Thursday, April 28, 2016

पारिजात

पारिजात (वि.सं.१९९०-२०५०)

वि.सं.१९९० फागुन ३० गते दार्जेलिङमा जन्मिएकी पारिजात २०११ सालमा १७ वर्षको उमेरमा नेपाल काठमाडौं छिरिन् । १३ वर्षको उमेरमा छोएको हाडजोर्नी सम्बन्धी रोगबाट जब उनी अत्यन्तै पीडित भइन् तब उनलाई लाग्यो-'जीवन एउटा त्यस्तो फूल हो जुन भ्रमर चुम्बनमै ओइली झर्छ । त्यसको पुष्टि गर्नको खातिर उनले २०२२ सालमा 'शिरीषको फूल' प्रकाशित गरिन् । 'शिरीषको फूल' उनको परिचय र पर्यायको रुपमा स्थापित भयो । २०२३ सालमा आएर पारिजातले चर्चित आन्दोलन 'राल्फा' को नेतृत्व गरिन् जसमा रामेश, रायन, निनु , मंजुल लगायतका स्रष्टाहरु संलग्न थिए । निर्मल लामा र मोहनविक्रम सिंह ( जसलाई पारिजातले गडफादर मानेकी थिइन् ) संगको संगतपछि उनले जीवनको नयाँ क्षितिज देखिन् र २०३१ सालमा नेपाल कम्युनिष्ट पार्टी चौथो महाधिवेशन को सदस्यता लिइन् । २०३९ सालमा अर्को शिरीषको फूल उर्फ प्रगतिवादी शिरीषको फूल 'अनिदो पहाडसँगै' प्रकाशन गरिन् । २०५० साल बैशाख ५ गतेको साँझ स्वयम्भू छेउको सानो वनभित्र भयानक ज्वाला र लप्कामाझ धुवाँको नीलो पर्दाभित्र पारिजातको चेहरा अति सुन्दर र दीप्त देखियो जसको शिरमा थियो लेनिनको फोटो ।
 पारिजातका प्रकाशित कृतिहरू

आकांक्षा (कवितासङ्ग्रह - २०१४), शिरीषको फूल (उपन्यास - २०२२), महत्ताहीन (उपन्यास - २०२५), आदिम देश (कथासङ्ग्रह - २०२५), बैँसको मान्छे (उपन्यास - २०२९), तोरीबारी, बाटा र सपनाहरू (उपन्यास - २०३२), सडक र प्रतिभा (कथासंग्रह - २०३२), अन्तर्मुखी (उपन्यास - २०३५), उसले रोजेको बाटो (उपन्यास - २०३५, 'वेदना' साहित्यिक पत्रिकामा प्रकाशित), पर्खालभित्र र पर्खाबाहिर (उपन्यास - २०३२ मा लेखिएको र २०३५मा प्रकाशित), अनिंदो पहाडसँगै (उपन्यास, २०३९), साल्गीको बलात्कृत आँसु (कथासङ्ग्रह - २०४३), धूपी, सल्ला र लालीगुराँसको फेदमा (संस्मरण, २०४३), पारिजातका कविताहरू (कवितासङ्ग्रह - २०४४, ईश्वर बरालद्वारा सम्पादित), एउटा चित्रमय सुरुवात (संस्मरण - २०४५), परिभाषित आँखाहरू (उपन्यास - २०४६), बोनी (उपन्यास - २०४८), आधी आकाश (महिला मुक्तिसम्बन्धी लेखहरू - २०४८), बधशाला आउँदा जाँदा ( कथासङ्ग्रह - २०४९), वैशालु वर्तमान ( कवितासङ्ग्रह - २०५०), अध्ययन र संघर्ष (आत्म संस्मरण - २०५१)






















२०४९साल गोवर्द्धन पूजाका दिन कवि राजकुमार के.सी.को क्यामेराबाट ललिजन रावलले खिच्नुभएको फोटो 
 ललिजन रावलको फेसबुकबाट )

वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे साहित्यकार पारिजातले हस्ताक्षर गरी यो फोटो  १४ जेठ २०२६ मा उपलब्ध गराउनुभएको । 

साहित्यिक पत्रकार सुवास श्रेष्ठमार्फत्  प्राप्त 






















२०४९साल गोवर्द्धन पूजाका दिन कवि राजकुमार के.सी.को क्यामेराबाट ललिजन रावलले खिच्नुभएको फोटो 
 ललिजन रावलको फेसबुकबाट )

वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे साहित्यकार पारिजातले हस्ताक्षर गरी यो फोटो  १४ जेठ २०२६ मा उपलब्ध गराउनुभएको । 

साहित्यिक पत्रकार सुवास श्रेष्ठमार्फत्  प्राप्त 


दुर्गालाल श्रेष्ठ र शान्तदाससँग पारिजात 
(रामकृष्ण डंगोलमार्फत् प्राप्त फोटो) 

२०४४ सालमा भएको प्रगतिशील लेखक संघको पहिलो राष्ट्रिय सम्मेलनको क्रममा साहित्यकार पारिजातसँग दुर्गालाल श्रेष्ठ, निनु चापागाईं र रघु पन्त



No comments:

Post a Comment