
काठमाडौं, ११ मंसिर २०७३ । पारिजात स्मृति केन्द्रको २३औं साधारणसभाले रायनको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको सदस्यसचिवमा स्नेह सायमी, कोषाध्यक्षमा दिलसुन्दर श्रेष्ठ र सदस्यमा सुकन्या वाइबा, डा महेश मास्के, पद्मरत्न तुलाधर, इन्दिरा दली, शार्दुल भट्टराई, मातृका पोखरेल, वदन शर्मा र लक्ष्मी माली चयन भएका छन् । साहित्यकार स्वर्गीय पारिजातले नेपाली साहित्यमा पु¥याएको योगदान र उनका विचारको सुरक्षा, विकास र प्रवद्र्धन गर्न केन्द्रको स्थापना भएको हो ।
http://www.drishtinews.com बाट साभार
No comments:
Post a Comment