Saturday, April 18, 2015

२२ औं पारिजात स्मृति दिवस - २०७२

 पारिजात  सम्मान - २०७१ को घोषणा 


सुप्रशिद्ध साहित्यकार पारिजातको २२औं स्मृति दिवसका सन्दर्भमा यही २०७२ बैसाख ५ गरे विभिन्न सम्मान एवं पुरस्कारहरू घोषणा गरिएका छन्। पारिजात स्मृति केन्द्रले यस पटकको पारिजात सिर्जन सम्मान - २०७१ बाट कवि एवम् समालोचक पुरुषोत्तम सुवेदी, पारिजात बाल साहित्य सम्मान - २०७१ बाट वरिष्ठ बालसाहित्यकार शारदारमण नेपाल, पारिजात कला सम्मान - २०७१ बाट जनगायक जीवन शर्मा, पारिजात संघर्षशील नारी सम्मान - २०७१ बाट मिठाइदेवि विश्वकर्मालाई प्रदान गर्ने निर्णय गरेको छ। यी सबै सम्मानहरू यही २०७२ साल बैशाख २६ गते दिनको २ बजे नेपाल प्रज्ञा-प्रतिष्ठान को प्रवचन कक्ष कमलादीमा आयोजना गरिने २२औं पारिजात स्मृति सभामा प्रदान गरिने छ।


-  पारिजात स्मृति केन्द्र
















==========================================

विभिन्न संचार माध्यमहरुमा २२औं स्मृति दिवस 

नेताले सम्झिए पारिजातलाई 


काठमाडौं, वैशाख ५ । साहित्यकार पारिजातको शनिबार २२औं स्मृति दिवस विभिन्न साहित्यिक कार्यक्रमका साथै उनको प्रतिमामा माल्यापर्ण गरी सम्झना गरिएको छ ।

यसै सन्दर्भमा पारिजात स्मृति केन्द्रले शनिबार राजधानीमा गरेको कार्यक्रममा नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले प्रगतिशील साहित्यमा पारिजातले पुर्‍याएको योगदानको चर्चा गरे ।
/>
उनले पारिजातको स्वभिमान र उनको साहित्यिक शैलीबाट आफू प्रभावित भएको बताए ।

एकीकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठ, एमालेका रामवीर मानन्धर त्यसैगरी, साहित्कार श्याम श्रेष्ठलगायतले पारिजातको साहित्यिक विचार र कृतिलाई प्रकाशनमा ल्याउनुपर्नेमा जोड दिए ।

सोही अवसरमा पारिजात स्मृति केन्द्रले प्रत्येक वर्ष प्रदान गर्ने पारिजात स्मृति सम्मानबाट प्रगतिवादी साहित्यकार शारदारमण नेपाल, जनगायक जीवन शर्मा, समालोचक पुरुषोत्तम सुवेदी र सामाजिक अभियन्ता मिठाइदेवी विश्वकर्मालाई प्रदान गर्ने निर्णय गरेको छ ।

www.imagekhabar.com बाट साभार 

==================================================

पारिजातको स्वाभिमान र शैलीबाट म प्रभावित छुः मोहन बैद्य



नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले साहित्यकार पारिजातबाट आफू निकै प्रभावित भएको बताउनु भएको छ । पारिजात स्मृति केन्द्रले राजधानीमा शनिबार आयोजना गरेको कार्यक्रममा उहाँले पारिजातले नेपाली साहित्यमा पु¥याएको योगदानको चर्चा गर्नुभयो । ‘प्रगतिशिल साहित्यमा पारिजातले पु¥याएको योगदानको जति चर्चा गरेपनि कमै हुन्छ’ उहाँले भन्नुभयो ‘पारिजातको स्वभिमान र साहित्यिक शैलीबाट म निकै प्रभावित छु ।’

कार्यक्रममा एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पारिजातको साहित्यबाट धेरै कुरा सिक्न पाइने भन्दै प्रगतिशित साहित्यमा उहाँको कृति कोशेढुंगा सावित भएको तर्क गर्नुभयो ।

एमालेका सभासद रामवीर मानन्धर, एकीकृत नेकपा माओवादीका सभासद श्याम श्रेष्ठलगायतले पारिजातको साहित्यीक विचार र कृतिलाई प्रकाशनमा ल्याउनु पर्नेमा जोड दिनुभयो । सोहि अवसरमा पारिजात स्मृति केन्द्रले प्रत्येक वर्ष प्रदान गर्ने पारिजात स्मृति सम्मानबाट प्रगतिबादी साहित्यकार शारदारमण नेपाल, जनगायक जीवन शर्मा, समालोचक पुरुषोत्तम सुवेदी र सामाजिक अभियन्ता मिठाईदेवी विश्वकर्मालाई प्रदान गर्ने घोषणा गरियो ।

साहित्यकार पारिजातको २२ औं स्मृति दिवस शनिबार विभिन्न साहित्यिक कार्यक्रम गरि देश तथा विदेशमा मनाइएको छ ।
www.nepalpati.com बाट साभार 

========================================================

पारिजातबाटसबैले आफ्नो स्वाभिमानको रक्षा गर्न सिक्नुपर्ने धारणा: अध्यक्ष वैद्य 

पारिजातबाटसबैले आफ्नो स्वाभिमानको रक्षा गर्न सिक्नुपर्ने धारणा: अध्यक्ष वैद्य

नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले नेपाली साहित्यका ओजस्वी व्यक्तित्व विष्णुकुमारी वाइवा पारिजात सदैव आफ्नो स्वाभिमानमा बाँचेको स्रष्टा भएको बताउनुभएको छ । पारिजात स्मृपत प्रतिष्ठान म्हेपीमा आयोजित विष्णुकुमारी वाइवा पारिजातको २२ औं स्मृति दिवसको अवसरमा बोल्दै नेकपा माओवादीका अध्यक्ष वैद्यले पारिजात सदैव हिम्मत गरेर कथा, कविता र उपन्यास रचना गर्ने स्रष्टा भएको स्मरण गर्नुभयो । पारिजातबाटसबैले आफ्नो स्वाभिमानको रक्षा गर्न सिक्नुपर्ने धारणा अध्यक्ष वैद्यको छ । पारिजातले नेपाली साहित्य क्षेत्रमा ल्याएको शैली पनि निकै महत्वपूर्ण रहेको भन्दै वैद्यले पारिजात सदैव अस्तित्ववादी र प्रगतिवादी भएको स्पष्ट पार्नुभयो । नेपाली कला संस्कृति र साहित्यको क्षेत्रमा पारिजात दृढ इच्छाशक्ति सहित हिम्मत गरेर बाँच्ने स्रष्टा भएको कार्यक्रममा बोल्ने अधिकांशको कथन थियो । पारिजातको स्मृतिमा चार जना साहित्य विधाका स्रष्टाहरु पनि सम्मानित भएका थिए । कार्यक्रममा एकिकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतका नेतासहित नेपाली साहित्य जगतका विभिन्न व्यक्तित्वहरुले पनि पारिजातलाई उनको स्मृतिमा सम्झना गरेका थिए ।

www.news24nepal.tv बाट साभार 

======================================================

पारिजातको सम्झना



    साहित्यकार पारिजातको स्मृति दिवस अवसरमा शनिबार हेटौंडा-१० स्थित सालिकमा माल्यार्पण गर्दैर् पारिजात स्मृति केन्द्रकी अध्यक्ष लक्ष्मी माली । साहित्यकार माली पारिजात स्मृति पुरस्कारबाट सम्मानितसमेत भइन् । तस्बिर : प्रताप विष्ट/कान्तिपुर




    काठमाडौ, वैशाख ५ - 

    पारिजातको २२ औं स्मृति दिवसको अवसरमा शनिबार राजधानीमा श्रद्धाञ्जलि सभासमेत गरियो । म्हेपीस्थित स्मृति केन्द्र परिसरमा पारिजातको सालिक माल्र्यापणसँगै सुरु सभामा लेखक तथा नेता मोहन वैद्य किरण, श्याम श्रेष्ठ, नारायणकाजी श्रेष्ठ, पारिजातकी बहिनी सुकन्या वाइबा लगायतले पारिजातको योगदानबारे बोले । साथै केन्द्रले दिँदै आएको विभिन्न पुरस्कारहरू घोषणासमेत गरियो । 



    यस वर्षको बाल साहित्य सम्मान शारदारमण नेपाललाई, पारिजात कला सम्मान जनगायक जीवन शर्मालाई, पारिजात सिर्जन सम्मान साहित्यकार पुरुषोत्तम सुवेदीलाई र पारिजात संघर्षशील नारी सम्मान सामाजिक अभियन्ता मिठाईदेवी विश्वकर्मालाई दिने घोषणा गरिएको हो । पुरस्कार आउँदो २६ गते राजधानीमा दिइने बताइएको छ । 

    बहसमा पारिजात 

    भरतपुर- उपन्यास, कथादेखि कवितासम्म पारिजातले कलम चलाइन् । स्मृति दिवसको अवसरमा शनिबार यहाँ उनै लेखनमाथि नै बहस चल्यो । प्रगतिशील लेखक संघले 'पारिजात आयाम र प्रवृत्ति' माथि बहस चलाएको हो । पारिजातको चर्चित उपन्यास 'शिरीषको फूल'को भाव माथी स्रष्टाहरूले टीकाटिप्पणी गरे । धनेश्वर भट्टराईले विषय प्रवेश गराएको बहसमा उदय अधिकारीले पारिजातको संकलित रचनाको ५औं ग्रन्थमा समेटिएको 'म सडक बोल्दै छु' शीर्षक कविता सुनाउँदा सहभागीहरू भावुक बने । 

    स्रष्टा ईश्वर कँडेलले पारिजातका साहित्यमा मनोविज्ञानको पाटो छुट्न गएको र माक्र्सवादी विचार हाबी भएको दाबी गरे । टीकाराम रेग्मी, इन्द्र रेग्मी, रविकिरण निर्जीव, सृजन अविरल, मुना अर्यालले पनि पारिजातको रचनामा माक्र्सवादको प्रेरणा झल्केको बताए । जिज्ञासाको जवाफ प्रमोद धितालले दिए । उनले पारिजातले दमनकारी सत्ताको विपक्षमा पुस्तक लेखेको बताए । 

    डीआर पोखरेलले पारिजातले बहुदलीय व्यवस्था मात्र देखेको बताउँदै अहिलेको व्यवस्था नभई त्यति बेलाको अवस्थाको आधारमा बहस गरिनुपर्ने बताए । सरिता तिवारीले चाहिँ पारिजातको बाटोमा हिँड्ने प्रतिज्ञा गरिन् । डा. ताराकान्त पाण्डे, डा. बद्रीविशाल पोख्रेल लगायतले पारिजातको रचनामा दु:ख-पीडा र संघर्षका पक्ष झल्कने दाबी गरे । 

    www.ekantipur.com बाट साभार 
    प्रकाशित मिति: २०७२ वैशाख ६ ०९:४८

    =============================================================

    पारिजातको २२ औं स्मृति दिवस मनाइयो

    ४३ पटक
    parijat
    काठमाडौँ । साहित्यकार पारिजातको २२ औं स्मृति दिवस शनिबार बिभिन्न साहित्यिक कार्यक्रम गरि मनाइएको छ ।

    साहित्यिक क्षेत्रका व्यक्तिहरुले उनको प्रतिमामा माल्यापर्ण गर्नुका साथै उनको साहित्यमा रहेको योगदानको चर्चा गर्दे पारिजातलाई स्मरण गरे ।
    दिबसका अबसरमा पारिजात स्मृति केन्द्रले शनिबार काठमाडौमा गरेको कार्यक्रममा नेकपा माओवादीका अध्यक्ष मोहन बैद्य किरणले प्रगतिशिल साहित्यमा पारिजातले पु¥याएको योगदानको चर्चा गर्दे पारिजातको स्वाभिमान र उनको साहित्यिक शैलीबाट आफू प्रभावित भएको बताए ।
    त्यस्तै कार्यक्रममा सहभागी अन्य नेता तथा साहित्यकारहरुले पारिजातको साहित्यिक बिचार र कृतिलाई प्रकाशनमा ल्याउनु पर्नेमा जोड दिए ।
    कार्यक्रममा पारिजात स्मृति केन्द्रले प्रत्येक बर्ष प्रदान गर्ने पारिजात स्मृति सम्मानबाट प्रगतिबादी साहित्यकार शारदारमण नेपाल, जनगायक जीवन शर्मा, समालोचक पुरुषोत्तम सुबेदी र सामाजिक अभियन्ता मिठाईदेवी बिश्वकर्मालाई प्रदान गर्ने निर्णय गरेको छ ।
    www.nepalsandesh.com बाट साभार 
    ===============================================================
    ===============================================================
    सुप्रसिद्ध साहित्यकार पारिजातको २२ औं स्मृति दिवसका अवसरमा २०७२ बैसाख ५ गते पारिजात स्मृति भवन परिसर म्हेपी, नयाँबजारमा आयोजित माल्यार्पण कार्यक्रमका झलकहरु -----






















































































    No comments:

    Post a Comment