Tuesday, April 17, 2018

सुप्रसिद्ध साहित्यकार पारिजातको २४ औं स्मृति दिवसका अवसरमा पारिजात सम्मान - २०७४ को घोषणा ।

पारिजात स्मृति केन्द्रले सुप्रसिद्ध साहित्यकार पारिजातको २४ औं स्मृति दिवसका अवसरमा यही २०७५ साल  वैशाख ५ गते एक समारोहका बीच पारिजात सम्मान - २०७४ को घोषणा  गरेको छ । जस अनुसार पारिजात सिर्जन सम्मान - २०७४ बाट समालोचक डि.आर. पोखरेल, पारिजात संघर्षशील नारी सम्मान - २०७४ बाट महिला नेत्री अष्टलक्ष्मी शाक्य, पारिजात कला सम्मान- २०७४ बाट शान्त कुमार राई (मरणोपरान्त), पारिजात बाल साहित्य सम्मान -२०७४ बाट प्रभात सापकोटालाई सम्मान गरिनेछ । 

साहित्यकार पारिजातको २४ औं स्मृति दिवसका अवसरमा पारिजात स्मृति केन्द्र परिसर म्हेपी नयाँबजारमा आयोजित कार्यक्रम पारिजात स्मृति केन्द्रका अध्यक्ष रायनको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा माननीय शिक्षामंत्री गिरिराजमणि पोखरेल, प्रतिनिधिसभा सदस्य रामबिर मानन्धर, प्रदेश सभा सदस्य वसन्त मानन्धर लगायतले बोल्नुभएको थियो ।





कार्यक्रममा बोल्नुहुँदै माननीय शिक्षामंत्री गिरिराजमणि पोखरेल 

=================================================





















































































































































































































1 comment: