थ तथा अन्य सान्दर्भिक पुस्तक तथा पुस्तिकाहरु प्रकाशित गराउने । 
5 पारिजातको स्मृतिमा प्रतिवर्ष उहाँको जन्म–जयन्ती मनाउने र परिचर्चा, गोष्ठी आदिको आयोजना गर्ने । 
6 पारिजातको नाममा पुरस्कार तथा कृतिहरुको स्थापना र सञ्चालन गर्ने । 
7 परस्पर आदान–प्रदान तथा सरसहयोगको निमित्त स्वदेश र विदेशका साहित्यिक, सांस्कृतिक संस्थाहरुसँग सम्बन्ध र सम्पर्क स्थापित गर्ने तथा 
8 माथि उल्लेखित उद्देश्यहरुको प्राप्तिका लागि सरकारी तथा गैर सरकारी क्षेत्रबाट स्रोत र साधन सङ्कलन गरी तिनको उचित व्यवस्थापन तथा सञ्चालन गर्ने ।
पारिजात स्मृति केन्द्रको विशेष अनुरोध 
1 कुनै पनि प्रकारको सहयोग गरेर यस केन्द्रका उद्देश्यहरु पूरा गर्न आवश्यक मद्धत पु¥याउनुहुन समस्त शुभेच्छुकहरुमा विनम्र अनुरोध गरिन्छ । 
2 पारिजातसम्बन्धी कुनै पनि प्रकारका सामग्रीहरुको प्रकाशित प्रति यस केन्द्रलाई उपलब्ध गराइदिनुहुन अनुरोध गरिन्छ । पारिजातका कुनै पनि रचनाहरुको प्रकाशन गर्दा यस केन्द्रबाट अनिवार्य रूपमा स्वीकृति लिनुहुन अनुरोध गरिन्छ । 
3 पारिजातका कृतिहरुवाट चलचित्र निर्माण गर्न चाहनेहरुले यस केन्द्रमा सम्पर्क राखी तोकिएको प्राथमिकताक्रम अनुसारमात्र गर्न सकिने बेहोरा अनुरोध गरिन्छ ।
पारिजात सृजन सम्मान प्राप्त गर्ने स्रष्टाहरु 
२०५१ साल – कुन्ता शर्मा 
२०५२ साल – इस्माली 
२०५३ साल – पूर्णविराम 
२०५४ साल – सुरेशकिरण मानन्धर 
२०५५ साल – घनश्याम ढकाल 
२०५६ साल – मित्रलाल पंज्ञानी 
२०५७ साल – डा. ताराकान्त पाण्डेय 
२०५८ साल – रोशन जनकपुरी (अरविन्दकुमार लाल) 
२०५९ साल – कृष्णसेन ‘इच्छुक’ 
२०६० साल – वासुदेव अधिकारी 
२०६१ साल – सुधा त्रिपाठी 
२०६२ साल – हरिगोविन्द लुइँटेल 
२०६३ साल – डा. जगदीशचन्द्र भण्डारी 
२०६४ साल – बुँद राना 
२०६५ साल – निनु चापागाई
२०६६ साल – रमेशरञ्जन झा
२०६७ साल – निभा शाह
पारिजात सङ्घर्षशील नारी सम्मान पाउने नारीहरु 
२०५१ साल – राममाया नेपाली 
२०५२ साल – सुशीलादेवी चालिसे 
२०५३ साल – मोतिदेवी श्रेष्ठ 
२०५४ साल – नानीमैया नकर्मी 
२०५५ साल – राजेश्वरी सिंह 
२०५६ साल – साधना प्रधान 
२०५७ साल – चम्पा राना 
२०५८ साल – मरनीदेवी शाह 
२०५९ साल – शान्ता श्रेष्ठ
२०६० साल – छायाँदेवी पराजुली 
२०६१ साल – बमकुमारी बुढा मगर 
२०६२ साल – शान्ता मानवी 
२०६३ साल – सन्तोषी वि.क.(सन्ध्या) 
२०६४ साल – रामकुमारी झाँक्री
२०६५ साल – कमला नहर्की
२०६६ साल – डा. रेणु राजभण्डारी
२०६७ साल – शान्ता चौधरी
पारिजात कला सम्मान प्राप्त गर्ने कलाकारहरु 
२०५८ साल – स्व. मोहन खड्का 
२०५९ साल – स्व. कुलमानसिंह भण्डारी 
२०६० साल – हरि दर्शनधारी 
२०६१ साल – रामेश 
२०६२ साल – जे.वी. टुहुरे 
२०६३ साल – खुसीराम पाख्रिन 
२०६४ साल – किरण मानन्धर
२०६५ साल – रामकृष्ण भण्डारी
२०६६ साल – मानन्धर ल्याम्ह पुचः डाफा गुठी
२०६७ साल – वदन शर्मा
पारिजात बालसाहित्य पाण्डुलिपि सम्मान प्राप्त गर्ने स्रष्टाहरु 
२०५७ साल – रविन नेपाली 
२०५९ साल – शाश्वत पराजुली
२०६० साल – दोर्जे छिरिङ लेप्चा
२०६२ साल – लक्ष्मी उपे्रती 
२०६३ साल – सुकुम शर्मा
२०६५ साल – अनन्त प्रसाद वाग्ले
२०६६ साल – सौरभकिरण श्रेष्ठ
२०६७ साल – अमर न्यौपाने
पारिजात स्मृति केन्द्रका पदाधिकारीहरु 
अध्यक्ष –          लक्ष्मी माली
सदस्यसचिव–   मातृका पोखरेल
कोषाध्यक्ष –      दिल वरदान
सदस्य –           डा. महेश मास्के 
सदस्य –          सुकन्या वाइवा
सदस्य–           पद्मरत्न तुलाधर
सदस्य –          रायन 
सदस्य –          स्नेह सायमी 
सदस्य –          डा. राजेन्द्रप्रसाद अधिकारी 
सदस्य –          इन्दिरा दली 
सदस्य –         शार्दुल भट्टराई
पारिजात स्मृति केन्द्र 
पारिजात मार्ग, म्हेपी, काठमाडौं 
इमेल – parijatsmritikendra@gmail.com
फोन :-  ४३५८७२२

No comments:

Post a Comment