Saturday, August 17, 2024

इन्दिरा दलीको नेतृत्वमा पारिजात स्मृति केन्द्रको नयाँ कार्यसमिति

पारिजात स्मृति केन्द्रको ३१ औं वार्षिक साधारणसभा २०८१ साल भाद्र १ गते पारिजात स्मृति भवन म्हेपि, नयाँबजारमा सम्पन्न भयो । अध्यक्ष मातृका पोखरेलको सभापतित्वमा भएको उक्त साधारण सभाको प्रथम सत्रको कार्यक्रममा उपाध्यक्ष इन्दिरा दलीले स्वागत गर्नुभएको थियो । सभाको प्रथम सत्रमा स्मृति केन्द्रका पूर्व अध्यक्षहरू नारायणभक्त श्रेष्ठ (रायन), डा. महेश मास्के, डा. राजेन्द्रप्रसाद अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो

साधारणसभाको दोस्रो सत्रमा महासचिव दीलसुन्दर श्रेष्ठ ( दील वरदान ) ले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष डा. विन्दु शर्माले प्रस्तुत गर्नुभएको आ.व. २०८० / ०८१ को लेखा परीक्षण प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको थियो । स्मृति केन्द्रका कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकको संयोजकत्वमा नारायणभक्त श्रेष्ठ ( रायन ) र डा. राजेन्द्रप्रसाद अधिकारी सदस्य रहनुभएको निर्वाचन कमिटिले निर्वाचनको सम्पूर्ण प्रकृया पुऱ्याएर सर्वसम्मत रूपमा अध्यक्ष - इन्दिरा दली, उपाध्यक्ष - सीता शर्मा, महासचिव - दिलसुन्दर श्रेष्ठ, कोषाध्यक्ष - डा. बिन्दु शर्मा र सदस्यहरू डा. महेश मास्के, अमृता शर्मा, केशव सिलवाल, राजेन्द्र महर्जन र मातृका पोखरेल रहेको कार्यसमिति घोषणा गरिएको थियो । निर्वाचित समितिलाई निवर्तमान अध्यक्ष मातृका पोखरेलले शुभकामना दिनुभएको थियो भने नवनिर्वाचित अध्यक्ष इन्दिरा दलीले प्रतिबद्धता मन्तव्य व्यक्त गर्नुभएको थियो ।
स्मृति केन्द्रका महासचिव दीलसुन्दर श्रेष्ठले दुवै सत्रको संचालन गर्नुभएको थियो ।
000















































Sunday, July 21, 2024

पारिजात स्मृति केन्द्रलाई सिद्धिश्वरमान उत्कृष्ठ साहित्यिक संस्था सम्मान

सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले पारिजात स्मृति केन्द्रलाई सिद्धिश्वरमान उत्कृष्ठ साहित्यिक संस्था सम्मानबाट सम्मानित गरेको छ । २०८१ साउन ६ गते नेपाल प्रज्ञाप्रतिष्ठानमा भएको कार्यक्रममा सिद्धिश्वरमान उत्कृष्ठ साहित्यिक संस्था सम्मानबाट पारिजात स्मृति केन्द्रसहित युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानलाई पनि उत्कृष्ठ साहित्यिक संस्था सम्मानबाट सम्मानित गरिएको थियो ।सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रलेसिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले वर्मा (म्यानमार) कि नेपाली भाषा-साहित्य सामाजिक अभियानको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी  तुलसी थापा, प्रा.डा. धुर्वचन्द्र गौतम, प्रा.डा. दयाराम श्रेष्ठ ' सम्भव', शान्ता मानवी, प्रा.डा. हेमनाथ पौडेल, बासुदेव अधिकारी , केके कर्माचार्य , प्रा. डा. विणा पौड्याललगायत स्रष्टाहरुलाई सम्मानित गरिएको थियो ।

कार्यकमका विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गंगाप्रसाद उप्रेती र तुलसी थापा सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रकी संरक्षक डा. सावित्री श्रेष्ठले सम्मान गर्नु भएको थियो । पारिजात स्मृति केन्द्रलाई प्रदान गरिएको सम्मान केन्द्रका अध्यक्ष मातृका पोखरेलले ग्रहण गर्नुभएको थियो ।

000